छिटो निर्णय लिने बानीले काममा गति दिनेछ। अधुरो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आउनेछ। प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। शारीरिक थकान भए आरामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

द्वादशी श्राद्ध
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्
द्वादशी श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।


मघा श्राद्ध
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
यस दिन अपराह्नमा मघा नक्षत्र लाग्ने भएकाले मघा पनि भनिएको हो । भाद्रपदाको पूर्णिमा देखि अमावस्यासम्म चल्ने पितृ पक्षको मघा नक्षत्र को श्राद्धलाई विशेष रूपमा हेरिन्छ, पितृ कर्मका हिसाबले यस तिथि पनि अन्य तिथिहरू समान पवित्र रहेको छ यद्धपी नक्षत्रका हिसाबमा यस तिथिलाई विशेष मानिन्छ ।
मघा तारा
मघा तारा चाहिँ पितृहरूले वास गरेको तारा मानिन्छ, त्रयोदशी तिथिमा त्यसै ताराको नामले मघा श्राद्ध नाम राखिएको हो ।
पितृ पक्ष अथवा महालय श्राद्धलाई पार्वण श्राद्ध पनि भनिन्छ, कुतुक र रोहिणी मुहूर्तमा यी श्राद्धकर्महरु गरिनु अत्यन्त फलदायी भएको मानिन्छ, त् मघा श्राद्धलाई काकवली अथवा वलभोलानी पनि भनिन्छ । यस तिथिमा उमेर नपुगी मृत्युवरण भएका बालबालिकाका लागि संझनास्वरुप श्राद्ध गरिन अत्यन्त फलदायी मानिन्छ, यस तिथिमा मृत्युवरण भएका सकल पितृहरूको मोक्षको कामना ।









