नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व रङ्गमञ्च दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व रंगमञ्च दिवस हरेक वर्ष मार्च २७ मा मनाइन्छ। अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (आईटीआई) द्वारा सन् १९६१ मा तोकिएको यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य र महत्त्व, मनोरञ्जनमा तिनीहरूको महत्वपूर्ण भूमिका र रंगमञ्चले जीवन मा पारेको प्रतीकात्मक प्रभावबारे मनाइन्छ। यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था र सरोकारवालाहरूलाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई जानकारी गराउन पनि काम गर्दछ ।

के तपाईं रंगमञ्च कला समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम माध्यम हो भन्ने विश्वास गर्नुहुन्छ?
अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (ITI) द्वारा सन् १९६२ मा विश्व रंगमञ्च दिवस मनाउन सुरु गरिएको हो । विश्व रंगमञ्च दिवस अझै पनि न्तर्राष्ट्रिय रंगमञ्च संस्थान द्वारा प्रायोजित छ, र यूनेस्को ले पनि यस दिवसको बिश्वव्यापी प्रचारमा सहयोग गरेको पाइन्छ ।
रंगमञ्च अनुभव
दर्शकहरू बस्न थालेपछि बत्तीहरू मधुरो हुन्छन्। पर्दा उठ्ने बित्तिकै, महिनौंको तयारी गरिएको कथा र पात्रहरु जीवन्त हुन्छन् । अन्तर्राष्ट्रिय रंगमञ्च दिवसले हलचल, मनोरञ्जन, शिक्षण, र मानिसहरूलाई परिवर्तन गर्नमा थिएटर कलाको मूल्यलाई मान्यता दिन्छ। थिएटर कलाको एक माध्यम हो जसमा विभिन्न तरिकामा काम गर्ने प्रतिभाशाली कलाकारहरूको विविध दायरा समावेश भएको हुन्छ । ती कलाहरु चाहे लेखन र निर्देशन, उत्पादन र अभिनय, भव्य पोशाकहरू सिर्जना गर्ने, वा प्रकाश र दृश्य डिजाइन ह्यान्डल गर्ने या अन्य कुनै पनि प्रकारका योगदानमा आधरित हुन्छन् जस्ले थिएटरलाई हामीमाझ ल्याएको हुन्छ । आजको दिन थिएटरका ति हरेक अवयवहरुको विशेष दिन हो, रंगमञ्च अटुट रहोस् ।
पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरुको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन । नाटकमा अभिनय गरेर मात्रै गुजरा चलाउन कठिन भएको रंकर्मीहरुले बताइरहेको यस अवस्थामा रंगमञ्चके ब्यबस्थापन, प्रवर्धन र रंगकर्मीहरुको पेसागत सुरक्षातर्फ पनि आज समबन्धीत निकायको ध्यान जाओस्, शुभकामना ।
Theatre and a culture for peace- थिएटर एण्ड ए कल्चर अफ पिस विश्व रंगमञ्च दिवस २०२५ को नारा हो। विश्व रंगमञ्च दिवसको यस वर्षको नाराले संस्कृतिलाई एकताबद्ध गर्न र शान्ति प्रवर्द्धनमा रंगमञ्चको महत्त्वलाई जनाएको छ ।
नेपालमा रंगमञ्च
समग्र मानव जीवन चित्रण गर्ने प्रभावशाली विधाको रुपमा नाटकलाई लिइन्छ । समाजलाई सहि बाटो हिडाउन, विसंगति तथा विकृति हटाउन नाटक प्रभावकारी मानिन्छ ।

प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
एसइई परीक्षा २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको हो। परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा , इसइइ को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने र देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको छ ।
तालिका अनुसार चैत १४ गते एच्छिक प्रथम विषयका जाँचहरु हुँदैछन् । प्राविधिक तर्फ पशु स्वास्थ्य / औद्योगिक कृषि र माछा संस्कृति / C++ प्रयोग गरेर डेटा विज्ञान र OOP अवधारणा / भवन निर्माण र रेखाचित्र / विद्युतीय मेसिन / शास्त्रीय संगीत का परीक्षाहरु हुनेछन् । वेद बिधाश्रम तर्फ वेद वा नीतिशास्त्र का परीक्षाहरु हुदैछन् ।
यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई अनेक शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




कल्पना खरेल नवलपरासी पश्चिम, चैत १४ गते । नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिकामा करिब दुईसय छाडा तथा भुस्याहा कुकुरको बन्ध्याकरण गरिएको छ । एक शिविरको आयोजना गरी सुनवल नगरपालिकाको वडा १, २, ४, ९ ...
१४ चैत, काठमाडौं । निकोलस पूरन र मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । लखनउले बिहीबार सनराइजर्स है...

काठमाडौं । अब आईईएलटीएस (IELTS) परीक्षा मिति बुक गर्न काठमाडौं धाउनुपर्ने झन्झट हट्ने भएको छ । ‘मेरो टेस्ट’ एपमार्फत परीक्षार्थीले मोबाइलबाटै सहज रूपमा परीक्षा मिति बुकिङ गर्न सक्ने भएका हुन् ।

हुम्ला – हिल्सा–सिमकोट सडक आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि बजेट अभाव हुने गरेको छ। आयोजनाको सिमकोट कार्यालयले बर्सेनि माग अनुसारको बजेट सरकारले उपलव्ध गराउन नसकेपछि सधैँ बजेट अभाव खेप्नुपरेको...
ललितपुर। ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोला पुलको उद्घाटन गरिएको छ । बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा नख्खु खोला पुलको समुद्घाटन गरिएको ...

गलकोट (बागलुङ)। विसं २०७६ मा शिलान्यास गरिएको धौलागिरि बहुमुखी क्याम्पसको प्रविधिमैत्री पुस्तकालय निर्माणले यतिबेला पूर्णता पाएको छ। तीन वर्षसम्म अलपत्र जस्तै बनेको पुस्तकालय गतवर्षबाट पुनःनिर्माण ...
काठमाडौँ — भारतीय कमेडियन कुणाल कामरा अहिले विवादमा आएका छन् । उनले महाराष्ट्रको शिव सेनाका अध्यक्ष एकनाथ सिन्देलाई कमेडीमार्फत गरेको एक टिप्पणीका कारण उनी विवादमा आएका हुन् । ३६ वर्षका कुणाल भारत...
वासिङ्टन । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले बिहीबार एक ठूलो पुनर्संरचना योजनाको हिस्साका रूपमा १० हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । समग्रमा संक्रामक रोगहरूको अनुग...