मुख्य सामग्रीमा जानुहोस्

विश्व मुटु दिवस

विश्व मुटु दिवस

विशेष अडियो

सुन्न ट्याप गर्नुहोस्

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।

ल है ! आफ्नो मुटुलाई छामौँ र बिचार गरौँ कत्तिको मुटुमैत्री जीवनशैली हामीले अपनाएका छौँ रु हाम्रो परिवार अनि समुदायका सदस्यहरूको मुटु पनि स्वस्थ बनाउन हाम्रो जिम्मेवारी पनि बिचार गरौँ, जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त ।

विश्व मुटु दिवस २०२६ को आधिकारिक नारा “Don’t Miss a Beat” ले के बताउछ भने विशेष गरी मुटु रोगका लुकेका लक्षणहरूलाई समयमै चिन्न, नियमित स्वास्थ्य जाँच गर्न र मुटुको ख्याल राख्न प्रेरित गर्छ। यसले मुटुको धड्कन वा स्वास्थ्यसम्बन्धी कुनै पनि संकेतलाई बेवास्ता नगरौं भन्ने गहिरो सन्देश दिएको छ।

आजको समयमा मुटुको स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा के हो जस्तो लाग्छ?

तृतीया श्राद्ध

तृतीया श्राद्ध

विशेष अडियो सामग्री

सुन्न ट्याप गर्नुहोस्

पितृ गायत्री मंत्र

देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।

यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् । स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।

तृतीया श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृपक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गबीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना । सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौं, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् ।

हाम्रो पात्रोबाट थप

आजको राशिफल

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू

सही सङ्गीतको जादू

पाण्डा अब लोप हुने खतराबाट जोगिएका छन्! 🐼

जय इन्द्रायणी लुटी अजिमा

सिक्नुहोस्, अभ्यास गर्नुहोस्, र गल्तीबाट सिक्दै अघि बढ्नुहोस्!

मनको बोझ बिस्तारै बिसाउन सिक्नुहोस्। 🌿✨

के तपाईं समाधान गर्न सक्नुहुन्छ?

कमेन्ट गर्नुहोस् 👇

समाचार