मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
२१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन सुरु गरिएको हो । विसं २०६३ अगाडि छुवाछुत विरुद्ध नेपाली कानुन व्यवस्था के थियो ? आजभन्दा ६० वर्ष अगाडि नै, विसं २०२० मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देवले मुलुकी ऐनमा छुवाछुत र भेदभाव गर्न नपाइने कानुन ल्याएको पाइन्छ यद्यपि उक्त कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले व्यवहार मा जातीय भेदभाव रहिरहेको नै थियो ।

के तपाईंलाई लाग्छ आज पनि नेपालमा छुवाछुत र जातीय विभेद छ?
छुवाछुत तथा भेदभाव भन्नाले के बुझिन्छ ?
कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय, वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव भनिन्छ ।
नेपालको संविधान २०७२ ले जातीय भेदभाव विरुद्ध कस्तो प्रावधान राखेको छ ?
नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सोसरह सुनिश्चित गरेको छ । यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा ३ वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान राखेको छ । यसका साथै राष्ट्रिय दलित आयोगलाई पनि संवैधानिक अङ्ग सोसरह मान्यता दिइएको छ । कुनै पनि व्यक्ति समाज, सरकार या समूहले कसैलाई जातीय आधारमा विभेद गर्नु र उनीहरूको मर्यादा माथि आघात पूर्याउनु दण्डनीय छ, आउनुहोस स्वतन्त्र अनि समान नेपाली समाजमा जातीय उत्पीडनका इतिहासलाई समापन गर्दै नयाँ पानाहरू कोरौँ । आजको दिनको महत्त्व मनन गरौँ, सबैको जय होस ।


निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको जून ४ गते संयुक्त राष्ट्र सङ्घको आव्हानमा संसारभरि निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस कार्यक्रमहरू गरी मनाइन्छ । १९ अगस्ट १९८२ मा राष्ट्र सङ्घको महासभाको विशेष सत्रमा प्यालेस्टाइनको लेबनान र प्यालेस्टानी बालबालिकाको द्धन्दमा भएको हताहतको प्रश्नमा आक्रामक कार्यको सिकार भएका निर्दोष प्यालेस्टिनी र लेबनानी बालबालिकाहरूको ठुलो सङ्ख्याका तथ्यमा सम्पूर्ण महासभा नै स्तब्ध भएको थियो । यसरी स्तब्ध भएको महासभाले प्रत्येक वर्षको जुन ४ लाई यो दिवस मनाउने निर्णय गरेको थियो।
विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरूको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ । संयुक्त राष्ट्र सङ्घको बाल अधिकारप्रतिको प्रतिविद्धताको पनि आज चर्चा गरिन्छ । बालबालिकाका लागि कार्यरत विश्वव्यापी संस्थाहरू, सरकारहरू, सद्भावना राजदूतहरू, मिडिया अनि तपाई–हामी जस्ता थुप्रै सरोकारवालाहरू मिलेर विभिन्न तवरले आजको दिन मनाइन्छ । नेपालमा बालबालिकाका अधिकारममतालाई आत्मसात् गर्ने नेतृत्व छान्नेतर्फ हामी कत्तिको चनाखो छौ त ? यस्तै कुराहरूलाई समाहित गर्दै संसारभरि बालमैत्री संरचना र समाजको निर्माणका लागि ‘से यस टु चिल्ड्रेन’ अर्थात् ‘बालबालिकालाई हुन्छ भनौँ’ भन्ने अभियान पनि चलाइएको छ । संसारभरिका लगभग १० करोड बालबालिकाले आज यसै अभियानमार्फत विभिन्न तवरले आआफ्ना समाजबाट बाल अधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् । बालबालिकाको अधिकार र बालमैत्री वातावरणका लागि हामी सबै सँगै छौँ नि, हैन र ?





हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रशासनिक संरचनामा पुनर्संरचना गर्दै प्रदेशअन्तर्गतका कार्यालयहरूको संख्या घटाएको छ । कार्यालयहरूको संख्या २०१ बाट घटाएर १९१ मा झारिएको छ । बिहीबार बसेको प्रदेश मन...

२१ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भ...

दक्षिणपूर्वी टर्कीएको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासीलाई सुरक्षा नियन्त्रणमा लिएको छ। बुधबार एक्समा पोस्ट गरिएको भिडियोमा अधिकारीहरूले पूर्वी बिटलिस प्रान्तको ...

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । राजदूत गोर अमेरिकाका तर्फबाट दक्षिण एसियाका...

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरिएको पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १४० जना ऋणीहरूको विवरण सार्वजनिक गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उपलब्ध ...

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

काठमाडौं । रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ...

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय दिन पनि नपुग्दै देशको राजनीति फेरि पुरानै विवाद र अवरोधतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत...