मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो ।
विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ ।मानव अधिकार खासमा एउटा मानिसको जन्म भए पछि उसले पाउनु पर्ने अधिकारहरु हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्छन् |

तपाईंको समुदायमा सबैभन्दा बढी कुन क्षेत्रमा मानव अधिकार सुनिश्चित हुन सकेको छैन?
मानव अधिकार घोषणापत्रका आधारभूत विषयहरु के के हुन् त ?
आउनुहोस्, हाम्रो पात्रोमा यसबारे चर्चा गरौँ
यस मानव अधिकार घोषणापत्रले हामी सबैलाई सशक्तिकरण गर्दछ
मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ
हाम्रो साझा मानवता बिश्वबन्धुत्वको जरामा आसिन छ
समानता, न्याय र स्वतन्त्रताले मात्र द्वन्द्वलाई रोकेर शान्ति स्थापना गर्दछ
जहाँ जहिले मानवीय मूल्यमाथि आक्रमण हुन्छ, हामी सबै जोखिममा हुन्छौँ
आफ्नो र अरुको लागि आवाज उठाउने गरौँ

कहिलेकाहीँ त यस्तो लाग्छ, विश्वभर भइरहेका विभिन्न घटनाहरु कुनै ढुंगाको मन भएका व्यक्तिहरुले गराइरहेका छन्, मानौं हाम्रो मानवता पूर्णरुपमा मरिसकेको छ ।
मानव अधिकारको पूर्ण सुनिश्चितता विकासको आधार हो, हाम्रो समाज समुन्नत हुने खुड्किलो हो । आजको दिन हामीले आफ्नो तर्फबाट पनि मानव अधिकार उल्लंघनका
कदम नचाल्ने संकल्प लिऔँ । मानव अधिकार दिवसको शुभकामना ।
यस वर्ष अर्कोथात् २०२५ को नारा “Our Everyday Essentials” ले मानव अधिकार हाम्रो दिनचर्यामा कति महत्वपूर्ण हुन्छ भनेर दर्शाउछ। मानव अधिकार पनि हामीले हरेक दिन महसुस गर्ने मर्यादा, स्वतन्त्रता, समानता र सुरक्षा जस्तै सरल कुराहरू हुन्। अहिलेको जस्तो अनिश्चित समयमा, यो नाराले मानव अधिकारलाई टाढाको भावनाको रूपमा नभई दैनिक जीवनको आवश्यक आधारको रूपमा देखाउँछ ।





काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम काठमाण्डू गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाईले लुम्बिनी लायन्सविरुद्धको पावर प्ले योजनाअनुसार नभएको प्रतिकृया दिएका छन् । मुख्य प्रशिक्षक देसाईले ब...

काठमाडौं । जेनजी प्रतिनिधि र नेपाल सरकारबिच सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की...

बालबालिकाको संरक्षण तथा सशक्तिकरणका लागि विभिन्न खालका ऐन कानुनको निर्माण भए पनि कार्यान्वयनको अवस्था प्रभावकारी नभएको कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा ...

बिहीबार विश्व पर्वत दिवस ! सन् १९९२ मा रियो द जेनेरियो ब्राजिलमा संयुक्त राष्ट्रसंघले विकास र वातावरणसम्बन्धी अन्तर्राष्टिय सम्मेलन आयोजना गर्यो । सम्मेलनमा ‘खस्कँदो पर्यावरणको व्यवस्थापन : पहाडको...

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले नेताहरुले महाधिवेशनको सन्दर्भमा आफ्नो नाम गलत ढंगले प्रयाग गरेको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौं। भारतको राजधानी दिल्लीमा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सुरु गरेको “स्वस्थ महिला स्वस्थ राष्ट्र” अभियानले सार्वजनिक स्थानको उपयोगमा नयाँ अभ्यास परिचय गराए...

काठमाडौं । नेपाल बार एसोसिएसनको मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले जेनजी आन्दोलनपछिको उत्पन्न परिस्थिति, निजी सम्पत्तिसहित मानवअधिकारको रक्षा, आन्दोलनका क्रममा र आन्दोलनप...

काठमाडौँ। सरकार र जेनजी समूहबिच बुधबार सम्पन्न १० बुँदे सम्झौताप्रति असन्तोष व्यक्त गर्दै जेनजी आन्दोलनका अभियन्ता मिराज ढुङ्गगनाले सहमतिले आन्दोलनका मूल आवाज र मागहरूको उचित प्रतिनिधित्व गर्न नसके...