मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
१७५ दिन अगाडि
१०पुष २०८२बिहिवारDec 25, 2025🌒

क्रिसमस-डे

पुष शुक्ल पञ्चमी

सूर्योदय:६ : ५१
सूर्यास्त:१७ : १५

नोटस्

आगामी दिनहरू

क्रिसमस-डे

क्रिसमस-डे

विशेष अडियो सामग्री

0:00 / 0:00

येशूको जन्म भयो, ख्रीष्टमसको बेला,

प्रेम र शान्ति ल्याउन, उहाँ आउनुभो होला।

क्राइस्टको जन्म दिनको शुभकामना ।


Jingle bell, jingle bell, jingle bell rock

Jingle bells swing and jingle bells ring

Snowing and blowing up bushels of fun

Now the jingle hop has begun.


क्रिसमसको बेलामा जिंगल बेलको खुबै कुरा हुन्छ । यो एक प्रकारको जिंग जिंग गरेर आवाज निकाल्ने घन्ट हो, जसमा सैयौं सख्याँमा घन्टहरू राखेर क्रिसमसका बेला बजाइन्छ । औधौगीक क्रान्ति पछिका वर्षहरूमा गाडी या गाडाहरूमा यस बेल राखेर बाटामा हिँड्ने मान्छेहरूलाई जनाउ दिइने गरिन्थ्यो । काला जाती र गोरा जाती दुवैले एकै पटक गाइएको पहिलो गीतको रूपमा लिइने क्रिसमसको यस जिंगल बेल गीतका साथै यस वर्षको क्रिसमसको अनेक शुभकामना ।

क्रिसमसको शुभकामना ! मेरी क्रिसमस !

आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू सौहार्द्यता तथा खुसीयालीको चाड क्रिसमस मनाउँदै छन् । सम्भवतः संसारभरि धेरै देशहरूमा एकै दिन अर्थात् आजैको दिन चारैतिर सार्वजनिक बिदा हुने गर्दछ । विदेश तिर धेरैजसो ठाउँमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको हुनुपर्छ । हिउँद, हिउँ अनि चिसो सिरेटोबिचको यो पर्व क्रिसमसका धेरै पाटाहरू हिउँसँग जोडिएका छन् । क्रिसमसको यो पावन पर्वको उल्लास एउटा क्रिसमस गीतको सरल नेपाली अनुवादबाट सुरु गरौंः


बाहिर को चिसो भयावह छ तर बालेको आगो न्यानो छ

आज जानुपर्ने कुनै ठाउँ छैन, पारिदेऊ हिउँ पारिदेऊ

अँङ्गेना छेउ बस्या छु, हिउँ नरोकिए पनि ठिकै छ

भुट्नलाई मकै ल्याएको छु

सेन्टा क्लसले इच्छा पूरा गरिदिनेछन्, सबैलाई मेरी क्रिसमस !

इतिहास साक्षी छ, मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरूको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान् कृष्ण होउन्, बुद्ध, गुरु नानक होउन् या पैगम्बर मोहम्मद । आज भने इसाई धर्मका प्रवर्तक जिजस अर्थात् प्रभु येशुको जन्मदिन हो ।


विभिन्न प्राचीन युरोपियन दस्ताबेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी संवत्का अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।


इस्वी सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरू जङ्गल गएर ठुला रुखका मुढाहरू काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।

क्रिसमस-ट्री

अङ्ग्रेजी पढ्दा हामी नेपालीहरू सबैले ए फर एप्पल बी फर बल गरी पढेका हौँ, यसै क्रममा X for X-Mass Tree पनि पढेका छौँ । चित्रमा सिँङ्गरिएको सानो धुपी कोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात् क्रिसमस-ट्री आजका दिनमा प्राय देखिन्छन् । संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरूको खरिद बिक्री गरिन्छ । आज खरिद गरिन्छ । स्मरण रहोस् यस्ता रुखहरू तयार हुनलाई कम्तीमा पनि १५ वर्ष लाग्दछ । चाडबाडमा परम्परागत रूपमा जनावरहरू मारेर खाने चलन मानव समुदायमा सर्वत्र छ, आज धेरै जनावर र चराहरू, कुखुराहरू खान कालागि काटिन्छन् । हिउँदको मध्य विन्दुमा जनावरहरूलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरूले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरू काटेर सङ्ख्या घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेखित पाइन्छ ।


सान्टा क्लस

क्रिसमसको ठुलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको मोटोघाटो ठुलो शरीरको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा आज धेरै केटाकेटीहरू राती अबेरसम्म सुत्दैनन् । कोही कोही व्यक्तिहरू सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साट्दै हिँड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अङ्ग्रेजी ह्याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको 'Snow Man' विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।


यस आलेखमा एउटा नेपाली क्रिस्चियन भजन पनि जोड्न चाह्यौं

हेर न हेर सृष्टिको सुन्दरता

यसलाई बनाउने प्रभुको महानता

धनी र गरिब सबै मिलेर

भन्न सक्छौँ, प्रभु धन्यवाद


चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृति, सौहार्द्यता अनि नितान्त खुसीको अभिव्यक्तिका रूपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाई धर्मावलम्बीहरू छन् । वहाँहरू लगायत सबैको लागि यो महान् क्रिसमस रमाइलो होस् । जाँदाजाँदै नेपाली इसाई धर्मावलम्बी साथीले हामी सबै जना हाम्रो पात्रो प्रयोगकर्ता कालागि एउटा भजन अनि शुभेच्छा दिनुभएको छ, सुन्नुहोला है, केवल हाम्रो पात्रोमा ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू()