दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

हरितालिका तीज
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरितालिका तीज व्रत
भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । पतिको लागि आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।
तीजको नाम कसरी रहन गयो त ?
वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान् शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने गर्छ । आधुनिक कालमा बर बधूले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन, तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरू तुहिएर जाने हामी सबैलाई थाहा छ । माता पार्वतीको असीम कृपाले प्रेम अनि प्रेमीहरूको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।

तीजको सबैभन्दा रमाइलो भाग कुन हो?
तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ । ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ । पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिका साथ अघि बढाउन सकोस् ।
हरितालिका तीजको पौराणिक सम्बन्ध
हरितालिका पनि शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन । जगत्का पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ । हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको हो ।
विवाहित र अविवाहित महिलाहरूको वरदान
अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।





१० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग मंगलबार भेट गरेको छ । ओलम्पिक कमिटीको तदर्थ समिति गठन भएपछि यो समितिले बफ्नो सक्रि...

सुर्खेत — शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा १ सय २० वटा हिउँ चितुवा भेटिएका छन् । निकुञ्जले झन्डै ५ महिना लगाएर क्यामेरा ट्र्यापिङ विधिबाट गरेको गणनामा निकुञ्जभित्र ९० र आसपासका...

सौन्दर्य प्रतियोगिता 'मिस भिवा–२०२५' को ग्रान्ड फिनाले बुधबार हुँदैछ। यस वर्षको विजेतालाई श्री ओम ज्वेलर्सले डिजाइन गरेको करिब २५ लाख रूपैयाँ मूल्य बराबरको आकर्षक क्राउन प्रदान गरिनेछ। सोमबार काठ...

पूर्णतयारी गरेर मात्रै इम्बोस्ड नम्बरप्लेट लागू गर्न यातायात मजदुर संगठनहरूको माग १० भदौ, काठमाडौं । यातायात क्षेत्रमा क्रियाशील मजदुर संगठनहरूले पूर्ण तयारी गरेर मात्र ‘इम्बोस्ड नम्बर प्लेट’ अनिव...

काठमाडौँ । यातायात व्यवस्था विभागले चौतर्फी विरोधपछि तत्काल जरिबाना नलिने भन्दै इम्बोस्ड नम्बर प्लेट जडानलाई ‘स्वैच्छिक’ भने पनि १ असोजदेखि व्यवहारमा यसलाई बाध्यात्मक बनाउने व्यवस्था लागु गरेको छ ।...

लाहोर — छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दसौं हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सा...

दलित महिलाको ज्ञानबारे सामाजिक विमर्श गर्दै थिइन्, बादी र महिला आन्दोलनको प्रतिरोधकी प्रतीक उमादेवी बादी । उमादेवी आँखा मसिनो पार्दै फिस्स हाँस्दै भन्छिन्, ‘मेरो जीवनमा कहिल्यै यति धेरै प्राज्ञिक व...

पर्सा — वीरगन्जमा हैजाको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । मंगलबार साँझसम्म थप २१ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । योसँगै महानगरमा हैजा संक्रमितको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घन्टाको...