मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मातातीर्थ औंसी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ , त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन ।
मातातीर्थ औँसी
माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।
तपाईंले आमाको लागि यसपालि विशेष रूपमा के गर्नुभयो/गर्नुहुनेछ?

मातृदेवो भव ।
अर्थात् आमाहरू देवता हुन् । यस लोकमा भएका आमाहरू जीवित देवताहरू हुन्, लोक त्यागेका आमाहरू पनि अमर छन्, उहाँहरूको सम्झना र आराधना गरिन आजका दिनले पैरवी गर्दछ । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।
कसरी मनाइन्छ मातातीर्थ औँसी ?
आज बिहान सबेरै उठी स्नान गरेर आमालाई मिष्ठान्न भोजन खुवाई, उपहार दिंदै आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्छन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत पनि सम्झने गर्छन् । मानिसहरूले सामाजिक सञ्जालको माध्यमबाट पनि आमाप्रतिका भावना अनि सम्झनाहरू व्यक्त गर्ने गर्दछन् । आज उपत्यकाका नेवा समुदायले भने भक्तपुरको हनुमान घाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन् ।
आजको दिन किन लाग्दछ थानकोटको मातातीर्थमा मेला ?
माता तीर्थ औँसीका दिन काठमाडौँको थानकोट नजिकै अवस्थित माता तीर्थमा धूमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्छन् । जनश्रुति अनुसार, पहिले माता तीर्थमा गोठालाहरूले गाई–बस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए । गोठालाहरूले पुनः अरू रोटीका टुक्राहरू पनि फ्याँके । ती टुक्राहरू क्रमशः हराउँदै गए । ती गोठालाहरूमध्ये एउटाको आमा थिइन् भने अरूका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै गायब हुन्थे । उक्त दिन वैशाख कृष्णपक्ष औँसी थियो । यो कुरा अरू गाउँलेहरूले पनि थाहा पाए ।
गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन माता तीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले अनेक मिष्ठान भोजन लागि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र माता तीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक वर्ष आमा नहुनेहरूले माता तीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धा स्वरूप माता तीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।
आमा, जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ।
-हाम्रो पात्रोकालागी सुयोग ढकाल




प्रधानमन्त्रीकै कारण शिक्षक आन्दोलन मुडभेडतिर : लेखनाथ न्यौपाने काठमाडौँ । राज्यसत्ता र संचालकको चरित्र परिवर्तन नभएसम्म जनपक्षीय शिक्षा ऐन सम्भव नभएको सरोकारवालाहरुले बताएका छन् । नेकपा (बहुमत) ...
१४ वैशाख, काठमाडौं । लिभरपुलले चार खेल अगावै प्रिमियर लिग २०२४-२५ को उपाधि जितेको छ । लिगमा आइतबार राती घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुल लिग च्याम्पियनको ट्रफी निश्चित गरेको हो ।...

अर्जुन काफ्ले स्याङ्जा, बैशाख १४ गते । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीमाथि कार्यकक्षमै आक्रमणको प्रयास भएको छ । निर्माण व्यवसायी समेत रहनु भएका पुतलीबजार नगरपालिका –१ का नेपाली काँग्र...

काठमाडौं – नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । कांग्रेसले एक विज्ञप्ती गर्दै गत चैत १५ गते कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेको आरोप...

मनाङ – नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको ...

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको लगानी बोर्डको ६१ औँ बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्न...

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेको आरोप लगाएको छ । सो पार्टीले शिक्षक आन्दोलनमाथि दमन भएको भन्दै त्यसको तीव्र निन्दा र घोर भर्त्...
सर्लाही– प्रहरीले सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सदरमुकाम मलंगवा नगरपालिका–६, खुटौनाबाट उक्त रकमसहित भारतको सीतामढी जिल्ला कुनौलीका ४० वर्षीय ...