नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अन्तर्राष्ट्रिय नारी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
"यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते, सर्वास्तत्राफलाः क्रियाः॥"
मनुस्मृति अध्याय ३, श्लोक ५६
भावार्थः यो श्लोकले समाजमा महिलाको महत्वलाई उजागर गर्छ। जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ समृद्धि र दैवी आशीर्वाद प्राप्त हुन्छ। तर जहाँ महिलाहरूको अपमान वा बेवास्ता गरिन्छ, त्यहाँ सबै काम असफल र निष्फल हुन्छन्।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास
पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो र त्यसैले यो वर्ष हामी ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।

अन्तर्राष्ट्रिय नारी दिवसलाई संयुक्त राष्ट्र सङ्घले आधिकारिक मान्यता कहिले दिएको थियो ?
सन् १९१० मा भएको महिलावादी आन्दोलन
आउनुहोस्, एकफेर सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।
महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ ।
सन् २०२५ को नारी दिवसको नारा
२०२५ को नारी दिवसको नारा चाहिँ Accelerate Action अर्थात् कार्यहरूलाई गति दिऔँ भन्ने अर्थ लाग्छ । समानतालाई ई क्वालिटी भन्दै पैरवी गरिएको पछिल्ला वर्षहरूमा निकै समानताका लहर चर्चा गरिन्थ्यो भने अब नारी पुरुषको समान हिस्सेदारीको पैरवी गर्न थालिएको छ । नारी र पुरुषले समान ऊर्जा र हिस्साका साथ अघि बढ्ने वातावरणका लागि विश्व समुदायको यस पहल साकार रहोस् ।
यस दिनको अर्थपूर्ण शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. राजावादी गतिविधि बढेको भन्दै माओवादी अभियान स्थ...

शालिग्राम नेपाल चितवन, फागुन २४ गते । जङ्गली हात्तीको आक्रमणबाट चितवनका एक जनाको मृत्यु भएको छ । गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनको खैरहनी वडा ९ घर भएका ३५ वर्षीय सुरेश महत...
दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको फाइनल खेलमा विजेता नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ‘ट्राइब्रेकर’मा ३–० गोल...
२४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज पुनरागमन जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोलअन्तरले हराएको हो । पहिलो हाफमा पछ...
माेरङ – सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेडसंग न्यूरोड टिम एनआरटी पराजित भएसंगै विराट गोल्डकपको सेमीफाइनल समीकरण पूरा भएको छ। विराटनगरमा जारी नवौं संस्करण अन्तर्गत गोल्डकपको अन्ति...

डडेल्धुरा – डडेल्धुरामा तरकारीको ‘हाइब्रिड’ बीउ उत्पादन सुरु गरिएको छ । डडेल्धुरास्थित तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्रले यस वर्षबाट बिउ उत्पादन सुरु गरेको हो ।

डिनको कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृहमन्त्रालयलाई त्रिविको आग्रह २४ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयम...

सन् २०२४ मा विश्वका चारमध्ये एक देशमा महिला अधिकार कुण्ठित भएको युएन विमिनको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक गरिएको ‘बेइजिङ पछिका ३० वर्षमा महिला अधिकारको समीक...