नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

गङ्गा सप्तमी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
‘गङ्गा नदी’ र गङ्गा सप्तमी
हिन्दुहरूको आस्थाको केन्द्र भनेर ‘गङ्गा नदी’ लाई मानिन्छ । धेरै धर्मग्रन्थहरूमा गङ्गाको महत्त्वको वर्णन गरेको पाइन्छ । शुद्धता र पवित्रता निम्ति गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरू माझ भावनात्मक आस्था रहने गरेको छ । गङ्गाको पानी हिन्दुका निम्ति पवित्र जल मानिन्छ । अनि गङ्गा नदीमा अस्तु बगाउँदा पितृ तर्ने विश्वास राख्छन्, हिन्दु धर्मावलम्बीहरू । हिन्दुहरूले स्वच्छता र पवित्र जलमा रूपमा लिँदै देव–पितृ कार्यमा प्रयोग गर्छन् ।

गङ्गाले जीवन र मृत्यु दुवैलाई बगाएकी छिन् । भूमि सिञ्चित गरेकी छिन् । गङ्गामा जीवन छ, अनि जीवनमा गङ्गा छ ।
किन मनाइन्छ गङ्गा सप्तमी ?
गङ्गा सप्तमीलाई धेरै स्थानहरूमा गङ्गा जयन्ती भनेर पनि मनाउने गरिन्छ । यस सप्तमीलाई जनहु सप्तमी भनेर पनि सम्बोधन गरिन्छ । गङ्गा उत्पत्तिको विषयमा वैदिक सनातन संस्कारमा विभिन्न कथनहरू भेटिन्छन् ।
आजको दिन अर्थात् वैशाख शुक्ल सप्तमीको दिन गङ्गाको पुनर्जन्म भएको तिथि मानिन्छ । आजको दिन गङ्गामा डुबुल्की लगाउने मनुष्यहरूको सबै पाप हट्ने र ती मनुष्यहरूलाई मोक्ष प्राप्त हुने मान्यता छ ।
आज यदि गङ्गा स्नान गर्न असमर्थ भएमा घरमा भएको गङ्गा जललाई आफूले नुहाउने पानीमा हालेर श्रद्धासहित नुहाए पुण्य प्राप्त हुने मान्यता छ । आज विशेषतः गङ्गा मन्दिरहरूमा श्रद्धापूर्वक पूजा आराधना गरिन्छ ।
हिमालयलाई मुहान बनाउँदै दक्षिण–पूर्वी कोण हुँदै गङ्गा नदी बहन्छ । गङ्गा नदी बङ्गोप सागरमा मिल्न पुग्छ । जुन नदीले उत्तरी भारतलाई हराभरा बनाएको छ र ठुलो जनसङ्ख्यालाई जीवन दिएको छ ।
आजको दिनको अर्थपूर्ण शुभकामना छ ।


विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के हो विश्व पुस्तक दिवस ?
यूनेस्कोले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा एप्रिल २३ लाई विश्वभरिका लेखक लाई प्रेरित गर्न, लेखनलाई उत्साहीत गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवसमनाउने निर्णय गरेको हो । सन् १६१६ मा २३ अप्रिलकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता यूगान्कारी लेखक र साहीत्यकारको मृत्यू भएको थियो । त्यसैले २३ अप्रिलका दिन विश्व पुस्तक दिवस मनाइन्छ । पहिला स्पेनका लेखक मिग्वेल डी क्रेभान्टेसको सम्मानमा अप्रिल ७ मा यो दिवस मनाउने गरिएको थियो । तर पछि उनको निधन पनि २३ अप्रिलमा भएपछि यस दिवसलाई यही दिन सारिएको हो ।
तपाईंलाई पुस्तक पढ्दा सबैभन्दा रुची के लाग्छ?
प्रतिलिपि अधिकार भनेको के हो?
सर्जकहरूले सृजना गरेको बौद्धिक सम्पत्तिको रक्षा गर्न अनि सर्जकका रचनाहरूको अनधिकृत प्रयोगलाई रोकथाम गरि यो कार्य अवैध हो भनी सचेतना बढाउन प्रतिलिपि अधिकार दिवस मनाइन्छ। लेखक वा मौलिक कामका सिर्जनाकर्ताहरूलाई सामान्यतया सीमित समयको लागि विशेष अधिकारहरू प्रदान गर्न सरकारहरू द्वारा लागू गरिएको अधिकार हो। यो एक कानूनी अवधारणा हो ।
नेपालमा प्रतिलिपि अधिकार ऐन कहिलेबाट लागू भयो ?
नेपालमा सर्वप्रथम वि.सं. २०२२ मा प्रतिलिपि सम्बन्धी कानुन लागू भएको थियो । अहिले प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ ले रचनाकारहरूको हकहितमा काम गर्दै आएको छ ।
विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस कसरी मनाइन्छ ?
विश्वभरि १०० वटा भन्दा धेरै देशमा शैक्षिक संस्था, सार्वजनिक निकाय, व्यावसायिक समूह र निजी व्यवसायहरूद्वारा विभिन्न पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी तथा सेमिनार, सम्मान कार्यक्रम आदि आयोजना गरेर विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइन्छ ।





काठमाडौं। तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयविरुद्ध देशव्यापी विरोध चर्किँदै गएको छ । नेपाल पत्रकार महासंघले उक्त निर्णयलाई प्रेस तथा अभ...
१० वैशाख, काठमाडौं । सन्जु सामसनको शानदार ब्याटिङ तथा अकिल होसेनको शानदार बलिङमा चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्समाथि फराकिलो जित हासिल गरेको छ । बिहीबा...
काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि १ सय ३ रनको विशाल जित दर्ता गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नईले निर्धारित ...

काठमाडाैँ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी भएपछि बिहीबार राति जेनजी अगुवाहरू बस्तीमा पुगेका छन् । उपार्जुन चाम्लिङ, रक्षा बम, माजिद अन्सारी, अमित खनाल, ऊर्जा र प्रभातलगायतका अगु...

काठमाडौं । उद्योगी व्यवसायीलाई सरकारले ‘सुन्नेभन्दा पहिला थुन्ने नीति’ लिएको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ । पछिल्लो पटक नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं उद्योगी शेख...

काठमाडौं । सरकारले २५ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार (वैशाख १०) गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार २५ जना सहसचिवमध्य...

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले राजीनामा दिएका छन्। बिहीबारदेखि नै लागू हुने गरी उनले राजीनामा दिएको कान्तिपुरले जनाएको छ। कान्तिपुरका अनुसार उनले कान्तिपुर मिडिया ग्रु...

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको प्रयोग गर्न सहज पहुँच दिने बिहीबार निर्णय गरेको छ ।