
महालक्ष्मी व्रत आरम्भ
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
महालक्ष्मी व्रतारम्भ
क्षीरोदार्णवसम्भूता लक्ष्मीश्चन्द्र सहोदरा।
व्रतोनानेत सन्तुष्टा भवताद्विष्णुबल्लभा।।
अर्थात क्षीर सागरमा प्रकट भएकी लक्ष्मी, चन्द्रमा समान तेज भएकी माता र बिष्णु बल्लभा, मैले गरेको यस व्रतवाट सन्तुष्ट हुनुहोस् ।

के तपाईं यस वर्षको १६ दिने महालक्ष्मी व्रत बस्नु हुन्छ?
भाद्रपदको शुक्ल अष्टमी
आज भाद्रपदको शुक्ल अष्टमी, अर्थात अबको १६ दिनसम्म महालक्ष्मीको व्रतारम्भ हुँदैछ, यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखलामा सबैलाई स्वागत छ ।
१६ दिनको अर्चना
यी १६ दिनमा धन अनि ऐश्वर्यकी देवी महालक्ष्मीको अर्चना गरिन्छ, समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न यि लक्ष्मी देवीको शुभबिवाह भगवान बिष्णुसंग भएको हो । कमलको फूलमा विराजमान देवपी लक्ष्मीको हत्केलावाट हरेकवखत धातुका सिक्काहरु खस्दछन्, यि बिम्बलाई केलाएर हेर्ने हो भनें धनकी देवी कोमल मन अनि सहज उपस्थितीकी प्रतिमा हुन् । धनको पछि लागेको सकल संसारले लक्ष्मीमाताको सरलता र कोमतावाट धेरै कुरा सिक्नुपर्ने आवश्यक्ता छ । यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मीमाताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्दछ, धन र समृद्धिको दिर्घकालिनता मानव सेवा र सत्कर्ममा निर्भर हुन्छ, लक्ष्मीमाता पनि मानवसेवा अनि मानविय कार्यमा प्रसन्न हुनुहुन्छ ।
दुध, चन्दन र दुग्धजन्य पदार्थहरुले लक्ष्मीमाताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मीमाताको अर्चना गरिन्छ, यस १६ दिनका क्रममा सात मुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ ।
करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।
अर्थात हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु, , मेरो यस व्रत निर्विघ्न पूर्ण रहोस् ।


गौरा सप्तमी
Exclusive audio
सुन्न ट्याप गर्नुहोस्
गौरा पर्वको एउटा नयाँ आयाम
गौरा पर्वसँग आसन्न सप्तमी तिथिमा गौरा सप्तमीको विधि गरिन्छ । गौरा अर्थात् गौरी, यस पर्व माता पार्वती को पूजा आराधना गरी मनाइन्छ । पुरुषहरूले यज्ञोपवीत गरेर या व्रतबन्ध गरेर जनै धारण गरे झैँ महिलाहरूको पनि घाटीमा रातो धागोको डोरी धारण गर्न गौरा पर्व को महत्त्व छ। सामान्यतया गायत्री मन्त्र जनै धारण नगरीकन कसैले पनि जप नगर्नु भनिएको हुन्छ तर घाटीमा डोरी बाधेपछि महिलाहरूले पनि गायत्री जप्न पाउँछन् । एक हिसाबले हेर्दा यो पर्व द्वारा महिलाहरूको व्रतबन्ध गरेको मानिन्छ ।
गौरा सप्तमी
पुत्रदा एकादशीबाट गौरा अष्टमीसम्म चल्ने गौरा पर्वको मुख्य पर्व दिन अर्थात् अष्टमीको एक दिन अगाडि सप्तमी परेको छ ।
गौरा सप्तमीमा के के गरिन्छ ?
महिलाहरूले आफ्नो घाटीमा "सप्तन्ने" डोरी (एउटा धागो मा दुबो राखेर सात गाँठो पारेर बनाएको डोरी) धारण गर्छन् । पुराना व्रतालुहरु र नयाँ व्रतालुहरूको विधि फरक रहन्छ, नयाँ ब्रतारी या व्रतालु वा जसको पहिलो पटक घाटीमा (दुईधागो ) अर्थात् डोरी बाँधिन्छ त्यस व्रतालुले रात परेपछि गौरा देवी को मूर्ति स्थापना गर्न खेतबाट धानको बोट लिएर देउघर भित्र राख्छन् । अनि ब्राह्मण द्वारा पूर्वाङ्ग पूजा गरी गौरा को मूर्ति बाट अभिषेक गराउँछन् (दुईधागो )डोरी को अभिषेक गरेर जम्मै डोरी हरु गौरा देवी को मूर्ति वरिपरि बाँधिदिन्छन् ।
यसका साथै अब गौरा अष्टमी अर्थात् मुख्य गौरा पर्वको तयारी पनि धूमधामसँग चल्दछ । भोलिको दिन विशेष लेखमा गौरा पर्वका सबै जानकारी लिएर आउने छौँ, नबिराउनु होला ।


विश्व बेपत्ता विरुद्धको दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
२१ डिसेम्बर सन् २०१० मा, संयुक्त राष्ट्र सङ्घको महासभाले आफ्नो प्रस्ताव ६५ र २०९ मार्फत विश्वका विभिन्न क्षेत्रहरूमा गिरफ्तारी, नजरबन्द र अपहरण सहित लागू वा अनैच्छिक बेपत्ताको वृद्धिको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ता, र बेपत्ता भएका साक्षी वा बेपत्ता व्यक्तिका आफन्तहरूलाई उत्पीडन, दुर्व्यवहार र धम्की दिने रिपोर्टहरूप्रति जबाफदेहिता बढाउने अभिप्रायले यस दिवसको श्रीगणेश गरेको हो ।
जबरजस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ३० मा बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्मान र श्रद्धाञ्जली दिन मनाइन्छ। विश्वव्यापी सङ्गठनहरू संयुक्त राष्ट्र र एमनेस्टी इन्टरनेशनलले यो दिवसलाई जबरजस्ती बेपत्ता पार्ने अपराध हो र द्वन्द्वको अवस्थालाई उपकरणको रूपमा प्रयोग गर्नु हुँदैन भन्ने बारे जागरूकता बढाउन यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घ महासभाको प्रस्ताव
संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्तको कार्यालयको तत्त्वावधान संयुक्त राष्ट्र सङ्घले महासभाको प्रस्ताव नं।४७१३३ मार्फत १८ डिसेम्बर १९९२ मा बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिको बचाउ गर्ने सम्बन्धी एक महत्त्वपूर्ण दस्ताबेजको रूपमा घोषणापत्र नै जारी गरेपछि जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्यका विरुद्ध औपचारिक बहसको थालनी भएको हो । अझ संयुक्त राष्ट्रसङको महासभाको प्रस्ताव नं ६१ र १७७ द्वारा बलपूर्वक बेपत्ता पारिनबाट सबै व्यक्तिहरूको संरक्षण गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई २० डिसेम्बर सन् २००६ मा जारी गरे पछि त अन्तर्राष्ट्रिय स्तरमै बेपत्ता पार्ने कार्यको रोकथाम र पीडितको सत्य, न्याय र परिपूरणको अधिकारलाई कानुनद्वारा नै सुनिश्चितता प्रदान गरिएको छ ।
नेपालमा सङ्क्रमणकालीन न्याय
नेपालमा पनि दशकौँ लामो द्वन्द्वका क्रममा हजारौँ मान्छे बेपत्ता भएको तथ्याकं छ तर युद्ध बिरामको आधा दशक भइसक्दा पनि न्यायको उद्घाटन हुन नसक्नु असाध्यै दुक्खदायी छ । अन्तर्राष्ट्रियरुपमा मानव अधिकारमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समिति जस्ता संस्थाले नेपालमा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिबारे विश्वव्यापी रूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन् ।
दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।





वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताएका छन्। शनिबार अबेर राति वीरगन्जको नारायणी अस्पतालमा है...

कञ्चनपुर। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वको तेस्रो दिन आज गौरादेवीलाई घरमा भित्र्याइएको छ । आज व्रतालु महिलाले नजिकैको खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिन...

काठमाडाैँ । खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनमार्फत धम्की दिएको आरोपमा वीरगञ्जकी टिकटकर किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री ...

काठमाडौं : यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको दाबी गरेका छन्। इजरायल प्यालेस्टाइनबीच गाजामा जारी युद्धका दौरान यो उनीहरूको सबैभन्दा ठूल...

बाँके, बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका सर्पदंशका विरामीलाई उपचारका लागि ल्याउने गरिएको नेपालगन्जस्थित भेरी अस्पताल सर्पदंशको उपचारमा अब्वल सावित भएको छ । सर्पदंशको उपचारलाई प्रभावकारी बनाउँदै...

काठमाडौँ — भारतमा ५० प्रतिशत ट्यारिफ (भन्सार कर) लागु गरेसँगै चौतर्फी आलोचना भइरहादा अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको भन्सार दर अवैध ठहर गरेको छ । अन्तर्राष्ट्रिय सञ...

सुनसरी – वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशन गुप्ताले च्याउखेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्दै आएका छन् । विसं २०७७ देखि व्यावसायिक च्याउखेती स...

‘क्यान्भास’मा काठमाडौं वडा नं २२ का सम्पदा १४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–२२ मा रहेका सम्पदालाई ‘क्यान्भास’मा उतारिएको छ । सम्पदालाई संरक्षण र प्रवर्द्धन गरी जीवन्त राख्ने उद्देश्यका साथ...