मुख्य सामग्रीमा जानुहोस्

कार्तिक स्नान आरम्भ

कार्तिक स्नान

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

बडादसैँको समापनसँगै आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म स्नान गरि घरघरमा विशेष रुपमा विधि-विधान पुर्‍याएर गरिने तुलसी पूजा आजैदेखि प्रारम्भ भएको छ । यसरी कार्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ । भगवान् विष्णुलाई समर्पण गरी बालिने आकाशेदिप प्रज्वलन पनि आजबाट सुरु भयो । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ । मुख्यतया दुर्गा पक्षको समापनलाई दर्शाउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरुपको अर्चना गरिँदै जाग्राम गरेर भजन किर्तन गर्दै मनाइन्छ । अब हिँउद शुरु भइसक्यो, शीतका थोपाहरु खस्न थालेका अनि रातहरु छोटा हुन थालेका छन्, दशैंको अन्तसंगै अब तिहारका दिनहरुको हामी सबैलाई प्रतिक्षा छ ।

सबैको जय होस् ।

आकाशदीपदान आरम्भ

आकाशदीपदान आरम्भ

विशेष अडियो सामग्री

सुन्न ट्याप गर्नुहोस्

बडा दशैंको समापनसँगै आजबाट कार्तिक स्नान प्रारम्भ हुँदैछ, आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचारीक रुपमा बडा दशैंको समापन हुन्छ । आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको दुर्गा पक्ष आजका दिनबाट औपचारीक रुपमा अन्त भएको छ । आजका दिन सन्ध्याकालमा घरघरमा दिप प्रज्वलन गरेर जाग्राम बसे लक्ष्मी माता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्ने धार्मिक मान्यता छ ।

लक्ष्मीपुजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दिप बनाँउदा बाँसको लामो लिंगोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ति बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तिहरु श्री हरिको समर्पणमा बालिन्छ । यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तिहरु हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तिहरुका लस्करले समग्र गाँउनै दुधिलो प्रकाशमा रंगीएको देखिन्छ । यि बत्तिहरुलाई आकाशेबत्ति भनिन्छ, आजका दिन आकाशेदीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ, यसरी दुधिलो प्रकाश मुनी बसेर जुवातास खेल्ने चलन पनि आजको दिन प्राचिन कालबाटै शुरु भएको मानिन्छ ।

हाम्रो पात्रोबाट थप

अत्यधिक चिन्ता कसरी कम गर्ने

महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल

के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू

पाण्डा अब लोप हुने खतराबाट जोगिएका छन्! 🐼

गिटारका अत्यावश्यक माइनर कर्डहरू! 🎶

के तपाईं अनुमान गर्न सक्नुहुन्छ?