मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व युवा दक्षता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरूपका रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनी नभुलौँ । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या भएको तथ्य पनि यसले उजागर गराइदिएको छ ।यो दिवसले युवाहरूलाई उचित प्रशिक्षण प्रदान गर्ने र मर्यादित काम, रोजगारी र उद्यमशीलताको लागि सीपहरू सिर्जना गर्ने महत्त्वमा जोड दिन्छ।
यस वर्षको नारा "Skills for a Shared Future" (साझा भविष्यका लागि सीप) ले एक समावेशी र समृद्ध संसार निर्माणका लागि युवाहरूलाई सही ज्ञान, सीप र अवसर दिनुको महत्त्वलाई दर्शाउँछ।
तीव्र गतिमा बदलिँदो यो विश्वमा नयाँ सीपको विकासले युवाहरूका लागि रोजगारीका नयाँ ढोका खोल्ने मात्र होइन, उनीहरूभित्र नवप्रवर्तन र सहकार्यको ऊर्जा पनि जगाउँछ। आउनुहोस्, युवाहरूको हातलाई सीपयुक्त बनाऔँ र सबैका लागि एउटा उज्यालो र साझा भविष्य निर्माण गरौँ!

के तपाईंलाई लाग्छ नेपालले दक्ष युवाका लागि पर्याप्त रोजगारी सिर्जना गरिरहेको छ?
विश्वमा बेरोजगारीको तथ्याकं र दक्ष युवाहरूको आवश्यकता
अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरू बेरोजगार भएको र बेरोजगारी दर १३.१% भएको देखाएको थियो । यो सङ्ख्या सन् २०१७ मा विश्वका प्रायः मुलुकहरूमा बढी सक्ने आकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अङ्क गणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।
अर्थात् शिक्षक, प्रशिक्षक र युवाहरूलाई सिपयुक्त बनाउने भन्ने अर्थ लाग्दछ । नेपालमा बेरोजगारी नेपालको संविधान, २०७२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने लेखिएको छ । साथै, चौधौँ योजना ०७३/७४ देखि ०७५/७६ मा रोजगारी विकास कार्यक्रममा दक्ष, सीपयुक्त र उत्पादनमूलक मानव संसाधनको विकासद्वारा पर्याप्त रोजगारी एवं स्वरोजगारका अवसर सिर्जना गर्ने सोच, मुलुकभित्रै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य र स्वदेशमा मर्यादित रोजगारका अवसर सिर्जना गरी बेरोजगारी तथा अर्ध बेरोजगारी न्यूनीकरण गर्दै रोजगारीको हकलाई सुनिश्चित गर्ने रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जाने उद्देश्य राखिएको छ भने लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त र मर्यादित रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्ने एवं सीप तथा व्यावसायिक तालिमका अवसरको विकास एवं विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको उत्पादन गर्ने लेखिएको छ । तर, यसै क्रममा देशमा रोजगारी नपाएर बाध्य भएर वैदेशिक रोजगारमा जाने श्रमिक विदेशमा छन् । सरकारले नयाँ नयाँ श्रम गन्तव्य खोल्नुलाई गर्वका साथ लिएको अवस्थामा स्वदेशमा नै रोजगारीको अवसरका लागि पैरवी गर्दै अघि बढ्न आज सर्वत्र बल पुगोस् ।



एट्लान्टा । केही खेलहरू तथ्याङ्कका कारण मात्र नभएर आफू पछाडि छोडेर जाने इतिहास र कथाहरूका कारण सधैँ स्मरण गरिने गर्छन् । तथ्याङ्कले केवल अङ्क मात्र रेकर्ड गर्छ, तर इतिहास भने मानिसहरूको सम्झनामा जी...

काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट एक हजार ६५० मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन् । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपु...

३१, असार, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हिंस्रक जंगली भाले हात्ती ध्रुवेलाई आज डार्ट (बेहोस) बनाएर घाँटीमा रेडियोकलर जोडिएको छ । निकुञ्ज स्रोतका अ...
एजेन्सी। स्पेनका युवा फुटबल स्टार लामिन यामालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास भएको छ। स्पेनलाई विश्वकपको फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको केही समयपछि यो घटना भएको हो। क्याटा...

काठमाडौँ । मिटरब्याजपीडित र गृहमन्त्री सुधन गुरुङबीच दिनभर चलेको वार्ता केही समयका लागि स्थगित भएको छ। गृहमन्त्री गुरुङ वार्तास्थलबाट बाहिरिएपछि छलफल रोकिएको हो । मिटरब्याजपीडित पैदल मार्चका अगुवा...

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच कतारको राजधानीमा दोहामा उच्चस्तरीय भेटवार्ता भएको छ। दोहास्थित लुसेल प्यालेसमा बुधबार उच्चस्तरीय शिष्टाचार भेटवा...

काठमाडौं। टमाटरको उचित मूल्य नपाएको भन्दै आज बिहान काठमाडौंको माइतीघर मण्डलमा किसानहरूले टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका थिए। उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बजार व्यवस्थापन प्रभावकारी...