मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

सफला एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सफला एकादशी विशेष मन्त्र
ॐ श्री विष्णवे नमः।
ॐ जयतु जयतु देव देवा दयामय।
नमो नमः श्रीधर पद्मनाभाय।
यस मन्त्रले भगवान् विष्णुको महिमा गान गर्दछ।
हिउँदका एकादशीहरूको श्रृखला चलिनै रहेको छ। सखारै बिहान बलेँसीबाट झरेका शीतका थोपाहरू बग्रेल्ती देखिन्छन्, बारीमा आलुका बिरुवाहरू झप्रीले बिगार्ला भन्ने चटारो पनि एकातिर छ ।

के यसअघि तपाईंले उसफला एकादशीको व्रत बस्नुभएको छ?
धान्ने पूर्णे पछिको एकादशी
धान्ने पूर्णे पछिको एकादशी, अर्थात् धान भित्राएर अन्न पूजा गरिसकेपछिको पहिलो एकादशीमा स्वागत छ ।नयाँ अन्नहरूलाई बिधिवत भित्राएपछि आज चाहिँ अन्न नखाएर, चोखोनितो गरेर एकादशी व्रत बसिने चलन छ ।
एकादशीका दिन भगवान् विष्णुको श्रद्धा भक्ति एवं विधिपूर्वक पूजा गरिन्छ । पुण्य मन्त्रहरूद्वारा देवदेवेश्वरहरि विष्णुको पूजा आराधना गरिन्छ भने राती जाग्राम पनि बसिन्छ । यस एकादशीको व्रतपछि गुरु ब्राम्हणहरुलाई दिप अथवा दियो दान गर्नु फलदायी मानिन्छ । अरू एकादशीमा झैँ सफला एकादशीमा पनि सात्त्विक आहार व्यवहार गरी व्रत बस्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई शिरमा श्रीखण्ड चन्दन लगाई भगवान् विष्णुलाई कमल अथवा बेजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूप दीप, नैवेद्य चढाएर पूजा गर्नु पर्दछ । भोलिपल्ट द्वादशीका दिन बिहानै ब्राह्मण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिइसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ । यस प्रकार सफला एकादशी व्रत विधि पुरा गरेको खण्डमा अखण्ड फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
पौष महिनाको कृष्णपक्षको एकादशी
वर्षको चौबीस वटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला अर्थात् सफल हुने, समृद्धि पाइने र कर्मको यथोचित फल पाइने । तसर्थ सफलता र खुसी चाहने जोकोहीले पनि यस एकादशीको व्रत लिन जरुरी रहने कुरा धर्मशास्त्रमा उल्लेख छ । यस एकादशीको व्रत बस्ने सबैलाई सफलता प्राप्त हुने भएकोले यस एकादशीको नामै सफला एकादशी भएको हो ।
सफला एकादशीको व्रतको फल ठुलठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ । पद्मपुराणमा बताइए अनुसार सफला एकादशी व्रतको अनुकम्पा सयौँ महायज्ञहरूभन्दा धेरै हुन्छ । सफला एकादशीलाई पापहरूबाट मुक्ति र कल्याणको एकादशीको रूपमा पनि लिइन्छ ।






२९ मंसिर, काठमाडौं । केपी शर्मा ओलीलाई विस्थापित गर्दै नेकपा एमालेको नेतृत्वमा पुग्ने दौडमा निस्किएका ईश्वर पोखरेललाई आइतबार साँझसम्म उम्मेदवार संख्या पुर्याउनै मुस्किल थियो । अझ उद्घाटन सत्र सकि...

फ्र्याङ्कफर्ट, जर्मनी । जर्मनीका वित्तीय नियामकहरूले सोमबार अनलाइन बैङ्क एन–२६ माथि नयाँ प्रतिबन्धहरू लगाएका छन् । यो ऋणदातालाई प्रभावित गर्न सक्ने पछिल्लो हलचल हो । “विशेष गरी जोखिम र गुनासो व्यव...

काठमाडौँ / सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको लज्जास्पद, घृणित तथा हिंस्रक दुर्व्यवहारप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले घोर भत्र्सना गरेको छ। सि...

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिम...

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय सदस्यसहित केही आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले पनि उम्मेदवारी नै दर्ता गरेनन् । स्थायी कमिटी सदस्यहरूमध्ये सबैभन्दा शक्तिशाली भूमिकामा रहेका अधिकारीले कुनैपनि पदमा उम्मेदव...

तनहुँ। तनहुँको देवघाट गाउँपालिका-५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ । उक्त पुल जीर्ण भइसकेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्द...

काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीमाथि भएको गम्भीर आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का ...