नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
जैन आदर्श
आउनुहोस् आज कुरा गरौँ जैन आदर्श को ।
प्रकृतिको अत्यन्त नजिक रहेको यस आदर्शमा तिन वटा मन्त्रहरू छन्, हामी सबैले सिक्न अनि मनन गर्न जरुरी तिन वटा मन्त्रहरू:
अहिंसा अर्थात् हरेक प्रकारका हिंसा वाट परै रहने कुराहरू हुन् । हिंसा भन्ने बित्तिकै जनावर या मान्छे मार्ने मात्र नभईकन आफ्नो वचनमार्फत अरूहरूलाई चित्त दुखाउने अनि अरूको नराम्रो सोच्ने पनि पर्दछ है ।
अनेकान्त वाद
अर्थात् कुनै पनि कुरा या तथ्यलाई वह दृष्टिले हेर्न सक्ने क्षमता अनि कला हो । हामीहरू मध्य धेरै जनाले पहिल्यै एउटा विशेष विचार अनि धारणाले प्रभावित भएर तथ्य अनि सत्यको मन्थन गर्दछौ, शायद यसै कारणले होला हामीले सत्यको हरेक कोणहरूलाई नियाल्न नसकेको । उदहारणका लागी कालो चस्मा लगाएको आँखाले त पानी पनि कालै देख्छ नि हैन र ? यसरी एउटा मात्र नभई अनेक विचार र आदर्शले मात्र सत्य को मन्थन गर्न जैन धर्म र विचारले प्रेरित गर्दछ ।

के विद्यालयमा महावीर स्वामीजस्ता प्राचीन आध्यात्मिक गुरुहरूको शिक्षालाई पाठ्यक्रममा समावेश गर्नु पर्छ ?
अपरिग्रह
अर्थात् लोभ, लालच अनि संवेगहरूबाट पर रहन सक्नु अपिन आत्म शुद्धि लगायत दान पुण्यका मार्गहरूको पैरवी पनि यस जैन आदर्शहरूले गरेका छन् ।
यिनै जैन धर्मका महान् प्रवर्तक स्वामी महावीर को आज जन्मदिन भव्यताका साथ मनाइदैछ । स्वामी महावीरले आफ्नो मन, आफ्नो बोली र आफ्नो शरीर माथि नै नियन्त्रण गरी सासांरीक कुराहरूमाथि विजय प्राप्त गरेको उल्लेख छ, स्मरण रहोस् जैन धर्म सिन्धु घाँटी सभ्यताको प्राचीन धर्महरू मध्य पर्दछ । जैन धर्मग्रन्थ अनुसार जीव र अजीव गरी मुख्य दुई वटा पदार्थ तथा बनाउन र हटाउन नसकिने छ वटा द्रव्यबाट संसार बनेको हुन्छ । जसलाई जीव, अजीव, धर्म, अधर्म, आकाश र काल भनिएको छ । जैन धर्ममा ईश्वरलाई सर्व शक्तिशाली त्रिलोक ज्ञाताका रूपमा मात्रै मानिन्छ भने कर्ताका रूपमा जिन अर्थात् अरिहन्तलाई मान्दछन् ।
जैन धर्ममा २४ तीर्थंकरहरु
जैन धर्ममा २४ तीर्थंकरहरु रहेको उल्लेख गरिएको छ, तिर्थकर भन्नाले धर्मको मूल मर्मलाई अगाडी बढाउने गुरुहरूको पुस्ता र नेतृत्वलाई बुझिन्छ । पहिलो तीर्थंकर ऋषभदेव र अन्तिम तीर्थंकर स्वामी महावीर नै हुनुहुन्छ ।
महावीरको जन्म
महावीरको जन्म ईश पूर्वभन्दा ५९९ वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्ड ग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका सपना देखेकी थिइन् । ती सपनाहरूमा हात्ती, साँढे, सिंह, लक्ष्मी, फूल, पूर्ण चन्द्रमा र सूर्यहरू थिए । जैन धर्ममा तिर्थांकरहरुको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरू सपनामा देखेका हुन्छन् भन्ने मान्यता रहेको छ ।
जूभिका नाउँ गरेको गाउँस्थित ऋजूकूला नदी किनारमा घोर तपस्या सम्पन्न गर्नुभएको महावीरलाई वैशाख शुक्ल दशमीका दिन ज्ञान प्राप्त भएको थियो । असत्य र समानताका प्रवर्तक महावीर गुरुले वर्गभेद र आर्थिक असमानता पन्छाउन समताको सिद्धान्त समेत अघि सार्नुभएको थियो ।
अर्को तर्फ हिन्दु सनातन शास्त्रहरू ऋग्वेद लगायतका पौराणिक शास्त्रहरूमा पनि जैन धर्मका बारेमा उल्लेख गरिएको हुनाले यो स्पष्ट हुन्छ कि जैन धर्मको अस्तित्व वेद लेखिनुभन्दा अगाडि नै थियो । श्रीमद्भागवत महापुराणमा प्रथम तिर्थांकर श्री ऋषभदेवलाई विष्णुको आठौँ अवतारका रूपमा चर्चा गरिएको छ । त्यस्तै विष्णु पुराणमा पनि श्री ऋषभदेव, मनुस्मृतिमा प्रथम जिन अर्थात् ऋषभदेव, स्कन्द पुराण र लिङ्ग पुराण आदिमा बाइसौँ तीर्थंकर अरिष्टनेमीका बारेमा उल्लेख गरिएको छ । महावीरलाई फलफूल, चामल, पानी, सुगन्ध र पैसा आदि वस्तु चढाएर पूजा गरिन्छ । महावीर जन्म जयन्तीका अवसरमा जैन मन्दिरहरूलाई विशेष रूपमा सजाउने गरिन्छ । महावीर जयन्तीका अवसरमा जैन धर्मावलम्बीहरूले अहिंसा र्यालीहरु आयोजना गर्दछन् । गरिबहरूलाई भोजन जस्ता सेवामूलक काम गर्दछन् । काठमाडौँ नक्सालको जैन भवन लगायत देशैभरका जैन समुदाय अनि भवनहरूमा आज विशेष उत्साह रहन्छ । सामुदायिक क्रियाकलाप अनि अत्यन्त मेलमिलापका साथ आपसमा रहेका जैन समुदायहरूबाट हामी सबैले सिक्नुपर्ने कुराहरू धेरै छ । अहिंसा अनि बन्धुत्वका लागी यस समुदायलाई श्रेष्ठ मानिन्छ । हरेक वर्ष चैत शुक्ल पक्ष त्रयोदशी का दिन महावीर स्वामीको जन्म जयन्ती मनाउने गरिन्छ ।
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




याङ्गुन, । म्यानमारमा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि करिब दुई हप्ताको अन्तरालमा ११२ परकम्प गएको रेकर्ड गरिएको छ । म्यानमारको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार चैत १५ पछि चैत २८ (...

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंले प्रहरीसामु आत्मसमर्पण नगरेको जनाएको छ । उनले आफूलाई सुरक्षित नेपालसम्म पुर्याइदिन भारतीय प्रहरीलाई अनुरोधमा...

काठमाडौँ। नेपाल प्रहरीले दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ। बिहीबार विभिन्न सञ्चार माध्यमहरूमा ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा समाचारहरू प्रकाशन भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्...

तिलोत्तमा — रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सार्थक एवं प्रभावकारी कदम चाल्न संस्कृति, पर्यटन तथा नागरि...
२८ चैत, काठमाडौं । केएल राहुल र ट्रिस्टन स्टब्सले शतकीय साझेदारी बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । दिल्ली यस संस्करणमा हालसम्म अपराजि...

काठमाडौं – नेपाल प्रहरीले तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईको खोजी कार्य जारी रहेको बताएको छ ।

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले राष्ट्र, राष्ट्रियता धर्म संस्कृति बचाऔँ महाअभियानका संयोजक दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान गरेको छ । सो सम...

चैत १५ गते राजधानीको तीनकुनेमा हिंसा मच्चाएर भारत पुगेका दुर्गा प्रसाईं भारतमा पक्राउ परेको खबर बाहिरिएको छ । राजा फर्काउने,बैंकको ऋण नतिर्ने भन्दै सर्वसाधारणलाई उराल्दै आएका उनी पक्राउ परेको औपचार...