दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

विश्व हुलाक दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
विश्व हुलाक दिवस हरेक वर्ष ९ अक्टोबरमा, स्विस राजधानी, बर्न मा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको संझनामा मनाइन्छ।
आजभन्दा सवा दुई सय वर्ष अगाडी सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक सङ्घको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन सुरु गर्ने औपचारीक घोषणा गरिएको थियो । सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट शुरुभएको हो, मुगलान अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरूको सम्मान गाउँमा बेग्लै हुन्थ्यो ।

धेरै परसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरूले आफ्नो जिवनकालनै बिताएका छन्, आज उनीहरूको सम्झना गर्ने दिन पनि हो । गाउँघरमा राती बस्दा हुलाकीहरूलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनीहरू त्यति वेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात् हुलाकीहरू पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटेल हरू नभएका त्यतीबेलाको नेपालमा हलकारा अर्थात् हुलाकीहरू लाई प्रथम ग्राहयता सहित बसाइन्थ्यो । मान्छेहरूले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र हरहिसाब गर्दा गर्दथे, सुस्तरी समाजको अवयवहरू परिवर्तन त भएको हो तर संरचना बिलकुलै उस्तै छ ।
आजको पुस्ताले हुलाक सेवाको मूल्य बुझ्छ भन्ने तपाईंलाई लाग्छ?
हुलाक कार्यालयहरूले एकताबद्ध र समावेशी समुदायहरुको श्रृजनामा महत्त्वपूर्ण भूमिका खेल्छन्। आजपनि बिश्वभरि ५० लाख भन्दा बढी हुलाक कर्मचारीहरूले सन्देश, उपहार र सामानदेखि लिएर पैसा र औषधिसम्म विभिन्न प्रकारका अत्यावश्यक र व्यक्तिगत वस्तुहरू तोकिएको ठाँउमा सुम्पने काम गर्दछन् । यस वर्षको विषयवस्तुले शताब्दीयौंदेखि विकसित भएको हुलाकको व्यापक भौतिक सञ्जाललाई पूरा गर्ने डिजिटल गर्दै एकल हुलाक क्षेत्रको विकासमा सहयोग गर्न सरकार र उनीहरूका हुलाक सेवाहरूलाई आग्रह गर्दछ।
विश्व हुलाक दिवसको सबैलाई शुभकामना, इतिहास बोकेको यो सेवालाई हामीले जगेर्ना गर्न र आँउदो पुस्ताहरुलाई बताउन जरुरी छ , कि कसो ?


विश्व दृष्टि दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
नेपालीमा आँखा, संस्कृतमा चक्षु या नयन, अङ्ग्रेजीमा आई, लगायत थुप्रै नामहरू दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोस्रो बिहीबार विश्वभरि दृष्टि दिवस मनाइन्छ ।
पृष्ठभूमि:
हामीले देख्ने हिमाल, हरियाली, रङ्गहरू, अनुहार अनि तिनका आकार, मुस्कानका प्रकृति अनि फरक र समानता दृष्टिविहीन साथीहरूका लागि अनुभव गर्न तुकविहीन नै हुन्छ । थोरै विश्वव्यापी तथ्याङ्कको सारांश लिऊ, विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । स्मरण रहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् ।
विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।





मकवानपुर। बागमती प्रदेशमा मनसुनजन्य विपद्को व्यवस्थापन तथा राहत र पुनःस्थापनाका लागि सात विषयगत मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।

काठमाडौँ । नेपाली चलचित्र निर्माता तथा निर्देशक दीपकराज जोशीले नेपालको राजनीतिमा कुनै पनि चमत्कारिक नायकको उदय सम्भव नभएको बताएका छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालको राज...

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी युवाहरूले चाहेको परिवर्तनलाई लिएर राजनीतिक दलहरूले आफूलाई सुधार गर्न जरूरी भएको बताएकी छन्। जेन–जी आन्दोलन एक महिना पुगेको अवसरमा बिहीबार राति भिडिओ सन्देश जार...
काठमाडौं । विराटनगर किंग्सले कोसी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोसी प्रदेशका पाँच जिल्लाहरू झापा...

नेपाल प्रहरीका चार डीआईजीको एआईजीमा बढुवा २३ असोज, काठमाडौं । सरकारले नेपाल प्रहरीका चार डीआईजीको एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चत...

काठमाडौँ- एक संघर्षशील उद्यमीको कथामा आधारित जीवनी ‘रेलवे म्यान्स् सन’ नेपालमा लोर्कापण भएको छ ।

काठमाडौँ - स्थानीय युवा तथा सामाजिक अन्तरक्रियावादी अनिल हुमगाईंले राजनीतिक नेतृत्वप्रति कडा आलोचना गर्दै सार्वजनिक पत्रमार्फत आफ्नो असन्तोष व्यक्त गरेका छन्। हुमगाईंले विशेष गरी प्रतिनिधि संजीव ढक...

काठमाडौं : माइतीघरबाट पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको पाइएको छ। जिल्ला प्रहरी परिसरले बिहीबार प्रदर्शनका क्रममा पक्राउ गरेका डा. निकोलसले गाँजा सेवन गरेको पाइएको हो। परिसरका प्रवक...