दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

ऋषिपञ्चमी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ऋषि पञ्चमीको पृष्ठभूमि
आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी हो। यो दिन विशेषगरी महिलाहरूले सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) लाई पूजा गर्ने गरिन्छ। ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ, र वेदिक सनातन परम्परामा महिलाको यौन तथा प्रजनन स्वास्थ्यको महत्व पनि त्यत्तिकै पुरानो छ।
महिलाहरूको महिनावारी अवस्थालाई चार देवीहरूको रूपमा व्याख्या गरिएको पाइन्छ:
पहिलो दिन: चाण्डालिनी, दोस्रो दिन: ब्रह्मघातिनी, तेस्रो दिन: धोबिनी, चौथो दिन: स्नान गरी शुद्धीकरण

के तपाईंलाई महिला स्वास्थ्य र महिनावारीबारे खुलेर कुरा गर्न समाज तयार छ जस्तो लाग्छ ?
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
या देवी सर्वभूतेषु दयारूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
अर्थ:
जो देवी सम्पूर्ण प्राणीहरूमा शक्ति, ज्ञान र दयाको रूपमा बिराजमान हुनुहुन्छ, उहाँलाई बारम्बार प्रणाम छ। हामी सम्पूर्ण सृष्टिमा व्याप्त नारी शक्ति रूपी देवीप्रति हार्दिक नमन गर्दछौं। महिनावारीलाई अस्पृश्यता र दोषको रूपमा बुझ्नु पुरातन ग्रन्थहरूको गलत व्याख्या हो। प्राचीन समयमा महिनावारीको समयमा महिलालाई आराम गर्न दिन खानपिन तथा भान्साको कामबाट विश्राम दिइन्थ्यो। तर पछि यो ‘छुने नहुने’ र ‘दोष’ को रूपमा व्याख्या गरियो, जुन गलत हो। महिलाको महिनावारी रगत नै सृष्टिको आधार हो, र सृष्टिको सार त्यहीँबाट उत्पन्न हुन्छ।
आज के गरिन्छ?
आजको दिन महिलाहरू बिहान स्नान र दैनिक क्रियाकलापपछि उपमार्ग (Upamarga) भन्ने विशेष जडीबुटी प्रयोग गरी दाँत माझ्ने र चपाउने गर्छन्। उपमार्ग नेपाली भूमिमा सजिलै पाइने वनस्पति हो, जसलाई संस्कृतमा रोगनाशक तत्व भनिन्छ। महिलाहरू १०८ वटा उपमार्गका टुक्राहरू प्रयोग गर्छन्। त्यसपछि माटोले शरीर दल्ने चलन छ। त्यसपछि नदी वा पोखरीमा स्नान गर्छन्। स्नानपछि, पञ्चभाग्य (दूध, दही, घ्यू, दुबो, कुश र गोरुको गोबर) लाई तामाको भाँडोमा राखेर एक-दुई थोपा सेवन गरिन्छ। यो पर्व महिलाको स्वास्थ्य, आत्मशुद्धि र शक्तिको सम्मान गर्ने पर्व हो।





सिजनको युइएफए च्याम्पियन्स लिगको लिग चरणको ड्र सार्वजनिक भएको छ। लिग चरणका लागि छनोट भएका युरोपभरका ३६ क्लबले लिग चरणमा खेल्ने आठ वटा प्रतिद्वन्द्वी तय भएको छ। युइएफएले गत सिजनदेखि सुरु गरेको नया...

कञ्चनपुर । सुदूरपश्चिममा बिहीबारदेखि गौरापर्व विधिवत् रूपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको बिहीबार पहिलो दिन घरघरमा विरुडा राखेर विधिवत् रूपमा सुरु भएको छ । पहिलो दि...
डडेलधुरा। डडेलधुराको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत ४२ वर्षीय गणेशबहादुर साउदको मृत्यु भएपछि मृ...

प्रत्येक पटक घर (गाउँ) जादा मलाई घर पुग्नुअगावै बाटैमा सोधिने प्रश्न हो– काठामाडौं कहिले फर्किने ? पृथ्वी राजमार्गको फिस्लिङदेखि मेरो घर तीन किमिको दुरीमा छ । तीन किमिको दुरीमा भेटिने धेरै जसोले यह...

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाई खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताएका छन् । धानसम्बन्धी अध्ययन अनुसन्धान ...

काठमाडौँ। प्रतिनिधिसभाले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही भदौ १९ पारित गर्ने कार्यतालिका तय गरेको छ । सभामुख देवराज घिमिरेले विभिन्न ...

मेल्लेख अछाम र कञ्चनपुर — मेल्लेख गाउँपालिका–५ कुस्कोटको अलानी गाउँकी १५ वर्षीया सुस्मिता नेपाली सिधा उभिन पनि नमिल्ने ढुंगाले छाएको, चुहिने छाउगोठमा हरेक महिना ६ दिन बस्छिन् । उनी बस्ने छाउगोठको ढ...

गण्डकी। पर्यटक आगमनमा वृद्धि भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ । एक्यापका अनुसार गत आवमा विदेशी पर्यटकबाट रु ४६ करोड ४८ लाख ८१ हजा...