२०७८ साउन २ का समाचार
जुलाई १७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नाइट ड्युटीको असरबाट कसरी पाउने छुटकारा ?
एजेन्सी– नाइट ड्युटी अर्थात् निद्राको कमी, आरामको कमी र शरीरका लागि असर । रातिको समयमा काम गर्दा दैनिक कार्ययोजना बिग्रिने गर्छ । खान– पिउनेदेखि सुत्ने समय पनि मिल्दैन । हाम्रो शरीरलाई राति सुत्ने ...
माओवादी केन्द्र एक मन्त्री र एक राज्यमन्त्रीसहित प्रदेश २ सरकारमा सहभागी हुँदै
जनकपुरधाम – प्रदेश २ को सरकारमा माओवादी केन्द्र सहभागी हुन लागेको छ। माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुन लागेको छ। प्रदेश सांसद साहले एक मन्त्री ...
घरमै पसेर बलात्कार, आरोपी फरार
वीरगञ्ज – रौतहटमा एक दलित महिला बलात्कृत भएकी छन्। देवाही गोनाही नगरपालिका–१ बस्ने ३० वर्षीया दलित महिलालाई सोही स्थानका एक पुरुषले बलात्कार गरेका हुन्। बुधबार राति घरमा कोही नभएका बेला महिलाको घर...
लगातार बैंक बन्द हुँदा सेवाग्राही मर्कामा
सिमकोट– असार मसान्तका बेला लगातार तीन दिन बैंक बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। विभिन्न विकासे कार्यालयबाट भुक्तानीका लागि बैंकमा निकासा भएको रकम बैंक बन्द भएका कारण चेक साट्न नपाएपछि सेवाग...
कांग्रेस महाधिवेशन निर्धारित मितिमै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । ...
मौद्रिक नीति ढिलो आउने संकेत !
काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गरा...
यस्ता छन् तामाका भाँडामा राखिएको पानी पिउनुका फाइदा
परापूर्वकालदेखि घरेलु भाँडाकुँडाको रूपमा प्रयोग गरिँदै आएको तामाका भाँडाहरु उपयोग गर्दा स्वस्थ्यमा राम्रो असर पर्ने तथ्य त सुन्दै आएका थियौँ तर यो परम्परागत तथ्यले अब वैज्ञानिक मान्यता पनि पाउँदै ग...
पत्थरी हुन नै नदिन के गर्ने ?
काठमाडौं । विशेष गरी मानिसको शरीरमा अचानक देखापर्ने पत्थरी विभिन्न कारणले हुने गर्छ । पथ्थरी मानव शरीरका विभिन्न अंगमा हुने गर्छ र फरक–फरक लक्षण देखा पर्दछ । पथ्थरी मुख्यतः असन्तुलित जीवनयापन, पा...
महँगा र एड्भान्स्ड फोनमा पनि किन टिक्दैन ब्याट्री ?
स्मार्ट फोनको विकासक्रम द्रुतगतिमा बढिरहेको छ । नयाँ–नयाँ टेक्नोलोजीसँगै फोनहरु विकसित हुँदै गएका छन्, सुविधाहरु बढिरहेका छन् । तर, वर्षौंदेखि स्मार्टफोनमा खासै सुधार हुन नसकिरहेको एउटै समस्या छ, ब...
इन्टरनेटको पहुँच विस्तारले प्रविधिमैत्री बन्दै स्थानीय सरकार
सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थान...
‘१८ वर्ष माथिका सबैले खोप लगाउन पाउँछौं’ : स्वास्थ्य मन्त्रालय
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा सूचना जारी गर्दै कोभिड–१९ को खोप अभियानका सम्बन्धमा आफ्नो योजना सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रवार राति जारी गरेको सुचनामा भनिएको छ–‘नेपाल स...
ओली मन्त्रिपरिषद्को अन्तिम बैठक : ६ अर्ब बक्यौता नतिर्ने स्मार्ट टेलिकमको म्याद फेरि थप
काठमाडौँ — ६ अर्ब बक्यौता राखेर नवीकरणको म्यादसमेत गुजारिसकेको स्मार्ट टेलिकमलाई निवर्तमान सरकारले जाँदाजाँदै छुट दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा असार २८ मा बसेको अन्तिम मन्त्रिपरि...
खर्च र राजस्वको लक्ष्य भेट्टाउन सरकार असफल
आर्थिक वर्ष २०७७/७८ का लागि तोकिएको खर्च र राजस्वको लक्ष्य पूरा गर्न सरकार असफल भएको छ । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिरकुमार ढुंगानाले गत आवमा सरकारले ११ खर्ब ८...
आयरल्याण्डविरूद्धको अन्तिम एकदिवसीयमा दक्षिण अफ्रिका विजयी
काठमाडौँ- आयरल्याण्डविरूद्धको अन्तिम एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । डुब्लीनमा शुक्रबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ७० रनले हराएको हो । दक्षिण अफ्रीकाले दि...
चीनले नेपाललाई थप १६ लाख डोज खोप ‘उपहार’ दिने
काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप दिन लागेको जनाएको हो...
प्रदेश १ सरकारले चलाउन सकेन तरकारी बजार, १४ करोडको संरचना प्रयोग विहीन
२ साउन, विराटनगर । २७ महीनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तरकारी तथा फलफूल बजार अलपत्र परेको छ । १४ करोड लागतमा विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिका-१ जम्ट...
‘कोरोनाका कारण शीतल निवासमा सपथ ग्रहण नगरिएको हो’
काठमाडौँ- राष्ट्रपतिको कार्यालयले महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ राष्ट्रपतिको उपस्थितिमा हुन नसकेको विषयमा प्रस्टीकरण दिएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा खात...
औरही गाउँपालिकामा कमिसन लिएर भुक्तानी गरेको आरोप
जनकपुरधाम – धनुषाको एउटा स्थानीय तहले कमिसन लिएर योजनाको भुक्तानी गरेको आरोप लागेको छ। जिल्लाको औरही गाउँपालिकाले उपाध्यक्षको बिना हस्ताक्षर र कमिसन लिएर योजनाको भुक्तानी गरेको आरोप लागेको छ। गत ...
पश्चिम युरोपमा भीषण बाढी, कम्तीमा १२० जनाको मृत्यु
पश्चिमी युरोपमा पछिल्लो केही दशक यताकै भीषण बाढीका कारण कम्तीमा १२० जनाको ज्यान गएको छ । अरु सय भन्दा धेरै बेपत्ता रहेका छन् । भारी वर्षाका कारण नदीहरुमा पानीको सतह बढि तटीय क्षेत्रहरुमा गम्भीर बा...
एसइईमा ९० प्रतिशत अंक ल्याउने विद्यार्थी प्रशस्तै
कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ...
ओली सरकारले ल्याएको बजेट अध्यादेश संसदले पारित नगरे के हुन्छ ?
सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् ।...
अखिल दस्ता र युथ फोर्स!
संसदमा सबैभन्दा ठुलो दल हो नेकपा एमाले। तर पार्टीभित्रको किचलोले सत्ताको बागडोर छाड्नुपरेको छ। सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीबाट एमाले अध्यक्ष केपी शर्मा ओली अपदस्त भएका छन्। यता वरिष्ठ...
राष्ट्रपतिको ‘भद्दा व्यवहार’, महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई पद तथा गोपनीयताको शपथ गराउन अस्वीकार
काठमाडौं । ‘संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबह...
युरोपमा बाढीका कारण १२० जनाको मृत्यु, सयौं वेपत्ता
काठमाडौं- दशकौंपछिको भीषण बाढीका कारण पश्चिम यूरोपमा कम्तिमा पनि १२० जनाको मृत्यु भएको छ भने सयौं वेपत्ता भएका छन्। भीषण वर्षापछिको बाढीका कारण नदीहरुले किनारा छोडेका छन्, जसका कारण यो क्षेत्रमा ...
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध
लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरो...
एकतामा ओली 'असहमत'
नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी ...
केपी ओली कमल थापालाई खुसी पार्दैछन् : बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमालेको केपी ओली खेमा अब न्यायपालिकालाई ध्वस्त पार्नेगरी अघि बढेको आरोप लगाएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्षसमेत रहेका भट्टराईले ओली ख...
विश्वभर थपिए साढे ५ लाखभन्दा बढी कोरोना संक्रमित - देखापढी
काठमाडौं। पछिल्लो चौबिस घण्टामा विश्वमा ५ लाख ५२ हजार ७०७ जना कोरोना संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी इन्डोनेसिया, बेलायत, ब्राजिल, भारत, अमेरिका र स्पेनमा थपिएका हुन्। इन्डोन...
प्रादेशिक सरकारः बजेटका लागि अध्यादेशको सहारा
प्रदेशमा सरकार र प्रतिपक्षबीचको सम्बन्ध असहज हुँदै गएपछि सरकारले अधिवेशन अन्त्य गर्दै अध्यादेशको सहारामा बजेट ल्याउन थालेका छन्। संघीय संरचना र प्रणाली स्थापित नहुँदै प्रदेशमा जेजस्तो अराजकता देखिन...
अडियो हब क्लब हाउस
केही घन्टा मात्रै पनि इन्टरनेटको पहुँचबाट बाहिर रहँदा खटपट हुन थाल्छ अचेल धेरैलाई। सामाजिक सञ्जालमा जोडिएर सूचना लिने र आफ्नो कुरा राख्नेलाई त इन्टरनेट बिनाको खाली समय पट्यारलाग्दो नै बन्छ। अब इन्ट...
शिव मन्दिरमा छैन चलहपहल
पोखरा– साउन महिना भगवान शिवको आरधना गरिने महिनाको रुपमा प्रचलित छ । विगतमा राजधानी काठमाडौंको पशुपतिनाथदेखि देशैभरीका शिवालयमा साउनका हरेक दिन भक्तजनहरुको राम्रो उपस्थित हुने गर्दथ्यो । यद्यपि, क...
कम्युनिष्ट आन्दोलनभित्र चाकरी र गाली : इतिहासदेखि ओलीसम्म
‘आफ्नै सरकार ढाल्ने नाइके, लाजसरम पचेका, गद्दार …’ यो गाली आफ्नै निजी निवास बालकोटको बरन्डामा उभिएर अस्ति असार ३० गते केपी ओलीले आफ्ना समर्थकहरूबीच सहकर्मी माधव नेपाललाई गरेका हुन् । ‘माधव नेपाल – ...
तेस्रो लहरको कोरोना झन् खतरनाक हुने चिन्ता, आगामी १२५ दिन धेरै महत्त्वपूर्ण !
पछिल्लो समय सर्वसाधारणमा बढेको लापरवाहीले कोरोना भाइरस संक्रमण महामारीको तेस्रो लहर झन् खतरनाक हुने चिन्ता भारतमा गर्न थालिएको छ । भारतको नीति आयोगले पत्रकार सम्मेलन गर्दै कोरोनाविरुद्ध भारतमा अझै...
पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण विश्वभर ८ हजार ४७५ जनाले गुमाए ज्यान - देखापढी
काठमाडौं। बितेको चौबिस घण्टामा विश्वभर कोरोना संक्रमणका कारण ८ हजार ४७५ जनाले ज्यान गुमाएका छन्। वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कोरोना कारण मृत्यु हुनेको संख्या ४० लाख ९१ हजार ३११ पुगेको छ। पछ...
सांसदले छाड्न थाले महन्थ ठाकुरको साथ !
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने ...
३५ समाचार देखाइएको