मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मोहिनी एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ओम नमो भगवते वासुदेवाय नम:
वैशाख शुक्ल पक्षको एकादशी तिथिमा भगवान् विष्णुले मोहिनीको रूप धारण गरेका हुनाले यो एकादशीलाई मोहिनी एकादशी भनिन्छ । मोहिनी एकादशीको व्रत र भगवान् श्रीहरि विष्णुको आराधना गर्नाले पाप, कष्ट, लोभ र आशक्तिको नाश हुन्छ ।
मोहिनी एकादशी किन भनिन्छ ?
वैशाख महिनाको शुक्ल पक्षको एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यो एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महत्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ भन्ने विश्वास छ । सांसारिक मोहबाट छुटकारा पाइन्छ मान्यताअनुरूप यो वसन्त ऋतुको एकादशीलाई मोहिनी एकादशी भनिएको हो ।

के तपाईंले कहिल्यै मोहिनी एकादशीको व्रत बस्नु भएको छ?
मोहिनी एकादशीको महत्त्व
वर्षका अन्य सबै एकादशीहरू झैँ मोहिनी एकादशीको पनि अलग महत्त्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी हुने मान्यता छ ।अन्य एकादशीहरू झैँ यो एकादशीमा पनि बिहानै नुहाई–धुवार्इँ गरेर भगवान् विष्णुको अर्चना र पूजा गर्ने चलन छ । विष्णु सहस्त्रानाम पाठदेखि हरि कीर्तनसम्म गर्ने, एकादशी महत्मयको वाचन गर्ने अनि राति जाग्राम बस्नेसम्म चलन हुन्छ ।
मोहिनी एकादशीको व्रत कथा
किंवदन्ती अनुसार, सरस्वती किनारमा एउटा राज्य थियो, जसमा एक जना चन्द्रवंशी राजा राज्य गर्थे । यसै राज्यमा एक जना वैश्य अर्थात् व्यापारी बस्थे, जसको नाम थियो धन पाल । उनी पुण्य–कार्य अनि दानमा लागिपरेकै हुन्थे । धन पालका ५ छोराहरू थिए, जसमा कान्छो छोरा पाप कर्ममा लागेका थिए । जुवा तास अनि वेश्या गमनमा उनी आशक्त थिए भने दुर्व्यसनमा उत्तिकै लालायित पनि ।
धन पालले केही नलागेपछि आफ्नो मनमा पत्थर राखेरै भए पनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घर निकाला गर्न पुगे । भोजन र छतको अभावमा धन पालका कान्छा छोरा महर्षि कौडिन्य कहाँ पुग्छन् । महर्षि कौडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धन पालका कान्छा पुत्रले आफ्ना आशक्तिबाट मुक्ति पाएको विश्वास गरिन्छ ।
यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिबाट मुक्त हुने भएकाले यो एकादशी विशेष रहन्छ । जीवनको सत्मार्ग अनि सत्सङको परिवेश यस एकादशीले सबैको जीवनमा ल्याइदियोस्, शुभकामना ।
-सुयोग ढकाल






कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पालिकाको केन्द्र लाहाचोकस्थित सानोपाटन (साहुथर) मा १० रोपनी जमिनमा गाउँपालिकाले प्रशासकीय भवन निर्म...

दाङ – लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा ९१० र धारा १८३ को उपधारा ९१० बमोज...

नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग ह...
झापा । मेची रंगशालामा सोमबार सम्पन्न प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । एपीएफले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई...

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज आइतबारदेखि गायब भएको छ । १५ लाखभन्दा बढी फलोअर रहेको उक्त पेज फेसबुकमा नदेखिएपछि उनी र उनको सचिवालय नै अन्योलमा परेका छन् । ...

जापान। जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तीव्र पारिएको आयोजकले बताएका छन्। गैर आवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आउँदो मे महिना ३०, ३१ तथा जुन...

रुपन्देही । घरायसी विवादका क्रममा पेट्रोल छर्किदा आगो लागेर बुबा–छोरी गम्भीर घाइते भएका छन् । प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षिय सानू नेपाली र उनकी १८ वर्षिया छोरी अञ्जली नेपाली घाइते भएको प्...

१४ वैशाख, प्यूठान । घरायसी विवादका क्रममा पेट्रोल छर्किँदा आगो लागेर बुवा–छोरी गम्भीर घाइते भएका छन् । प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय सानू नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपाली घाइत...