मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

नेपाल ज्योतिष परिषद स्थापना दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसका रूपमा मनाउने चलन छ । हुन त ज्योतिष शास्त्रलाई खगोल शास्त्र सँग जोडेर आकाशीय पिण्डहरूको अध्ययनका रूपमा मात्र लिने गरिएको भए पनि ज्योतिष शास्त्रलाई आकाश र जमिन दुवैको मानवीय अवस्थितीसंगको सापेक्षिक अध्ययनका रूपमा लिइन्छ ।
नेपाल ज्योतिष परिषद्
नेपाल ज्योतिष परिषद् ज्योतिष विज्ञानको प्रवर्द्धनमा समर्पित एक नाफारहित सामाजिक संस्था हो । नेपाल ज्योतिष परिषद् (नेपाल ज्योतिष परिषद्) नामक गैर नाफामूलक संस्थाका रूपमा विसं २०५५ साल पौष २४ अर्थात् जनवरी २४ सन् १९९९मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको हो ।

के तपाईंले अहिलेसम्म हाम्रो पात्रोबाट विज्ञ ज्योतिषहरूसँग कुराकानी गर्नुभएको छ ?
अहिले नेपाल ज्योतिष परिषद्को सबै प्रदेशहरूमा प्रदेश समिति र कार्यालयहरू रहेको पाइन्छ ।
पूर्वीय दर्शनमा ज्योतिष शास्त्र
यथाश्चक्षुर्विनाः प्राणि: सर्वार्धेषु न सफल:।
तथाऽवेदितज्योतिः शास्त्रं वेदेषु न सफलम्॥
यजुर्वेद
जसरी आँखा नभएको प्राणी कुनै पनि कार्यमा सफलता प्राप्त गर्न सक्दैन,
त्यसैगरी ज्योतिष शास्त्रको ज्ञान बिना वेदहरूको पूर्ण प्रभावकारिता हुन सक्दैन।
वास्तवमा ग्रहको चालको सापेक्षिक असर मान्छेको जन्मको समय र ठाउँका आधारमा हुने अध्ययन नै ज्योतिष शास्त्र हो तर बृहत् रूपमा ज्योतिष शास्त्र यतिमै मात्र सीमित कहाँ हुन्थ्यो र ? पश्चिमाहरूले ज्येतिषशास्त्रलाई मेटाफिजीकल भनेर अभौतिक विषयको विज्ञानका रूपमा व्याख्या गरिएको पनि पाइन्छ तथापि पूर्वीय दर्शनमा भने कसमस अर्थात् ब्रह्माण्डको नै अध्ययन अनि ग्रह, नक्षत्र र तिनका प्रभावको अध्ययन गर्ने विशालकाय भौतिक विषयवस्तु विज्ञान मानिन्छ । विज्ञानको प्रारम्भिक स्वरूप नै ज्योतिष शास्त्रलाई लिइन्छ र आज यस शास्त्रको महिमा अनि महत्त्व बिश्वभरिनै गुञ्जायमान छ ।
हातमा केही थान पुस्तक अनि चन्दनको भार निधारमा हुँदैमा कोही ज्योतिष हुँदैन, चोक चौराहमा मन बहलाउन अनि गफ दिन मात्रै बसेका भविष्यद्रस्टाका स्वघोषित मनुवाहरू सबै ज्योतिष कहाँ हुन्छन् र ? ज्योतिष विद्या जान्नका लागि त्याग तपस्या अनि बलिदान चाहिन्छ । नेपालभरि विभिन्न विद्यापीठ अनि बिधाआश्रममा सदियौँ देखि यस विद्या अध्ययन अध्यापन गराइन्छ ।
जसले जे भने पनि ज्योतिष शास्त्र मानवले आफूलाई हेर्ने एउटा महत्पूर्ण घडी अनि दर्पण हो । तर ज्योतिष शास्त्रले जे भने पनि कर्म नभई कन कोही पनि अघि बढेको इतिहास कहाँ छ र ?
कर्म लाई नै हरेक धर्म, पुस्तक, लेखक अनि दर्शनले केन्द्र मानेको छ । कर्म गर्न पछि नहटौँ अनि गीताले भनेँ झैँ फलको आस नगरौँ । आइस्टाइनले पनि त भनेका छन् कि इनर्जी नेभर डाइस भनेर त्यसै अनुरूप संसारका हरेक ऊर्जाहरू कहिले खेर जाँदैनन् । अघि बढ्ने ऊर्जा सबैलाई प्राप्त होस् अनि आफ्नो अनुरूपका कर्म क्षेत्र अनि व्यवहार पक्षहरू हामी सबैले पत्ता लगाउन सकौँ ।
जुनै राशि या नक्षत्र या पलामा तपाईँको जन्म भएको होस्? जूनै जात, धर्म या लिगं तपाईँको छ ? तपाई केवल एक मात्र तपाई हो समग्र ब्रह्माण्डमा केवल एक अनि विशेष ।
आजको दिन शुभ रहोस्






कञ्चनपुर — घरायसी काममै व्यस्त रहने कृष्णपुर नगरपालिका–४ किचाइकी चन्द्र भट्टको दैनिकी फेरिएको छ । उनी अहिले साँझ–बिहान घरमा र दिनमा घरछेउकै कापी उद्योगममा काम गर्छिन् । उद्योगमा उनी कापीका पाना मिल...

गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आग्रह गरेको छ । पार्टीका जिल्ला सभापति नन्दप्रसाद ...

। पूर्व सहरी विकासमन्त्री तथा नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले देशमा केही भएन भनेर सराप्दै हिड्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । गर्भधारणदेखि कक्षा १२ पढ्ने बेलासम्म राज्यले एक जन...

रुपन्देही । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन लुम्बिनीको औपचारिक भ्रमणमा आएका छन्। भ्रमणमा रहेका जनरल रमनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले बिहीबार स्वागत गरेका हुन्। स्वाग...
काठमाडौँ। प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ घर भई हाल मध्यपुर थिमि नगरपालिका...

विराटनगर — नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै जाँदा कोशी प्रदेशबाटै पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष देखिएको छ । कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले प्रदेशका करिब दुईतिहाइ महाधिव...

कालीकोट — भीरको बाटो विद्यार्थीले जोखिमपूर्ण यात्रा गर्नु परेपछि जिल्लाको खाँडाचक्र–३ ताडीस्थित तिलाकर्णाली बहुमुखी क्याम्पस आउजाउका लागि पैदलमार्ग निर्माण सुरु गरिएको छ। विद्यार्थीलाई क्याम्पससम्...

बर्दिया — राजनीति गर्नेले ‘झोला बोकेर’ नेता र जनताको दैलोमात्र धाउनुपर्छ भन्ने के छ र ? फुर्सदमा आय–आर्जनका काम गरेर आन्मनिर्भर पनि बन्न सक्नुपर्छ । पछिल्लो समय राजनीतिसँगै आय–आर्जनका काममा संलग्न ...