
खग्रास चन्द्रग्रहण
Exclusive audio
सुन्न ट्याप गर्नुहोस्
यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण आइतबार, भाद्र शुक्ल पूर्णिमाको रात, नेपाली आकाशमा देखिने भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०:११ बजे प्रारम्भ हुनेछ, ११:५६ बजे आफ्नो पूर्ण मध्यभागमा पुग्नेछ र ०१:४१ बजे समापन हुनेछ।
समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका शब्दमा, काठमाडौंसहित देशभर करिब साढे तीन घण्टासम्म चन्द्रमा पुरै ढाकिएको दृश्य निहाल्न सकिनेछ। यो केवल वैज्ञानिक घटना मात्र नभई, सांस्कृतिक तथा धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण क्षण मानिन्छ।
२०८२ सालको यो पहिलो ग्रहण हो। यसपछि फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी समितिले दिएको छ।

शास्त्रीय मान्यताअनुसार, ग्रहणका दिन विशेष नियमहरू पालना गर्नुपर्ने विश्वास छ। आइतबार दिउँसो १३:११ बजेपछि बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अरूले भोजन नगर्नु पर्ने परम्परा छ। चन्द्रग्रहण प्रायः पूर्णिमामा र सूर्यग्रहण औँसीमा लाग्ने जनविश्वास पनि रहिआएको छ।
यस रातलाई "मकै चन्द्रग्रहण" भनिन्छ, जुन एक अद्भुत खगोलीय दृश्यका रूपमा हाम्रो आकाशमा छरिनेछ। प्रकृतिको यो रहस्यमय खेललाई आफ्नै आँखाले निहाल्ने सौभाग्य नेपालीहरूले पाउनेछन्।
के हो त चन्द्र ग्रहण ?
यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो ।
खग्रास र खण्डग्रास चन्द्र ग्रहण
ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ ।
के ग्रहण नराम्रो हो ?
सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सङ्कट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसँग ग्रहणलाई जोडेर हेर्ने चलन भएता पनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ ।ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ ।
यस चन्द्र ग्रहणले अशान्ति र असहिष्णु तत्त्वहरूको नाश गरोस्, नेपालमा अमन चैन फैलियोस् । पूर्व मेची देखि पश्चिम महाकाली अनि विदेशमा रहनुभएका सबै नेपाली हृदयहरूमा शान्तिको शीतलता चन्द्रले प्रदान गरुन् ।


पूर्णिमा व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।
के तपाईं पूर्णिमाको व्रत बस्नुहुन्छ?
पूर्णिमा व्रतको महत्व
वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।



