२०८२ मंसिर ४ का समाचार
नवेम्बर २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: त्रिपक्षीय रणनीतिमा एमाले, आन्तरिक खिचातानीमा कांग्रेस
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. त्रिपक्षीय रणनीतिमा एमाले नेताहरूको यस्तो जबाफले एमालेका समर्थक, शुभचिन्तक र ...

जेनजी अभियन्ता मिराज ढुङ्गनाको कार्यलयमा आक्रमण
काठमाडौँ । जेनजीका अभियन्ता मिराज ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले घटनाबारे जानकारी दिँदै आफूहरूलाई लक्षित गरी कार्यालयमा आक्रमण...

लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु
सिरहा । यहाँको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्याससँगै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृ...

नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा स...

जलवायु सम्झौताका लागि दबाब दिन लुला बेलेममा
बेलेम। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा संयुक्त राष्ट्रसङ्घको जलवायु वार्तामा शीघ्र सम्झौतामा पुग्न वार्ताकारहरूलाई दबाब दिन बुधबार बेलेम आइपुगेका छन् । कोप ३० आयोजक ब्राजिलले अमेज...

चीनको प्रमुख व्यापार साझेदार पुनः जर्मनी
फ्र्याङ्कफर्ट । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर वृद्धि नीति सुरु गरेपछि जर्मनी चीनको शीर्ष व्यापारिक साझेदारको रूपमा आफ्नो पुरानो हैसियतमा फर्केको चीनको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखा...

बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
करिब ६० अर्ब डलरको भारतीय बलिउड उद्योग अहिले गम्भीर विश्वसनीयता सङ्कटमा परेको छ । उद्योगभित्रका जानकारहरूका अनुसार हेरफेर गरिएको फिल्म समीक्षा, फुलाइएका बक्स अफिस तथ्याङ्क र नक्कली टिकट बिक्रीका दा...

भारतको सहयोगमा निर्मित विद्यालय एवं छात्रावास भवन उद्घाटन
काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित प्यूठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित दाङवाङ माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको उद्घाटन गरिएको छ । भारतीय दूतावास, काठमाडौँका काउन...

एकदुई हप्तामै राहदानी सेवा सरल हुने
काठमाडौँ । राहदानी विभागले एक दुई हप्तामा राहदानी सेवा सरल हुने जानकारी गराएको छ । विभागले बुधबार सार्वजनिक सूचना जारी गरी अन्तरिम व्यवस्थापनका लागि विभागलगायत सम्बन्धित सबै निकायबाट प्रयास हुन गई ...

पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
मानवता विरुद्धको अपराधको आरोपमा यसै हप्ता बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई उहाँका विरोधीहरूले देशलाई दीर्घकालीन सङ्कटबाट बाहिर निकाल्ने एउटा सम्भावित अवसरक...

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा दुई लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म बेनी–जोमसोम सडक मार्ग हुँदै एक लाख ६० हजार ...

फ्लाईदुबईले बोइङसँग १३ अर्ब डलर बराबरका ७५ विमान खरिद्का लागि सम्झौता
कम लागतको एयरलाइन्स फ्लाईदुबईले बुधबार बोइङसँग १३ अर्ब डलर मूल्यको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ। दुबईको विमान कम्पनी फ्लाईदुबई समूहले आफ्नो सेवा विस्तारका लागि दुई दिनमा ...

गाजामा प्रहरी अधिकारीलाई तालिम दिन इयू इच्छुक
युरोपेली सङ्घले गाजा पट्टीमा तीन हजार प्यालेस्टिनी प्रहरी अधिकारीलाई वेस्ट बैङ्कमा तालिम दिन चाहेको युरोपेली सङ्घका एक अधिकारीले बुधबार बताएका छन्। यो पहिले नै सञ्चालन भइरहेको योजना हो । “यदि हालक...

तनहुँको आँबुखैरेनीमा बोलेरो जिप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा बुधबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। छिम्केश्वरीबाट आँबुखैरेनी तर्फ आउँदै गरेको से ...

दुर्गा प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्का पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दामा थुनामा राखेर अनुसन्धान अघि बढाएको छ । प्रसाईंलाई मंगलबार भेट्न...

चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो
म्याग्दी । स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको म...

तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति
तनहुँ । हालैको वर्षाले तनहुँमा रु एक करोड बराबरको धानबालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको धानबालीमा रु एक करोड तीन लाख ७३ हजार पाँच सय ४१ बराबरको क्षति भएको छ । जिल्लाका घिरिङ...
राष्ट्रपति रनिङ शिल्ड: तनहुँका सात पालिकामा सम्पन्न, तीनमा जारी
विद्यालयस्तरदेखि नै विद्यार्थीमा खेलकुदप्रति रुचि बढाउने उद्देश्यसहित तनहुँका पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना भइरहेका छन् । पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएपछि जिल्...

टोकियोकाे सफल प्रस्तुतिपछि ओसाका जाँदै नेपथ्य
टोकियो । सात वर्षपछि टोकियो डोम सिटी हलमा नेपथ्य ब्यान्डले गरेको दोस्रो प्रस्तुति उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। मंगलबार जापानको प्रतिष्ठित यो हलमा नेपथ्यले प्रस्तुति दिँदा हल खचाखच भरिएको थियो।...

बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण हुँदै
तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ । प...
आर्सनलसँग रियल मड्रिड पारजित
काठमाडौँ । महिला च्याम्पियन्स लिगअन्तर्गत नेपाली समयअनुसार बिहीबार भएको खेलमा आर्सनलले रियल मड्रिडलाई २-१ ले पराजित गरेको छ। रियल मड्रिडकी क्यारोलिन वेयरले ४३ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता द...

अखलाक हत्या: उत्तर प्रदेश सरकारले अभियुक्त विरुद्धको मुद्दा फिर्ता लिन अपील , उनको परिवारसँग अब के विकल्पहरू छन्?
गत महिना, उत्तर प्रदेश सरकारले २०१५ को मोहम्मद अखलाक हत्या प्रकरणका सबै अभियुक्तहरू विरुद्धको मुद्दा फिर्ता लिन ग्रेटर नोएडा अदालतबाट अनुमति मागेको थियो। यसबारे अखलाकको परिवारले अदालतमा आफ्नो लडाइ...

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व सङ्कलन
दाङ। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु ८९ करोड ९१ लाख ६१ हजार राजस्व सङ...

कालानमक धानको जात लोप हुँदै
बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ । यहाँका किसान लगानीअनुसारको प्रतिफल नपाइएको भन्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि यो जातको धान लोप हुँदै गएको हो । सिँचाइ र स्याहारसुसार ...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल मंसिर ४ गते बुधबार। मंसिर कृष्ण पक्षको औंसी तिथि। । तदनुसार सन् २०२५ नोभेम्बर २० तारिख। विश्व बाल दिवस । विश्व दर्शनचार्य दिवस ।

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ४५ पैसा र बिक्री दर १४२ रुपैयाँ ५ पैसा निर्धारण ग...

प्रधानमन्त्री कार्कीले बाराको सिमरामा भएको घटनाप्रति चिन्ता , लोकतन्त्रमा अराजकता अस्वीकार्य
प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा बुधकार भएको घटनाप्रति चिन्ता व्यक्त गरेकी छन्। बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा अराजकता स्वीकार्य नहुने स्पष्ट पारेक...

नेदरल्याण्ड्स सरकारले चिनियाँ स्वामित्वको चिप कम्पनीमा हस्तक्षेप निलम्बन गर्यो
चीनसँगको वार्तापछि डच सरकारले नेदरल्याण्ड्समा चिनियाँ स्वामित्वमा रहेको चिपमेकर नेक्सपेरियामा आफ्नो संलग्नता निलम्बन गरेको छ। गत सेप्टेम्बरमा, कम्पनी विरुद्ध 'गम्भीर प्रशासनिक कमजोरीहरू' र कार र अ...

रूसी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
युक्रेन – पश्चिमी युक्रेनको टेर्नोपिल शहरमा बुधबार रुसी आक्रमणमा तीन लबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको छ। रूसी आक्रमणले टर्कीमा शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने राष्ट्रपति भोलोदिमिर जेले...
२९ समाचार देखाइएको