मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय पर्वत दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हामी नेपालीको पहाड, हिमाल तथा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि गहिरो सम्बन्ध, विश्वास र सम्मान रहँदै आएको छ। नेपाल ‘पर्वतहरूको राजधानी’ भनेर पनि चिनिन्छ। त्यसैले विश्वले मनाउने ११ डिसेम्बरको विश्व पर्वत दिवस हाम्रा लागि विशेष रूपमा महत्त्वपूर्ण छ।

तपाईंको विचारमा, नेपालको हिमाली क्षेत्रको जैविक विविधता जोगाउन सबैभन्दा महत्वपूर्ण कदम के हो?
हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरूले हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरूबाट नै आउने कलकल बग्ने खोलाहरू हुन् या समुद्रबाट उडेको बादल गएर हिमालहरूमा ठोक्किएर पर्ने पानी किन नहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अति आवश्यक छ ।
नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ ।
तर, यही समयमा हामीसँग चिन्ता र चुनौतीहरू पनि बढेका छन् । विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनि लोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।
“Glaciers matter for water, food and livelihoods in mountains and beyond” भन्ने २०२५ को अन्तर्राष्ट्रिय पर्वत दिवसको नाराले हिमनदीहरूको महत्वलाई विशेष रूपमा उजागर गर्छ। हिमनदी पग्लँदा पहाडदेखि तराईसम्म पानीको आपूर्ति प्रभावित हुन्छ, कृषि उत्पादनमा गिरावट आउन सक्छ, र पहाडी समुदायको दैनिकी जोखिममा पर्न सक्छन्। त्यसैले हिमनदी संरक्षण केवल पहाडका लागि मात्र होइन, समग्र जीवन, प्रकृति र भविष्यका पुस्ताका लागि अत्यावश्यक छ।
चुनौतीहरूबाट हाम्रा हिमालहरू जोगाऔँ । सबैमा शुभकामना ।






बाँके । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूले विकास निर्माण एवं जनताका पक्षमा केही पनि काम गरेनन् भनेर भ्रम सिर्जना गरिएको बत...

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार चीनबाट प्रक्षेपण गरिएको छ।

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गैरआवासीय नेपाली संघले सञ्चालनमा ल्याउन लागेको विकास कोषका लागि विद्यमान नियमावली आवश्यकताअनुसार परिमार्जन गरिने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेप...
२५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन सम्झनलायक रहेको थिएन । लुम्बिनी लायन्स टिमल...
काठमाडौं। लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ। आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गरेर लुम्बिनी फाइनलमा पुगेको हो। लुम्बि...
नेपालका बक्सर चन्द्र थापामगरले आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य जित्नुभएको छ । संयुक्त अरव इमिरेट्स (युएई) मा जारी च्याम्पियनसिपको सेमिफाइनलमा चन्द्र बिहीबार काजकस्तानका खे...

सरकार र ‘जेन–जी जनआन्दोलन’ का प्रतिनिधिहरूबीच भएको १० बुँदे सहमतिले आधिकारिकता पाएको छ। नेपाल सरकारले उक्त सम्झौतालाई नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरि...

संसद् पुनःस्थापनाले देशलाई फेरि अर्को द्वन्द्वमा धकेल्न सक्छ : राजेन्द्र पाण्डे १ दिन अघि गोरखा : बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले संविधान...