नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
विश्व मूर्ख दिवसलाई सामान्यतया अप्रिल फूल भनेर बुझिन्छ । अरू कुरा जे सुकै होस्, तर यस दिनले चाहिँ जीवनमा हाँसोको महत्त्व स्पष्ट दर्शाँउछ ।
अप्रिल फुल पछाडिको पृष्ठभूमि
यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरू भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शासन रहेका वेला, आजकै दिनमा कैदी एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिइएको थियो । यसै दिनको संभनामा हरेक वर्ष अप्रिल फूल अर्थात् मूर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । वसन्त को आगमनको स्वागतार्थ अप्रिल फूल एउटा महत्पूर्ण दिन हो, हामी मध्य धेरैको सम्झना अप्रिल फूलसँग जोडिएको हुनसक्छ, हैन र ?

के अप्रिल १ तारिखमा कसैले तपाईंलाई मुर्ख बनाएको छ ?
इतिहास र चलनहरू नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडि विश्वव्यापी रूप लियो जब अङ्ग्रेजी हास्य लेखक अनि कलाकारहरूले यसलाई अभिव्यक्त अनि आआफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिस, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको वृद्धि सँगै मान्यता पाउँदै गयो ।
रुखबाटै चाउचाउ टिपेको भिडियो
सन् १९५७ मा त बिबिसी ले नै स्विस किसानहरूले रुखबाटै चाउचाउ टिपेको भिडियो देखाई दिएर आजको दिन संसारलाई नै नयाँ वाली आयो भनी झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरूले पनि आज डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउदछन् ।
विद्यालयमा छँदा साथीहरूको पछाडि कागजको पुच्छर जोडिदिने, ट्वाइलेटमा थुनिदिने, ब्याग र कापीहरू लुकाई दिने, पेन भित्रको रिफिल लुकाई दिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्ता धेरै क्रियाकलापहरू गरेका यादहरू पनि छन् नि , कि कसो ?
मूर्ख र सज्जन एक आपसमा वाँझिएका शब्दहरू हुन् । आज मूर्ख दिवस हो । आत्मसाथ गरौँ, कालिदासको ज्ञान अनि काव्यलाई तर स्मरण गरौँ उनी पहिले कति मूर्ख थिए भन्ने कुरा । वाल्मीकिलाई संभना गरौँ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौँ न ।
बच्चामा गरेका मूर्ख कामहरू लाई, मूर्खपना नराम्रो हैन तर यस वाट सिक्न अनि अगाडी बढ्न जरुरी छ । आज बोलेका झुट या मूर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मूर्ख वनाउनुहोस तर हँसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउस फूल होस् ।

गौरी पूजन मंत्र:
ॐ गौरी परमेशानी सौभाग्यं संततिं शुभाम्।
प्रयच्छ मे नमस्तुभ्यं देवि माङ्गल्यरूपिणि॥
(अर्थ: हे गौरी परमेश्वरी! मलाई सौभाग्य, संतान सुख र शुभफल प्रदान गर। म तपाईंलाई नमन गर्दछु।)सौभाग्य गौरी व्रत
चैत्र शुक्ल तृतीयाका दिन गौरी पूजा गरिन्छ । विवाहित स्त्रीहरू र कुमारीहरू दुवै अखण्ड सौभाग्यवती हुने चाहना राख्दै व्रत बस्ने गर्छन् । यो व्रतलाई गण गौर व्रत पनि भनिन्छ । अनि गौरी तृतीया, सौभाग्य गौरी व्रत अनि गौरी पूजा पनि भन्ने चलन छ ।
खेतमा बालीहरू लगभग काटिइसकेको अवस्था छ, गहुँका बालाहरू काटेर बाली भित्राइसकिएको अवस्था छ । नयाँ वर्षका सुरुवाती दिनहरू, खुल्ला आकाश अनि लामो लामो साँझहरूले लामो दिनको झल्को दिइरहेका छन् ।
१८ दिन अवधिको व्रत
सामान्यतया चैत्र महिनाको सक्रान्तिका दिनदेखि यस व्रतको सुरुवात हुने र आजका दिन यसको समापन गरिने चलन रहन्छ । पक्षका हिसाबले हेर्दा चैत्र कृष्ण पक्षको सुरुवातदेखि शुक्ल पक्षको तृतीयासम्म गरेर १८ दिन अवधिको व्रतका रूपमा यो व्रतलाई मानिन्छ ।
शिवपुराणमा चाहिँ माता पार्वतीले ५ दिनसम्म व्रत लिएको हुँदा भगवान् शिव पाउन सफल भएको भनी उल्लेख गरिएको छ । यद्यपि यस व्रत पार्वती र शिव दुवैका लागि उत्तिकै महत्त्वपूर्ण छ । पति र पत्नी दुवैले आउँदा वर्षहरूसम्म एक अर्कालाई साथ दिँदै अघि बढ्ने र सम्मान गर्ने आशय बोकेको यस व्रतको सबैलाई शुभकामना ।
अर्को हिसाबले यस व्रतलाई आउँदै गरेको मनसुनको स्वागतका रूपमा पनि लिन सकिन्छ । पानी बोक्न गएका बादलहरूले यथेष्ट पानी अनि चिस्यानहरू लिएर आउन् । सबैको मनकामना पूरा होस्, शुभकामना ।
-हाम्रो पात्रोको लागी सुयोग ढकाल




चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा दुई जनाको ज्यान गयो। एक, कीर्तिपुरका सुमो चालक सविन महर्जन। दुई, एभिन्युज टिभीका क्यामेरा पर्सन पत्रकार सुरेश रजक। हालै न्युज २४ ले सार्वजनिक...

काठमाडौँ। हिउँदे अधिवेशनको अन्तिम दिन बिहान सरोकारवाला निकाय सांसद, सरकारका प्रतिनिधि र नेपाली नागरिकको कानुनी पहिचान नपाएका व्यक्तिहरूको उपस्थितिमा जन्म दर्ता बनाउन नसक्दा राज्यबाट पाउने कुनै पनि...
म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड झण्डै ७ हप्ता मैदानबाहिर रहने भएका छन्। आइतबार एफए कपको क्वार्टरफाइनलमा कुर्कुच्चामा चोट लागेपछि हालान्ड ७ हप्ता मैदानबाहिर रहने क्लबका प्रशिक्षक पेप ग्वा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने भएको छ । मंगलबार पार्टीको केन्द्रीय...

नवीनराज कुइँकेल लमजुङ, चैत १९ गते । बेसीशहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ । तर उत्पादित तरकारी किन्नकै लागि भनेर उहाँको बारीसम्म व्य...
१९ चैत, काठमाडौं । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको आयोजनामा नयाँ वर्षको पहिलो मैदाननमा कुकिवन च्याम्पियनसिप हुने भएको छ । नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेन गर...
हेटौंडा - सरकार र विपक्षी दलबीच सांसदका योजनामा बजेट थप गर्ने पूर्वसहमति कार्यान्वयनका विषयमा उत्पन्न विवाद बढ्दै जाँदा बागमती प्रदेश सभाको बैठक प्रभावित भएको छ । सत्ता र प्रतिपक्षबीच सहमति जुट्न ...
काठमाडौँ — शुक्रबार गएको शक्तिशालि भूकम्पमा व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट मेडिकल राहतसहित नेपाली सेनाको जहाज बुधबार बिहान बंगलादेश हुँदै त्यसतर्फ जाने भएक...