दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

सूर्य षष्ठी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के हो सुर्यषष्ठी ?
हिन्दु सनातन दर्शनमा हरेक साना ठुला चाडपर्वलाई पनि निकै महत्त्व अनि धुमधामका साथ मनाइन्छ, दशैं, तिहार, रक्षा बन्धन, नागपञ्चमी लगायत थुप्रै चाडहरूको सूचीमा आउने एउटा चाड हो, सुर्यषष्ठी ।सुर्यषष्ठीलाई छठ या षष्ठीको दिन पर्ने भएकाले छठी पनि भनिन्छ, यस पर्व वर्षमा १२ पटक पर्न सक्छन्, भाद्र शुक्ल षष्ठीमा पर्ने सुर्यषष्ठीको आफ्नै महत्त्व छ ।
तृतीयाका दिन तिज, चतुर्थी मा गणेश चतुर्थी, पञ्चमीका दिन पञ्चमी व्रत पनि अब यी विशेष दिनहरूको लस्कर आएर षष्ठीका दिन ठोक्किएको हो, आजका दिन पनि कार्तिक मासमा झैँ सूर्यलाई अर्घ दिने, सूर्यको अर्चना गर्ने अनि सूर्यको प्रशंसाका लागि महत्त्व राख्दछ ।

व्रतहरूको लस्कर र सुर्यषष्ठी
पछिल्ला केही दिनहरूबाट नै व्रतका श्रृखलाहरु धमाधम रहिरहेका कारण यस सुर्यषष्ठीमा व्रतलाई उति महत्त्व दिइएको छैन, तिज, गणेश चतुर्थी अनि पञ्चमीको व्रत पछिको आजको विश्राममा सूर्य भगवानको कृपा एउटा सारथिका रूपमा मानिएको छ, प्रकाश र सत्यले साथ नछोडोस्, आजलाई यति कामना ।
मानवले देखेको सबैभन्दा ठुलो अनि जाज्वल्यमान कुरा नै सूर्य हो, सूर्य नै समग्र सृष्टिको श्रोत अनि तत्त्व रहेको मानिन्छ, यिनै सूर्यको अर्चना अनि उपासना गर्नका लागि आजको षष्ठीलाई विशेष मानिएको हो।
हरेक उदाउँदो अनि अस्ताउँदो सूर्यको हाम्रो जीवनउपर कृपा बनिरहोस् अनि सृष्टिको वृत्त चलिरहोस् ।


विश्व आणविक परिक्षण विरुद्धको दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व आणविक परीक्षण विरुद्धको दिवसको पृष्ठभूमि
सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्र सङ्घको ६५ औँ सभाले २९ अगस्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउने चलन सुरु गरेको हो ।राष्ट्र सङ्घको ६५ औँ महासभाको ३५औँ घोषणापत्रमा सन् १९४५ १६ जुलाई पश्चात् २००० भन्दा पनि बढी आणविक हतियारहरू परीक्षण भइसकेको उल्लेख गर्दै मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्न हरेक प्रकारको प्रयास गर्नुपर्छ भनेर तोके बमोजिम नै यस दिवसको सुरुवात भएको हो ।
के विश्वभर आणविक हतियार पूर्णरूपमा प्रतिबन्ध लगाउनुपर्छ ?
हतियारले सिमाना कहाँ बुझ्छ र ?
फलाना देशले आणविक हतियार प्रयोग अभ्यास गर्यो, आज फलाना देशले प्रयोग गर्यो भन्ने हामीले पनि देख्दै अनि सुन्दै आएका छौँ । आणविक हतियार वास्तवमा आफू पनि ध्वस्त हुने र अरूलाई पनि ध्वस्त पार्ने आत्मघाती कुरा हो । देशको सिमानाले बनाएको रेखा हतियारले कहाँ बुझ्छ र ? समग्रमा यो मानव सभ्यता तथा पृथ्वीको विनाशको डरलाग्दो स्वरूप हुन सक्दछ ।
कृष्ण, आइन्सटाइन र ओपनहाइमर
भागवत गीतामा कृष्णको वाक्य सापट लिँदै उनले अब म मृत्यु भने, स जगको विनाशको कारण भएँ भनेका थिए । आणविक हतियार बनाएपछि स्वयं त्यसका सर्जकहरू नै पनि पछुतो मानेको तथ्य त आइन्स्टाइन र ओपनहाइमरको भनाइ वाट नै स्पष्ट छ ।विकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरी आईन्सटाइनले किन यस्तो भनाई भने होला त ? आखिर विश्व विकासको यो पृष्ठभूमिलाई अनि सभ्यताको यो उचाइलाई किन गुमाउन सक्ने सम्भावना देखे त शताब्दीकै महान् वैज्ञानिक आइन्स्टाइनले ?
आखिर किन त विश्वको अस्तित्व धरापमा भएको जनाउ आइरहन्छ बेलाबेलामा
आउनुहोस् आजको दिन हामीले यो कुरा बुझ्न जरुरी छ । मानव सभ्यताको आधूनिकिकरणको अभ्यास सङ्गै घोडा, हात्तीको सवार गरी तरबार, धनुष वाण तथा ढालबाट युद्धहरू लड्न सुरु गरेको विश्वले क्रमैसँग बन्दुक, गोला, हवाई जहाज हुँदै आणविक हातहतियारका माध्यमले युद्ध लड्न थालेको इतिहास छ । दोस्रो विश्वयुद्धमै पनि जापानको हिरोसिमा र नागासाकीमा क्रूर आणविक प्रक्षेपण गरेपछि मात्र विश्वयुद्धले पूर्णविराम पाएको हो । स्मरण रहोस् हिरोसिमा र नागासाकीमा अझै पनि रुख बिरुवाहरू उम्रन नसक्ने भएको तथा आणविक हतियारका कारणले भएका विकिरणका कारण विभिन्न स्वास्थ्यलगायतका समस्या र दीर्घकालीन असरहरू अझै पनि छँदै छन् । सन् १९४५ को अगस्त ६ मा भएको यो आणविक प्रहारमा करिब २ लाख सर्वसाधारणको दुःखद मृत्यु भएको थियो ।





तनहुँ । आलु प्रवर्द्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिक टन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । ...

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभ...

नेकपा (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशनको तयारी स्वरूप आज केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकमा संयन्त्रका संयोजक भानु...

काठमाडौँ। वीरगञ्जमा थप ७५ जनामा हैजा पुष्टि भएको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ६९७ पुगेको छ । पछिल्लो तथ्यांक सार्वजनिक अनुसार संक्रमित बिरामीको सरकारी तथा निजी गरी १७ वटा स्वास्थ्य सं...

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा २ महिनाको अवधीमा विपद्मा परी ७ जनाको मृत्यु भएको छ । ३९ जना घाइते भएका छन् । २०८२ को जेठ १८ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो, चट्याङलगायतका घटनामा उक्त संख्यामा मानव...

काठमाडौं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कृष्णहरि शर्माको आज एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ ।

जेनेभा । रेडक्रसले १० लाखभन्दा बढी मानिस बेपत्ता भएको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । यो पाँच वर्ष पहिलेको तुलनामा करिब ७० प्रतिशतले बढी हो । बढ्दो द्वन्द्व, व्यापक आप्रवासन र युद्धका नियमहर...

जकार्ता। इन्डोनेशियामा राजधानी जकार्तासहित विभिन्न शहरमा विरोध प्रदर्शन चर्केको छ। सांसदहरूको भत्ता र शिक्षा बजेटलगायत विषयमा भइरहेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीको ...