मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व नेवाः दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
मार्च महिनाको अन्तिम शनिवार
हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवा: दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । यो वर्षको विश्व नेवा: दिवसमा नेपाली छातामुनिका हरेक भाषा, संस्कृति र पहिचान बोकेका सबैलाई स्वागत छ ।
काठमाडौँ उपत्यका मूल थलो भएको नेवार समुदाय एउटा मूल बासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यति मात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवा: समुदायमा नै प्रचलित छन् ।
नेवा: साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवा: दिवस’ मनाउन थलिएको हो । आज पाँचौँ नेवा: दिवस हो । आजको दिन वर्ल्ड नेवा: अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दछ भने विश्वको कुना कन्दरामा बस्ने नेवा: समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।
विश्वभर फैलिएर बसेका नेवारहरूलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो दिवसमा विश्वको कुना कन्दरामा बस्ने नेवा: समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।गत वर्ष भने यस दिवसको कार्यक्रममा नेवा: समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

भविष्यमा विश्व नेवा: दिवसलाई अझ व्यापक बनाउन के गर्नुपर्छ?
अनेक किसिमका चाडपर्व मनाउँदै आएका नेवारहरूलाई यो नयाँ चाडको आवश्यकता किन भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिन सक्छ । अझ नेवा: दिवस भनेर मनाउने नै भए नेवारहरूका चाडपर्वहरूमध्ये कुनै चाडलाई छानी त्यही दिनलाई विश्व नेवा: दिवस भनी मनाए पनि नहुने होइन ।
यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो । यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबिच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो ।
नेपाल बाहिर पनि नेवारहरूले विभिन्न चाडपर्वहरू मनाउँदै आएका छन् । हाल अमेरिकाका नेवारहरू येँयाःपुन्हि, सिथिनखः, सापारु, पाहांचःह्रे, यःमरिपुन्हि आदि चाडहरू मनाउँदै आएका छन् । त्यसै गरी क्यानडा, अस्ट्रेलिया, जापान र युरोपका विभिन्न देशहरूमा यी विभिन्न चाडपर्वहरू मनाउने क्रम बढ्दो छ ।
नेवार समुदाय रहेका प्रायः देशमा बर्सेनि म्ह पूजा मनाउने चलन यसअघि नै चलेको थियो । यी चाडपर्वमा सम्पूर्ण कार्यक्रम सांस्कृतिक गतिविधिमा केन्द्रित हुन्छन् । यी दिनहरूमा भाषा, संस्कृति वा हक अधिकारबारे विचार–विमर्श गर्न कम मात्र समय हुने गर्दछ ।
त्यस कारण यी कार्यका लागि कुनै अलग दिन खोजी भाषा र संस्कृतिबारे विचार–विमर्श गर्ने, सचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवा: दिवस मनाउने सुरुवात सन् २०१८ देखि सुरु भएको हो ।
सन् २०१८ मा विश्व नेवा: दिवसको दिन विश्वका २२ देशहरूमा अनेक कार्यक्रम गरी मनाइएको थियो । आजको दिन बिहान ८ बजे नेवा: समुदायका मानिसहरूले सांस्कृतिक र्याली आयोजना गर्दैछन् । यो र्याली राष्ट्रिय सभा गृहमा आएर विश्व नेवा सम्मेलनमा टुङ्गिनेछ । यसअघि विदेशतिर भइरहेको यो नेवा: सम्मेलन पछिल्ला वर्षहरुमा भने नेपालमा पनि हुन थालेको छ ।
नेवास् समुदायमा आइरहेको विभिन्न समस्याहरूलाई पनि आजको दिवसले प्रकाश पर्छ । काठमाडौँ उपत्यकाको स्थानीय जनता, संस्कृति र सम्पदाहरूलाई विकासको नाममा विस्थापित गर्न खोजिएको समस्याहरूबारेमा पनि आजको दिन विशेष छलफल हुने गरेको छ । नेवा: समुदाय सांस्कृतिक रूपले निकै सम्पन्न समुदाय हो । हाम्रो संस्कृतिको रक्षा गरौँ ।
-सुयोग ढकाल




काठमाडौं। आईपीएल २०२६ को सुरुवात निकै रोमाञ्चक बनेको छ। सनराइजर्स हैदराबाद (एसआरएच)ले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)विरुद्ध पहिलो खेलमै २०० रनको आँकडा पार गर्दै सशक्त सुरुवात गरेको थियो। तर, ...

काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा निषेध गर्ने भएको छ । नयाँ शैक्षिकसत्रबाट कार्यान्वयनमा आउने गरी सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई परीक्षा लिन नपाउने व्यवस्था...

काठमाडौं । सरकारले महिलाहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको सय बुँदे शासकीय सुधार...
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । विराट कोहली र देवदत्त पडिक्कलको उत्क...
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ ।

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि १०० वटा कार्ययोजना सार्वजनिक गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले ती सय कार्ययोजनालाई छोटकरीमा उल्लेख ...
१४ चैत, काठमाडौं । देवदत्त पडिक्कल र विराट कोहलीको अर्धशतक तथा कप्तान रजत पाटिदारको आक्रामक पारीमा शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा साविक विजेता रोयल च्यालेन्जर्स ...

कैलालीको टीकापुरमा जारी टीकापुर साहित्य महोत्सवको शनिबार दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । दोस्रो दिनको प्यानल छलफलमा नेपाली साहित्यको प्रबृत्ति, नेपाली चलचित्रले लिइरहेको बाटो, मृत्युबारेमा ...