मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अरनिको स्मृति दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अरनिको स्मृति दिवस , गर्वका साथ अरनिकोलाई सम्झना गरौँ
महान् कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुवै देशमा विशेष महत्त्वका साथ मनाउने गरिन्छ । हरेक वर्षको पुस २३ गते मनाइने यो परम्परा विसं २०५८ सालदेखि भएको हो । यसरी महान् कलाकार अरनिकोको स्मृति दिवस मनाउने चलनले नेपाल कमर्सियल आर्टिष्ट सङ्घको अगुवाइमा सरकारी मान्यता दिलाइएको हो ।
अरनिकोको जीवनकाल
कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको को जन्म कतिपयले पाटनमा भएको उल्लेख गरेका छन्।

अरनिकोको कुन योगदानले तपाईंलाई प्रेरणा दिन्छ?
अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ मा र कसै कसैले १२४४ भन्ने गरेका पाइन्छ । उनको मृत्यु भने १३०६ मा भएको थियो । राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको तथ्य पाइन्छ ।
अरनिको प्यागोडाशैलीको मन्दिर निर्माणमा पोख्त थिए । उनले निर्माण गरेको श्वेत चैत्य चीनको बेइजिङमा पर्यटकको आकर्षणको केन्द्रबिन्दु भएर रहेको छ । नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका हुन ।
त्यसैले अरनिकोको चर्चा र प्रभाव नेपालमा झैँ चीनमा पनि उत्तिकै छ ।
चीनमा अरनिकोको सालिक
चीनमा अरनिको समाजको पहलमा अरनिकोको पूर्ण कदको प्रतिमा निर्माण र प्रतिस्थापन भइसकेको छ । महान् कलाकार अरनिकोद्वारा निर्मित प्रसिद्ध श्वेत चैत्य परिसरमा प्रतिस्थापित प्रतिमाले पुनः अरनिकोप्रति चीन लगायत विश्व समुदाय नै कृतज्ञ रहेको भान हुन्छ ।
चीनको बेइजिङमा अवस्थित श्वेत चैत्यलाई नेपाल–चीन पवित्र मित्रताको प्रतीकका रूपमा पनि लिइने गरिन्छ । अरनिकोले बनाएको श्वेत चैत्यलाई चीनमा महत्त्वपूर्ण सम्पदा स्थलका रूपमा लिइन्छ । हरेक वर्ष लाखौँ पर्यटकहरूले यस प्रतिमा भ्रमण गर्ने तथ्याकं छ । उक्त प्रतिमा नेपाली कलाकार के.के कर्माचार्यले तयार पारेको डिजाइन र उनकै निर्देशनमा मूर्तिकार ओम खत्रीले निर्माण गरेका हुन् । विसं २०५९ सालमा सो प्रतिमाको अनावरण गरिएको थियो ।
राष्ट्रिय विभूति अरनिको
विसं २०२४ सालमा नेपाल र नेपालीको गौरव बढाउने कार्य गर्ने १३ जना व्यक्तित्वलाई राष्ट्रिय विभूतिको रूपमा सम्मानको घोषणा गरिएको थियो । सोही घोषणाअनुसार कलाकार अरनिकोलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिएको थियो । हालसम्म उनलाई मात्रै राष्ट्रिय कलाकारका रूपमा मान्यता दिइएको छ । त्यसपछि नै अरनिकोको स्मृतिमा उनको पूर्ण कदको आकृति झल्किने हुलाक टिकट प्रकाशन गरिएको हो । त्यस्तै अरनिकोको अनुहार–आकृति झल्किने टिकट मालाको प्रकाशन गरिएको छ ।
राष्ट्रिय विभूति अरनिको लाई अनेक सम्झना, साधुवाद र सम्मान ।






काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो सडक दुर्घटनालाई कम गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिबिच बुधबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ...

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा एक वर्षमा १ सय ६ देशका पर्यटक र तीर्थालुले भ्रमण गरेका छन् । २०२५ मा भारतीयबाहेक विश्व शान्तिको मुहान लुम्बिनी आधाभन्दा बढी विश्वका पर्यटकले भ्रमण गरेका हुन् व...
काठमाडौँ। काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ । मृत्यु हुने...
वडा १६ काद्वय रिभान वज्राचार्य र साइरा शाक्य सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । यु-१२ सिंगल्सको ब्वाइजमा रिभान र गल्र्समा साइरा पहिलो भएका हुन् । ...

काठमाडौँ । कालीमाटीस्थित काठमाडौँ इन्जिनियरिङ कलेजले जेन-जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका इन्जिनियर सुलभराज श्रेष्ठको सम्मानमा पूर्ण छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । कलेजले आफ्ना पूर्वव...

भक्तपुर । प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न गएका प्रहरीमाथि उक्त गिरोहले चक्कु प्रहार गरेको थियो । यस क्रममा एक प्रहरी घाइते ...
पोखरा — लगातार दोस्रोपल्ट महिलातर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेपछि कराते खेलाडी बुधबार उस्तै आत्मविश्वासका साथ पोखरा सभागृहको मञ्चमा उभिइन् । दोस्रोपल्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पाएपछ...

पेरिस, फ्रान्स । अत्यधिक हिमपात र चिसो हावाले बुधबार तेस्रो दिन युरोपका विभिन्न भागहरूमा यातायात अस्तव्यस्तता ल्यायो । हिमपातका कारण यात्रुहरू समयमा गन्तव्यमा पुग्न नसक्दा र कतिपय धावनमार्गमा समेत...