नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के हो विश्व पुस्तक दिवस ?
यूनेस्कोले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा एप्रिल २३ लाई विश्वभरिका लेखक लाई प्रेरित गर्न, लेखनलाई उत्साहीत गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवसमनाउने निर्णय गरेको हो । सन् १६१६ मा २३ अप्रिलकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता यूगान्कारी लेखक र साहीत्यकारको मृत्यू भएको थियो । त्यसैले २३ अप्रिलका दिन विश्व पुस्तक दिवस मनाइन्छ । पहिला स्पेनका लेखक मिग्वेल डी क्रेभान्टेसको सम्मानमा अप्रिल ७ मा यो दिवस मनाउने गरिएको थियो । तर पछि उनको निधन पनि २३ अप्रिलमा भएपछि यस दिवसलाई यही दिन सारिएको हो ।
प्रतिलिपि अधिकार भनेको के हो?
सर्जकहरूले सृजना गरेको बौद्धिक सम्पत्तिको रक्षा गर्न अनि सर्जकका रचनाहरूको अनधिकृत प्रयोगलाई रोकथाम गरि यो कार्य अवैध हो भनी सचेतना बढाउन प्रतिलिपि अधिकार दिवस मनाइन्छ। लेखक वा मौलिक कामका सिर्जनाकर्ताहरूलाई सामान्यतया सीमित समयको लागि विशेष अधिकारहरू प्रदान गर्न सरकारहरू द्वारा लागू गरिएको अधिकार हो। यो एक कानूनी अवधारणा हो ।

तपाईंलाई पुस्तक पढ्दा सबैभन्दा रुची के लाग्छ?
नेपालमा प्रतिलिपि अधिकार ऐन कहिलेबाट लागू भयो ?
नेपालमा सर्वप्रथम वि.सं. २०२२ मा प्रतिलिपि सम्बन्धी कानुन लागू भएको थियो । अहिले प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ ले रचनाकारहरूको हकहितमा काम गर्दै आएको छ ।
विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस कसरी मनाइन्छ ?
विश्वभरि १०० वटा भन्दा धेरै देशमा शैक्षिक संस्था, सार्वजनिक निकाय, व्यावसायिक समूह र निजी व्यवसायहरूद्वारा विभिन्न पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी तथा सेमिनार, सम्मान कार्यक्रम आदि आयोजना गरेर विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइन्छ ।
सन् २०२५ को नारा
"The role of literature in achieving the Sustainable Development Goals (SDGs)"
दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न साहित्यको भूमिका भन्ने अर्थ लाग्दछ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




काठमाडौँ। जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को...
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा...
१० वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पाँचौं जित निकालेको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । ह...

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति तातो हावाको लहरस...

‘कुलमान हटाउनुहुन्न भनेकै कारण ओलीले विद्या भट्टराईलाई राजीनामा दिन बाध्य पारे’ स्वास्थ्योपचारका थाइल्यान्ड जाँदै गर्दा आफूलाई विमानस्थलमा बिदाइ गर्न आएका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पू...

हुम्ला – जिल्ला समन्वय समितिको आठाँै जिल्ला सभाद्वारा जिल्लाभित्रको सात वटै गाउँपालिकाका ४५ वटा बस्तीलाई स्थानान्तरणको माग गरिएको छ। बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै सभाले त्यस्ता बस्तीलाई एकी...

काठमाडौं – शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटबाट पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक : ढुङ्गा झिक्ने क्रममा पहिरो झरि एक्साभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन्। जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा काम गर्ने क्रममा एक्साभेटर पुरिएपछि नवलपरास...