
लोकतन्त्र दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
२०६२ र ०६३ सालको आन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले वैशाख ११ गते २० औँ लोकतन्त्र दिवस मनाइरहँदा हकिकतै लोकतन्त्रको गरिमा र त्यसप्रतिको विश्वासमा प्रश्न चिह्न खडा भएको पो हो कि भन्ने लाग्न थालेको त छैन ?
के साँच्चीकै लोकतन्त्रप्रतिको विश्वास र आस्था अझै उस्तै छ त ? लोकतन्त्रका नेतृत्वहरुले यसको महिमा कायम राख्न सके या अब फेरि अर्को विकल्पको अपेक्षा आजित भएर जनताहरूले गर्न थालिसकेका छन् त ?
वर्ष २०८३ सालको लोकतन्त्र दिवसमा यस्ता अनेक प्रश्नहरू उब्जी सकेको अवस्था छ ।
यस प्रश्न आज हामी सबैलाई राख्दै यस दिन बिशेष आलेख सुरु गर्न चाहे ।
वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रूपमा स्मरण गर्छन् । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्त्वपूर्ण भूमिका रहेको छ । जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ ।
लोकतन्त्र भनेको के हो ?
जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ । जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् ।
नेपालमा लोकतन्त्र दिवसको पृष्ठभूमि
राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत भएको दिन देशभर भव्यताका साथ मनाइँदै छ । २०६२ र ६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन पश्चात् वैशाख ११ गते निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । त्यति बेला सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरू बिच सम्पन्न १२ बुँदे सहमति पश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो ।
२०६३ जेठ ४ गते बसेको पुनः स्थापित संसद् बैठकले राजदरबार को अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गर्यो । २०६३ मङ्सिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आयो ।

तपाईंको व्यक्तिगत धारणामा लोकतन्त्र दिवसले के अर्थ राख्छ ?
यसैको आधारमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो ।
जनआन्दोलनको सफलतासँगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनः स्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासन सत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।
नेपालको पहिलो लोकतान्त्रिक संविधान
६२ अनि ६३ को आन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्त्वपूर्ण घडीका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिँडाउन संविधानसभाको यात्रा यही आन्दोलनबाट सुरु भएको थियो । यसको फलस्वरूप सबै नेपालीको आकाङ्क्षा पूरा गर्न २०७२ असोज ३ गते "नेपालको संविधान(२०७२)" जारी हुन सफल भयो ।
प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक सङ्घर्ष र तत्कालीन माओवादीको सशस्त्र सङ्घर्ष र बलिदानको कारणले नेपालका झन्डै २५० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्त्य भयो । शासन व्यवस्थाको परिवर्तन सँगै तत्कालीन राजा ज्ञानेन्द्र नागरिकको रूपमा रहन तयार भए
नेपाली जनताले आफ्नो राष्ट्रप्रमुख आफैँ छान्न पाउने गणतान्त्रिक व्यवस्था अवलम्बन गरेका छन् । दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ ।
राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पिछडिएका र सिमात्तकृत वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याउने कसरत जारी छ ।
जनआन्दोलनको म्यान्डेट अनुरूप नै सङ्घीय शासन प्रणाली आत्मसात् गरिएको छ । सात प्रदेश र अधिकार सम्पन्न ७५३ स्थानीय तहमार्फत जनताले गाउँमै सिंहदरबारबाट पाउने सेवा तथा सुविधा पाएका छन् । नयाँ प्रणाली अवलम्बन गर्दा आएका असजिला र कमजोरीलाई क्रमशः सुधार गरेर लैजाने दिशामा सरकार लागिपरेको छ ।
के नेपालमा हामी मध्य जो कोहीले पनि राष्ट्रपति हुने सम्भावना बोकेका छौँ ?
वर्षौसम्म राजसंस्था पद्धतिमा देशको मुख्य शासक राजा रहने व्यवस्था थियो । ४६ सालपछि संवैधानिक राजतन्त्रको स्थापना भएता पनि राजसंस्थाको वर्चस्व विभिन्न प्रकारमा शासन पद्धतिमा रहिनै रहेको थियो । देशको शासन पद्धतिमा मुख्य पदमा रहनकालागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामी मध्य जो कोहीले पनि राष्ट्रपति हुने सम्भावना बोकेका छौ । आजको मितिमा सङ्घीय गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपति, नेपाली जनताकै छोरी महामहिम राष्ट्रपति पदासीन हुनुहुन्छ । आजको दिन महामहिम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ ।
नेपालमा लोकतन्त्र दिवस कसरी मनाइन्छ ?
नेपालमा लोकतन्त्र दिवसको अवसरमा चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गरिँदै आएको छ । आज मानवअधिकार र लोकतन्त्रका पक्षमा क्रियाशील दर्जनौँ सङ्घसंस्थाहरूले खबरदारी सभाहरू आयोजना गर्ने गरेका छन् । उनीहरूले ऐतिहासिक आन्दोलन पश्चात् गठन भएको संविधानसभाले जारी गरेको नेपालको संविधान(२०७२) को प्रभावकारी कार्यान्वयनका लागि सरकार समक्ष माग गर्ने गरेका छन् ।
यस दिवसको अर्थपूर्ण शुभकामना ।


विश्व खोप सप्ताह
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्ष, अप्रिल महिनाको अन्तिम हप्ता लाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछ । खोपहरूको जीवन बचाउने शक्ति लाई उजागर गर्दै वर्ष २०२६ मा खोप समुदाय र विश्वव्यापी स्वास्थ्य सेवा प्रदायकहरूले विश्व स्वास्थ्य सङ्गठनको खोप प्रवर्धनको ५२ औं वार्षिकोत्सवलाई पनि मनाउने छन् ।
यस वर्षको विश्व खोप सप्ताह (World Immunization Week 2026) को नारा “For every generation, vaccines work” भन्ने रहेको छ । यो नाराले खोप हरेक पुस्ताका लागि प्रभावकारी र जीवनरक्षक हुन्छ भनेर सन्देश दिएको छ।
बालबालिकादेखि वृद्धसम्म, खोपले रोगबाट जोगाएर स्वस्थ जीवन सुनिश्चित गर्छ। समयमै खोप लगाउँदा हामी आफैं मात्र होइन, आफ्नो परिवार र समाजलाई पनि सुरक्षित बनाउन सक्छौं।
खोप लगाऔं, हरेक पुस्तालाई सुरक्षित बनाऔं।
सबै उमेरका मानिसहरूलाई रोगबाट जोगाउन भ्याक्सिनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य सँगै खोपको महत्त्व र आवश्यकतालाई आज विशेष चर्चा गरिन्छ । विश्व खोप सप्ताहको अन्तिम लक्ष्य भनेको धेरै मानिसहरू र तिनीहरूका समुदायहरूलाई खोपबाट रोक्न सकिने रोगहरूबाट सुरक्षित राख्नु हो।
वर्ष २०२६ को विश्व खोप सप्ताह २४ देखि ३० अप्रिलसम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइन्छ ।


गोरखकाली पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।





