मुख्य सामग्रीमा जानुहोस्

दशैं बिदा

दशैं विदा

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

निदारमा रातो टिका अनि कानमा पहेंलो जमारा लगाएर मान्यजनका हातबाट आशिष लिनलाई मानिसहरु टाढा टाढाबाट यात्रा गर्दैछन् । सार्वजनिक यातायातमा मानिसहरुको भिड बाक्लै छ अनि तराई तिर गर्मि घटेको नै छैन । आज बिजया दशमी अर्थात बडा दशैँको तेस्रो दिन घरमा नवदुर्गाको आशिष लिन आउने मान्छेहरु अलि कम भए कि उस्तै छ ! मुख्यतया विजया दशमीका दिनको टिकालाई विशेष मानिन्छ ।

तर परपर भएका माइती मावलीहरूमा दशमीका दिन नै टिका लगाउन नभ्याउन नसकिने परिवेशलाई ध्यानमा राखेर पूर्णिमाका दिनसम्म टिका र जमरा लगाइदिने चलन यथावत नै छ ।


दशमीका दिन देखि पूर्णिमा सम्म टिका लगाउनेको लर्को चलिनै रहन्छ । आशा छ तपाईको यसपालिको दसै बडो रमाइलो हुदै होला  ।

प्रदोष व्रत

प्रदोष व्रत

विशेष अडियो सामग्री

सुन्न ट्याप गर्नुहोस्

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!

शिव गायत्री मंत्र


प्रदोष भनेको के हो ?

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?

पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

प्रदोष व्रत कहिले गर्ने ?

प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।


प्रदोषमा के नगर्ने ?

प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।

हाम्रो पात्रोबाट थप

समाचार

समाचार

विश्व शहरीकरण दिवस

अत्यधिक चिन्ता कसरी कम गर्ने

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल

के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू