मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

तोल ल्होसार
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
प्राचिनतम ल्होसार
३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ । तोलको अर्थ हो समय या समयको चक्र र चलायमानता ।सत्य र उज्यालोको पैरवी गर्दै आजको तोल ल्होसारमा सबैलाई शुभकामना । मौसम अनि हिमाल दुबैको साथ रहोस्, सबैलाई सुख होस् ।

तपाईंलाई तोल ल्होसारको कुन पक्ष सबैभन्दा मनपर्छ?
संवत्सर
त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ मनाउने गर्दछन । विशेषगरी सोनाम ल्होसार जसरी नै मनाइने यो पर्वको दिन मात्र फरक हुने गर्दछ ।
यो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ ।
लोसार दुईवटा शब्द ‘लो’ ‘सार’ मिलेर बनेको छ जस्को अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ । ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो ।
हिमाली भेगमा यस वर्ष मौसमले साथ दियोस्, घामले साथ दियोस् अनि बादलहरुले साथ दिउन् । हिमालका हिँउ होस् अनि हिँउमा सबैको खुशी रहोस् ।






काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा कर्मचारी, भक्तजन र स्थानीयवासीलगायतको सहभागितामा सम्पदा सफाइ अभियान सुरु ...

रौतहट — आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागी नेपाली कांग्रेस क्षेत्रीय समिति १ ले मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित चार जनाको नाम सिफारिस गरेको छ । त्यस्तै, क्षेत्र नम्बर ४ ल...

काठमाडौँ । झन्डै पाँच दशकअघि राजधानीको एउटा पुरानो विद्यालय शान्ति निकेतनको कक्षा कोठामा एउटा बालक झ्यालबाट बाहिर हेर्दै टोलाइरहन्थ्यो । शिक्षकले बोर्डमा के लेखिरहेका छन्, के पढाइरहेका छन् भन्ने कु...

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली चलचित्र क्षेत्रमा ५१औँ दिनसम्म प्रदर्शन हुनुलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ ।

५ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डा मित्र परियारलाई कारबाही गरेका छन् । बुटवलमा आज भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले उनलाई कार...

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेद्वार बन्ने भएका छन् । पार्टीको ...

नवलपरासी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी–१ बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ । कांग्रेस केन्द्रको परिपत्र अनुसार क्षेत्रीय कार्यसमिति, जिल्ला हुँदै लुम्बिनी प्रद...

नेपालगन्ज। नेपालगन्जमा ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ शनिबारदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको...