दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

फूलपाती
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
फूलपातीमा के गरिन्छ ?
आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ ।फूलपाती भित्र्याउने उत्तम साइत भने बिहान ७ बजेर १७ मिनेट रहेको छ।
गोरखा दरबारमा फूलपाती
नेपाल एकीकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँहरूमा रहेका महत्त्वपूर्ण शक्ति पीठहरूमा पुर्याउने चलन थियो । नेपाल एकीकरणदेखि नै एकता र सांस्कृतिक प्रतीक गोर्खा जिल्लासँग नेपालीको पहिचान जोडिएको छ । तसर्थ, गोरखाको फूलपाती विशेष हुने गर्दछ । काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।
लोकतन्त्र आगमनपछि यो ऐतिहासिक चलनलाई निरन्तरता नदिए पनि थोरै फूलपाती भए पनि मोटरसाइकलमा काठमाडौँसम्म ल्याइने गरिएको स्थानीय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तब मात्र फूलपाती भित्राउने चलन छ ।

फूलपातीको परम्परामा तपाईंलाई कुन पक्ष सबैभन्दा रोचक लाग्छ ?
फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरबारका कर्मचारीहरू सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती सङ्कलन गर्न निस्किन्छन् । यसरी सङ्कलन गरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सती पिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ ।
उक्त फूलपातीलाई विशेष मौलिक सिँगार पटार गरेर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ । दरबारबाट आएका विशेष टोलीहरूले बाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रा गरेर फूलपाती दरबार भित्राउने चलन छ ।
यस्तो शोभा यात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरू उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपाती काठमाडौँ ल्याएपछि नेपाली सेनाको एक टुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन छ ।


विश्व मुटु दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।
ल है ! आफ्नो मुटुलाई छामौँ र बिचार गरौँ कत्तिको मुटुमैत्री जीवनशैली हामीले अपनाएका छौँ रु हाम्रो परिवार अनि समुदायका सदस्यहरूको मुटु पनि स्वस्थ बनाउन हाम्रो जिम्मेवारी पनि बिचार गरौँ, जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त । विश्व मुटु दिवस २०२५ को नारा "Don't Miss a Beat" यो नाराले मुटु स्वास्थ्यप्रति ध्यान दिनुपर्ने कुरा स्मरण गराउँछ, किनकि मुटु रोगका कारण हामी वा हाम्रा प्रियजनहरूले गुमाउने अनमोल क्षणहरू र जीवनका अनुभवहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । मुटु रोग विश्वकै प्रमुख मृत्युको कारण बनेको छ।
सबैको हृदयको गति जवान होस्, स्वस्थ हृदयभित्र सद्भाव र सबैको माया होस् । विश्व मुटु दिवसको शुभकामना




काठमाडौं- लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो ।
काठमाडौँ — नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० को अविजित अग्रतासँगै जितेको छ । नेपालले यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा सोमबार भएको दोस्रो खेल...
नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० सिरिज एक खेल अगाडि नै जितेको छ । यूएईमा जारी सिरिजको पहिलो खेलमा १९ रनको जित निकालेको नेपालले दोस्रो खेलमा ९० रनको सानदार जित निकाल्दै एक खेल अगाडि नै स...
काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको युनिटी टी-२० सिरिज एक खेल अघि नै जितेको छ । सोमबार राति युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गरेको हो ।
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक अजयभद्र खनाल नियुक...
काठमाडौं । वेस्ट इन्डिजलाई लगातार खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी(२०आई शृंखला एक खेल अगावै जितेको छ । नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ र...
वेस्ट इन्डिजविरूद्धको टी-२० खेलमा नेपालले दोस्रो खेलमा शानदार जीत निकालेको छ। आइसिसीको पूर्ण सदस्य रहेको वेस्ट इन्डिजसँग नेपाल ९० रनले विजयी बनेको हो। यो सिरिजमा नेपालले लगातार दोस्रो पटक जित निक...
काठमाडौं । 'यूनिटी कप' अन्तर्गत यूएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेलमा नेपालले ९० रनको जित हात पारेको छ। पहिलो इनिङ्समा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो।...