Loktantra Diwas/Gorakhkali Puja/World Immunization Week | लोकतन्त्र दिवस/गोरखकाली पूजा/विश्व खोप सप्ताह | २०८३ वैशाख ११ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2026
    २०८३ वैशाख
    ११
    शुक्रवार
    Apr 24, 2026
    वैशाख शुक्ल प्रतिपदा
    लोकतन्त्र दिवस/गोरखकाली पूजा/विश्व खोप सप्ताह ( Loktantra Diwas/Gorakhkali Puja/World Immunization Week )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    लोकतन्त्र दिवस

    २०६२ र ०६३ सालको आन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले वैशाख ११ गते १९औँ लोकतन्त्र दिवस मनाइरहँदा हकिकतै लोकतन्त्रको गरिमा र त्यसप्रतिको विश्वासमा प्रश्न चिह्न खडा भएको पो हो कि भन्ने लाग्न थालेको त छैन ?


    के साँच्चीकै लोकतन्त्रप्रतिको विश्वास र आस्था अझै उस्तै छ त ? लोकतन्त्रका नेतृत्वहरुले यसको महिमा कायम राख्न सके या अब फेरि अर्को विकल्पको अपेक्षा आजित भएर जनताहरूले गर्न थालिसकेका छन् त ?


    वर्ष २०८३ सालको लोकतन्त्र दिवसमा यस्ता अनेक प्रश्नहरू उब्जी सकेको अवस्था छ ।

    यस प्रश्न आज हामी सबैलाई राख्दै यस दिन बिशेष आलेख सुरु गर्न चाहे ।


    राता झन्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रूपमा स्मरण गर्छन् । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्त्वपूर्ण भूमिका रहेको छ । जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ ।


    लोकतन्त्र भनेको के हो ?

    जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ । जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् ।

    नेपालमा लोकतन्त्र दिवसको पृष्ठभूमि

    राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत भएको दिन देशभर भव्यताका साथ मनाइँदै छ । २०६२ र ६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन पश्चात् वैशाख ११ गते निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । त्यति बेला सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरू बिच सम्पन्न १२ बुँदे सहमति पश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो ।


    २०६३ जेठ ४ गते बसेको पुनः स्थापित संसद् बैठकले राजदरबार को अधिकार कटौती गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गर्‍यो । २०६३ मङ्सिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आयो ।

    यसैको आधारमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो ।


    जनआन्दोलनको सफलतासँगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनः स्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासन सत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।

    नेपालको पहिलो लोकतान्त्रिक संविधान

    ६२ अनि ६३ को आन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्त्वपूर्ण घडीका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिँडाउन संविधानसभाको यात्रा यही आन्दोलनबाट सुरु भएको थियो । यसको फलस्वरूप सबै नेपालीको आकाङ्क्षा पूरा गर्न २०७२ असोज ३ गते "नेपालको संविधान(२०७२)" जारी हुन सफल भयो ।


    प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक सङ्घर्ष र तत्कालीन माओवादीको सशस्त्र सङ्घर्ष र बलिदानको कारणले नेपालका झन्डै २५० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्त्य भयो । शासन व्यवस्थाको परिवर्तन सँगै तत्कालीन राजा ज्ञानेन्द्र नागरिकको रूपमा रहन तयार भए


    नेपाली जनताले आफ्नो राष्ट्रप्रमुख आफैँ छान्न पाउने गणतान्त्रिक व्यवस्था अवलम्बन गरेका छन् । दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ ।

    राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पिछडिएका र सिमात्तकृत वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याउने कसरत जारी छ ।


    जनआन्दोलनको म्यान्डेट अनुरूप नै सङ्घीय शासन प्रणाली आत्मसात् गरिएको छ । सात प्रदेश र अधिकार सम्पन्न ७५३ स्थानीय तहमार्फत जनताले गाउँमै सिंहदरबारबाट पाउने सेवा तथा सुविधा पाएका छन् । नयाँ प्रणाली अवलम्बन गर्दा आएका असजिला र कमजोरीलाई क्रमशः सुधार गरेर लैजाने दिशामा सरकार लागिपरेको छ ।


    के नेपालमा हामी मध्य जो कोहीले पनि राष्ट्रपति हुने सम्भावना बोकेका छौँ ?

    वर्षौसम्म राजसंस्था पद्धतिमा देशको मुख्य शासक राजा रहने व्यवस्था थियो । ४६ सालपछि संवैधानिक राजतन्त्रको स्थापना भएता पनि राजसंस्थाको वर्चस्व विभिन्न प्रकारमा शासन पद्धतिमा रहिनै रहेको थियो । देशको शासन पद्धतिमा मुख्य पदमा रहनकालागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामी मध्य जो कोहीले पनि राष्ट्रपति हुने सम्भावना बोकेका छौ । आजको मितिमा सङ्घीय गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपति, नेपाली जनताकै छोरी महामहिम राष्ट्रपति पदासीन हुनुहुन्छ । आजको दिन महामहिम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ ।


    नेपालमा लोकतन्त्र दिवस कसरी मनाइन्छ ?

    नेपालमा लोकतन्त्र दिवसको अवसरमा चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गरिँदै आएको छ । आज मानवअधिकार र लोकतन्त्रका पक्षमा क्रियाशील दर्जनौँ सङ्घसंस्थाहरूले खबरदारी सभाहरू आयोजना गर्ने गरेका छन् । उनीहरूले ऐतिहासिक आन्दोलन पश्चात् गठन भएको संविधानसभाले जारी गरेको नेपालको संविधान(२०७२) को प्रभावकारी कार्यान्वयनका लागि सरकार समक्ष माग गर्ने गरेका छन् ।

    यस दिवसको अर्थपूर्ण शुभकामना ।

    विश्व खोप सप्ताह

    हरेक वर्ष, अप्रिल महिनाको अन्तिम हप्ता लाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछ । खोपहरूको जीवन बचाउने शक्ति लाई उजागर गर्दै वर्ष २०२६ मा खोप समुदाय र विश्वव्यापी स्वास्थ्य सेवा प्रदायकहरूले विश्व स्वास्थ्य सङ्गठनको खोप प्रवर्धनको ५२ औं वार्षिकोत्सवलाई पनि मनाउने छन् ।

    सबै उमेरका मानिसहरूलाई रोगबाट जोगाउन भ्याक्सिनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य सँगै खोपको महत्त्व र आवश्यकतालाई आज विशेष चर्चा गरिन्छ । विश्व खोप सप्ताहको अन्तिम लक्ष्य भनेको धेरै मानिसहरू र तिनीहरूका समुदायहरूलाई खोपबाट रोक्न सकिने रोगहरूबाट सुरक्षित राख्नु हो।

    वर्ष २०२६ को विश्व खोप सप्ताह २४ देखि ३० अप्रिलसम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइन्छ ।

    गोरखकाली पूजा

    बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।


    यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।

    गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।


    यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको छ । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।


    गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।


    गोरख सन्देश

    गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –


    देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।

    अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।

    हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।

    बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।


    गोरखकाली पूजाको असीम स्नेह ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.