मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदा औपचारिक रूपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरू गरिन्छ ।

तपाईंको विचारमा आप्रवासीहरूको सबैभन्दा ठूलो चुनौती के हो?
रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ ।आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्त्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरूले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई सङ्घर्ष गर्दै आएका छन् । विशेष गरी नेपालीहरूको गन्तव्य खाडी मुलुकहरू र मलेसिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरू कामकै लागि युरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूले दैनिक रूपमा अनेकौँ समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरूको मात्रै होइन पुरै देशकै आयस्रोतमा बढोत्तरी भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ६९ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्त्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ । यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रूपमा स्वीकार गरेको छ भने मानव गतिशीलतालाई दिगो विकासको महत्त्वपूर्ण हिस्साको रूपमा अङ्गीकार गरिएको छ । नेपालमा बर्सेनि आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रूपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरि आप्रवासी दिवस मनाइए पनि कामदारहरूले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाइ बनाइदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरूबाट गुज्रिँदै आएका छन् ।






काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरबराबरको ठूलो हतियार सम्झौताको घोषणा गरेको छ । यस सम्झौतामा उन्नत रकेट लन्चर, ‘सेल्फ–प्रोपेल्ड होवित्जर’ र विभिन्न प्रकारका आधुनिक मिसाइ...

सुर्खेत — जेन-जी नेतृत्वको आन्दोलनयता कर्णाली सरकार सुस्ताएको छ। सरकारले न आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठोस योजना अघि सारेको छ न विकास निर्माणका काम नै तीव्र छन् । कर्ण...

बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज साँझ ६ः०० बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअप जीपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेन...

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गर...

स्याङ्जा। जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको सरकारले आउँदो फागुन २१ मा गर्ने भनिएको निर्वाचनका लागि नेपाली काँग्रेसले जिल्ला–जिल्लाबाट आकांक्षी उम्मेद्वारको नामावली संकलन र सिफारिस प्रक्रिया शुरु ग...
काठमाडौं । देशभरका १०७ विद्यालयका ३५ सयभन्दा बढी खेलाडीको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ बिहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ । थन्डर बोल्ट्स कप २०२५ मा समूहगततर्फ फुटबल, भ...

उदयपुर — ताप्ली गाउँपालिका–५ आलडाँडाका ईश्वर मग्राती जनता आवास कार्यक्रमको लाभग्राहीको सूचीमा परे । दलित तथा विपन्न समुदायको सदस्य भएका आधारमा उनीसहित त्यस टोलका ४ परिवारलाई २०७७ सालमा जनता आवास का...

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले ...