मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ। समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उभिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरी विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्त्व र प्रासङ्गिकतालाई कसरी प्रभाव पार्दछ भनी बुझ्नको लागि संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउन सुरु गरेको हो।

आजको समयमा विज्ञानको मुख्य लक्ष्य के हुनुपर्छ?
अहिलेको समाजका नागरिकहरूलाई विज्ञानको उन्नति प्रगतिको बारेमा सूचित राख्न पनि संयुक्त राष्ट्र सङ्घ, समाजलाई विज्ञानको सँगसँगै या भनौँ धेरै भन्दा धेरै नजिक राखेर अघि बढ्न चाहन्छ। आजको दिवसले जना समुदायमा वैज्ञानिकहरूले हाम्रो समाजको हितको लागि गर्ने उल्लेखनीय योगदानहरूको पनि व्याख्या गर्दछ। त्यसबाहेक, देशहरू बिच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बढवा गर्नु, समाजको लाभको लागि विज्ञान उपयोगमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताको नवीकरण गर्नु, विज्ञानले सामना गरेको चुनौतीहरूमा ध्यान आकर्षित गर्नुको साथसाथै वैज्ञानिक प्रयासको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्यहरू हुन्।
सन् २००१ मा यूनेस्को द्वारा यस दिवसको सुरुवात भएपछि थुप्रै वैज्ञानिक परियोजना तथा कार्यक्रमहरू सफल भएका छन्, जसलाई विश्वका थुप्रै देशहरूले यूनेस्कोकै पहलमा वित्तीय सहयोग समेत गरेका हुन्। युद्ध ग्रसित क्षेत्रको चपेटामा परेका वैज्ञानिकहरूको विश्वका अरू वैज्ञानिक सङ्गठन सँग तालमेल मिलाउने कार्य पनि आजको दिवसको एउटा उद्देश्य रहेको छ।






लुम्बिनी — बल्ल पखेटा तान्न सिकेका आकर्षक बचेरा माउको अघिपछि गर्दै आहारा टिप्न सिक्दैछन् । विश्वकै दुर्लभ पन्छी सारसका बचेरा हुर्किएर अहिले उड्न सक्ने भएका छन् । मिहनेत र संघर्ष गरेर सारसले हुर्का...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अनन्त तामाङले राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाउनुलाई भाग्य र देशप्रतिको समर्पणको प्रतीक बताएका छन्। तर, उनले आफ्नो राष्ट्रिय टोलीको सहभागितालाई मात्र ...

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका तीन जना पुरुषलाई ४० घण्टाभन्दा बढी समयपछि समुद्रबाट उद्धार गरिएको छ। ‘उनीहरूलाई समुद्रको लहरबाट सुरक्षित रूपमा निकालिएको छ,’ एक उद...

भक्तपुर । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा सूर्यविनायक–८ स्थित प्रहरी वृत्त जगाती र चाँगुनारायण–७ को प्रहरी प्रभाग खरिपाटीमा तोडफोड तथा आगजनी गरेको अभियोगमा तीन जनालाई आज प्रहरीले पक्र...

२४ कात्तिक, काठमाडौ । चार वर्षअघि पार्टी फुटाउन माधवकुमार नेपालको हात समातेकी नेतृ रामकुमारी झांक्री नेकपा एमालेमा फर्किएकी छन् । झांक्रीसहितका नेताहरूलाई स्वागत गर्न एमालेले राष्ट्रिय सभा गृहमा आ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा मुख्यमन्त्रीको तत्काल कार्यालय नभएको र कार्यालय जलेको अवस्थाका कारण आफुले पदभार ग्रहण नगरेको बताउनुभएको छ । उहाँले जेनजी पुस्ताक...

पाल्पा — पाल्पाका दुई दर्जन गाउँबस्ती अझैसम्म आधारभूत सञ्चार सुविधाबाट वञ्चित छन् । निस्दी गाउँपालिकाको मित्याल, गल्धा, झिरुवास, सहलकोट, ज्यामिरेका दर्जन बढी गाउँमा अझै पनि टेलिकमको सेवा पुगेको छैन...

काठमाडौँ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित श्री स्वर्णान्तराल आधारभूत विद्यालयको नयाँ भवन निर्माणका लागि सोमबार भर्चुअल माध्यमबाट शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। भारत सरकारक...