नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

मंगलचौथी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।
हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ ।
मङ्गल चौथी किन भनिन्छ ?
आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन पनि छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् ।

भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ । विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस् ।
मङ्गल चौथी व्रत कथा
उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पूज्य छन् । अतः माता दुर्गा भवानी र विघ्न हर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्न हर्ता गणेशजी भगवानलाई खुसी पार्न सके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने कुरा गणेश पुराणमा वर्णन गरिएको छ ।
मङ्गल चौथी पूजा विधि
जसले यस दिन ऋद्धि सिद्धिसहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आराधना गर्छ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभ फल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुःख कष्ट र बिघ्न बाधा आदि सबै हराउने विश्वास छ । त्यसैले आजको दिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भएर पूजन सामग्री तयार गर्नु पर्छ । पूजन सामग्री तयार पार्दा धान, चामल, जौ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, रातो अक्षता, सौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान, धूप, बत्ती, कपुर, रातो फूल, माला, लड्डु दुबो आदि सरजम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसेर दीप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रव्यसहित लिएर सङ्कल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धुबान्धवहरुको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले सङ्कल्प लिनु पर्दछ ।
सङ्कल्प पश्चात् अर्घ स्थापना गरेर विघ्न हर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गणपतये नमः भन्दै पूजा गरिसके पछि धूप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्च पल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनः बिचमा गणेशजीको प्रतिमा वा मूर्ति राख्ने र गणेशजीको विशेष पूजन कालागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्ने । सकिन्छ भने यो मन्त्र पढ्दै ध्यान गर्ने:
वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
यो मन्त्रसहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नमः ः भन्दै पाद्य, अर्घ, आचमन, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराएर गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दूर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात् जौ, तिल, फूल, माला, दुबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमः भन्दै अङ्ग पूजन गरी धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गरी रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण भक्तहरुले गणेशजीको नीराजन आरती, घण्टसहित श्रद्धा एवं भक्तिले गर्नु पर्दछ । पुनः पुष्पाञ्जली गरेर आरतीलाई सितल गरी सबैजनाले आरती लिनु पर्छ र आफ्नो मनोकामना पूर्ण होस् भनेर विघ्न हर्ता गणेशजीलाई साष्टाङ्ग प्रणाम गरी आर्सीवाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवश्य नै पूरा गर्नुहुनेछ ।

हरेक वर्ष मार्च महिनाको तेस्रो मङ्गलवार सामाजिक कार्य दिवस मनाइन्छ । यो दिनले सामाजिक सामाज सेवकहरुको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ। यस दिन सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवर्द्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्दै सामाजिक कार्यकर्ताहरूको विश्वव्यापी सङ्गठन इन्टरनेशनल फेडरेशन अफ सोसियल वर्कले समाजसेवाको पैरवी गर्दछन्। सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन्, आज ती सबै कुरालाई पूनरावोलोकन गरिन्छ ।
तपाईंको विचारमा नेपालमा सामाजिक सेवाको प्रभाव बढाउन सबैभन्दा प्रभावकारी उपाय कुन हो?
यो दिन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू मनाउने अवसर हो साथै सामाजिक कार्यकर्ताहरूले कमजोर परिवार र समुदायको जीवनमा खेल्ने महत्त्वपूर्ण भूमिकाको लागि चेतना र समर्थन जगाउने अवसर पनि हो। यो दिवसले पेसा र सामाजिक सेवा क्षेत्रलाई थप योजना, विकास र सहयोगको आवश्यकतातर्फ ध्यानाकर्षण गराउँछ।
यस वर्षको नारा
सन् २०२५ को सामाजिक सेवा दिवसको संघारसम्म आइपुग्दा यस वर्षको सकारात्मक परिवर्तनलाई नेतृत्व गर्न र पारस्परिक सम्मान र दिगोपनमा फस्टाउने समुदायहरूलाई बढावा दिन सामाजिक कार्यकर्ताहरूले खेल्ने परिवर्तनकारी भूमिकाको समयमै संझाउने काम गरेको छ ।
यस अर्थमा नै हुनपर्छ यस वर्षको नारा नै "Strengthening Intergenerational Solidarity for Enduring Wellbeing"
अर्थात् दीर्घकालिक कल्याणका लागि पुस्तान्तरिय एकता सुदृढ गर्ने भन्ने अर्थ लाग्दछ ।
आजका दिन #WSWD2025 ह्याशट्याग बिश्वभरि व्यापक रुपमा प्रयोग गरिन्छ ।
हामीले विश्व सामाजिक कार्य दिवस मनाउने क्रममा, हामी समानताको सिद्धान्तलाई अँगालौं र समुदाय र प्रकृति मिलेर मिलेर बस्ने भविष्यलाई पैरवी गरौं । यस दिवसको सबैलाई अर्थपूर्ण
शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




किरण श्रेष्ठ दमौली (तनहुँ), चैत ५ गते । तनहुँको आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । मंगलबार भएको मतदानबाट स्ववियु अध्यक्षमा अखिल (क्रान...
तनहुँ — जिल्लाका चारवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु दुईवटा क्याम्पसमा विजयी हुँदा नेविसंघ र अखिल (क्रान्तिकारी)ले एक/एक क्याम्पसमा विजय हात पारेका छन् । म...

बझाङ । बझाङकाे बुंगल नगरपालिकामा रहेकाे त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघका चन्द्र बाेहरा विजयी भएका छन् । बाेहराले ११२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी विप्लव निकट अखिल समाजवादकी विपना धामी...

काठमाडौं, ५ चैत्र । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । भारतको विदेश मन्त्रालयको सहकार्यमा ओआरएफले आयोजना गरेको राइसिना डाइलगकै क्रममा...

नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयका सबै बैंक खाता रोक्का भएका छन् । उच्च अदालत पाटनको आदेशपछि प्राधिकरणका बैंक खाता रोक्का भएका हुन् । चमेलिया जलविद्युत आयोजनाका ठेकेदार चिनियाँ कम्पनी सि...

रामेछाप। रामेछाप जिल्लाको मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा अखिल नेपाल विद्यार्थी संघ (अनेरास्ववियु)को प्यानल नै निर्वाचित भएको छ । मंगलबार राति सकिएको मतगणनाअनुसार क्याम्पसको स्ववियु सभापतिसहि...

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवाप्रदायक फोनपेले सीमापार यूपीआई (यूपीआई) क्यूआर कोडमार्फत पर्सन-टु-मर्चेन्ट (पीटुएम) कारोबारको एक वर्ष पूरा गरेको छ । भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डि...

उदयपुर (गाईघाट) । जिल्लाको चौदण्डीगढी नगरपालिका–७, बेल्टारस्थित कल्याण चोकमा मंगलबार अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ भने एक करोड २५ लाख बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय बे...