

विश्व रेबिज दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
रेबिज के हो ?
रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ जस्ले जनावरहरुको शरीरमा प्रवेश गरेपछि रेबिज गराँउदछ ।
हामीमध्ये धेरैलाई रेबिजको बारेमा थाहा छ होला र रेविज मानव सभ्यतासंगै धेरै अगाडिदेखि देखिएको रोग हो । उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेको नोटमा पनि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य उल्लेखित छ । रेविज लागेको अर्थात् रेविड जनावरहरुको र्यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्छ ।
कृषी अनि जनावर पालन मानव सभ्यताका नितान्त नियमित क्रमहरू हुन र जनावरसगको संसर्ग अनि जनावरको वाक्लो उपस्थिती भएका वस्ति, समूदाय र संस्कारमा २० सौं शताब्दि अगावै रेविजको संक्रमण एकदमै धेरै देखिएको थियो । २०औँ शताब्दीको शुरुवातसंगै विकसित देशहरु र रेविजले धेरै प्रभावित मध्य यूरोपमा रेविजको संक्रमण नाटकीय रुपमा कम हुँदै गयो । जसको मूल कारण जनचेतना र रेविज विरुद्धको खोप नै हो । अब विकसित देशहरुमा रेविजको संक्रमण नगण्य छ तथापि हाम्रो जस्तो विकासोन्मुख देशमा रेविजको संक्रमण छिटपुट रुपमा भएपनि देखिंदै, सुनिदै आएको छ । नेपालका मुख्य मुख्य शहरहरु लगायत शक्तिकेन्द्र राजधानी मा समेत छाडा कुकुरहरु हरेक चोक र चौराहमा पाइन्छन । यी कुकरहरुको अब्यवस्थित उपस्थितीले मान्छेलाई टोकेर घाइते बनाउने त्रास र त्यो संगै रेविज संक्रमणको संभावना पनि उत्तिकै बढाएको छ ।
तपाईंले आफ्नो घरपालुवा जनावरलाई रेबिज विरुद्धको खोप लगाउनुभएको छ?
रेबिज दिवसको पृष्ठभूमि
सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । तपाईं-हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनिहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु अावश्यक देखिन्छ । यसरी संसारभर रेविज रहित समाजको स्थापनार्थ एकताकालागि भेला हुने मान्छेहरु सबैजना तपाई-हामी जस्तै हुन् । यो संक्रमणको जोखिममा हामी जो कोही पर्न सक्छाैं, तसर्थ ध्यान पुर्याउन जरुरी छ । आजको दिन रेविजबाट हुनसक्ने सक्रमण संभावना अनि स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधी सम्बन्धमा हामीसबै संगै भएर जागरुक भएमा रेविजलाई संसारबाटै उन्मूलन गर्न सकिन्छ ।
सेप्टेम्वर २८ विश्वभरि 'रेबिज विरुद्धको दिवस'को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।
सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि इञ्जेक्शनलाई अझै सहज रूपमा उपलब्धताकालागि सम्बन्धित निकाय र सरोकारवालाहरूले ध्यान दिन जरूरी छ ।
२०२५ को विश्व रेबिज दिवस को नारा "Act Now: You, Me, Community" ले संकेत गर्छ कि रेबिज रोकथामका लागि व्यक्तिगत, पारिवारिक र सामुदायिक सबैको तत्काल र साझा प्रयास आवश्यक छ।


International Day for Universal Access to Information
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
सूचनामा पहुँचको महत्त्वलाई मान्यता दिँदै ७५ औं संयुक्त राष्ट्र महासभाले अक्टोबर २०१९ मा संयुक्त राष्ट्र स्तरमा सूचनामा विश्वव्यापी पहुँच को लागि सेप्टेम्बर २८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको हो ।
सूचना र विकास
सूचनामा सबैको पहुँच भएमात्र मानव जातिको विकास सम्भव छ भन्ने सोचले सर्वप्रथम फिनल्याण्ड र स्विडेनले सन् १७६६ मा आफ्नो संविधानमा सूचनाको आदान प्रदान गर्ने भनि उल्लेख गरिएको थियो । यो युगान्तकारी परिवर्तन ल्याउने सोचले गर्दा नै अहिले संसारको कुना कन्दरामा भएका मानिसले चन्द्रमाको खबर थाहा पाएका छन्।
सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिले हामि समान र पारदर्शी समाजमा बस्न सक्नेछौ। विशेषगरि शिक्षामा सबैको सरल पहुँच बनाउन र अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको समान पहुच हुन अति आवश्यक मानिन्छ । शिक्षामा सूचना प्रविधिको पहुच नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना पुरा नहुने निश्चित छ ।अहिले नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र सञ्चालनमा लगानी बढाउन, यस क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न आवश्यक रहेको बुझेर यसमा जोड दिइरहेको छ।
सन् २०३० सम्म सूचनाको पहुचलाई थप प्रभावकारी ढङ्गले व्यबस्थित गराएर एउटा पारदर्शी समाज बनाउने अभियान मा "UNESCO" कार्यरत छ। सूचनाको पहुच नभई कुनै पनि मानिस लै जुनै सुकै निर्णय पनि लिन सक्दैन। यो महत्वपूर्ण दिनको हामि सबैलाई शुभ कामना ।
अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस २०२५ को नारा "Ensuring Access to Environmental Information in the Digital Age" यसले मानिसहरूले सजिलै अनलाइन वातावरणीय जानकारी प्राप्त गर्न सकुन् र सचेत निर्णय गरी दिगो भविष्यको लागि पारदर्शिता सुनिश्चित गर्न सकून् भन्ने महत्वलाई उजागर गर्दछ।
दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।





काठमाडौँ। गत भाद्र २३ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले परिचयपत्र वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार गृह मन्त्रालयबाट तयार भएका घाइते परिच...

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाट जस्ता घटनामाथि अनुुसन्धान नगर्न गृहमन्त्रालयले जारी गरेको निर्देशनप्रति नेपाल बारले आपत्ति जनाएको छ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ। मोटरसाइकलमा जाजरकोटबाट सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेतमाथि छेडागाड नगरपालिका–५ चखेलीस्थित सडक खण्डमा चार–पाँच जन...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सशुराली घर तथा आरजु राणाको भाइ भूषण राणाको जावलाखेलमास्थित घरमा प्रहरीले छापा मारेको छ। सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (स...

काठमाडौं– नेपाल बार एसोसिएसनले गृह मन्त्रालयले यही असोज ९ गते गरेको निर्णय त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा गृह मन्त्...

‘जेनजी’ प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न कार्यदल गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो । कार्यदलम...

१२ असोज, काठमाडौं । चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौं उपत्यकामा ६ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक...
काठमाडौं। एसीसी एसिया कप–२०२५ को फाइनलमा पाकिस्तानले भारतलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा आएको पाकिस्तान १९.१ ओभरमा सबै वि...