नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

Gorakhkali Puja
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तुते॥
विजयी (जयन्ती), शुभ (मंगला), काली (उग्र), भद्रकाली (कपालिनी) र कपाल धारण गर्ने देवीलाई नमस्कार छ। उनी दुर्गा (अपराजेय), शिव (शुभ), क्षमा (क्षमाको अवतार), धात्री (समर्थक), र पवित्र उपहार (स्वाह र स्वाधा) हुन्।
यो श्लोक प्रायः सुरक्षा, सफलता, र आध्यात्मिक शक्तिको लागि देवीको आशीर्वादको लागि मन्त्रोच्चारण गरिन्छ ।
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।

के तपाईंले गोरखकाली पूजामा सहभागिता जनाउनु भएको छ ?
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




युएसएडको दुई अर्ब रुपैयाँको वित्तीय संघीयता कार्यक्रममा अर्थ र बालानन्दको बदमासी : वित्त आयोग छलेर नीति फाउण्डेशनलाई ‘ठेक्का’ ! केहि सेकेन्ड अघि A A काठमाडौं : अमेरिकी सहयोग नियोग युएसएडले नेपा...
काठमाडौं । विराटनगरको सहिद रंगशालामा जारी ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका शुक्रबार भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टार क्लब ललितपुर विजयी भएको छ । विराट गोल्डकप ट्रष्टद्वारा आयोजित...

काठमाडाैँ – लक्ष्मी सन्राइज बैंकको अगुवाइमा बैंक तथा वित्तीय संस्था र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच सम्झौता भएकाे छ। लक्ष्मी सन्राइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डक...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनपछि दबाबको तीर रूसतिर फर्काएका छन्। शुक्रबार उनले युक्रेनसँग युद्धविराम र शान्ति सम्झौता नहुँदासम्म रूसमाथि कडा प्रतिबन्ध लगाउने विषयमा आफूले गम्भीरतापूर...

विराटनगर । बालसुधार गृह विराटनगरभित्रै झडप हुँदा पाँच जना घाइते भएका छन् । शुक्रवार भएको समूहगत भनाभन झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको हो । झडपमा घाइते भएकाहरूको कोसी अस्पतालमा उपचार भइरहे...
२३ फागुन, काठमाडौं । नेपाली महिला कबड्डी टिमले इरानमा भइरहेको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक प्राप्त गरेको छ । च्याम्पियनसिपको सेमिफाइनलमा मनमती विष्टको कप्तानीमा रहेको नेपाली...
काठमाडौं । बुटवल उपमहानगरपालिका–११स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ । बुटवलबाट मोतीपुरतर्फको १३२ केभि डबल सर्क...

काठमाडौं । एनएमबी बैंककाे प्रमुख कार्यकारी अधिकृतमा गाेविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेकाे बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षकाे लागि बैंककाे प्रमुख कार्यकारी अधिकृतमा निय...