दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

सोह्रश्राद्ध प्रारम्भ
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
पितृ पक्ष प्रारम्भ
दसैँको सुरुवातमा १६ दिनको पितृ पक्षको ठुलो भूमिका छ, आजबाट यो पितृ पक्ष प्रारम्भ भयो । पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमुना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाइ र महत्त्वलाई थप स्पष्ट पार्छ ।
सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट सुरु भएको यस पक्ष औँसीका दिनसम्म चल्ने गर्दछ । पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ-आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् ।

पितृ पक्षको प्रसङ्ग: महाभारत कथा
अब कुरो पितृ लोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिन पुस्ताहरु रहने गरेको मानिन्छ । बैतर्नी नदी भएको यस पितृ लोकमा बैतर्नी नदी तरेमा स्वर्ग लोक पुगिने जन(विश्वास छ । स्वर्लोकका राजा इन्द्र हुन् भनेँ पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।
पितृ पक्षको कुरा गर्दा महाभारतको युद्धसँग कथा जोडिएर आउँछ, महाभारतको युद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रूपमा सुनचाँदी वस्त्र आभूषण आदी प्रदान गरियो । भोजन कालागि वास्तविक खाना नै आवश्यक पर्नेमा किन राजा इन्द्रले उनलाई सुनचाँदी इत्यादि खान दिएका भन्ने कौतुहलता कर्णले स्वर्गका राजा इन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा इन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदि मात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्ग लोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्पष्ट पार्दछन् । यसरी आफूलाई यस बिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिन कालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किंवदन्ती नै पितृ पक्षको सुरुवातका रूपमा मानिन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ ।
पितृ पक्षमा के गरिन्छ ?
यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष औँसीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिका दिन हिन्दूधर्मावम्वीहरु ले पितृ कर्म अर्थात् श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पुरोहितको उपस्थितिमा कर्ताले पितृ कर्म गर्दा कपाल खौरिएर नयाँ जनै फेरेको हुनुपर्दछ । बिहानै देखि मौलिक विशेषता बोकेका पारम्परिक नैवेद्य तथा विभिन्न प्रकारका खानेकुराहरू घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरूप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पहेँलो केसरी लगायतका पितृ कर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पूजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।
श्राद्ध के हो ?
वैदिक सनातन हिन्दु संस्कारमा श्राद्ध महत्त्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन् । सर्व पितृ औँसीको दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिइन्छ । । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दु शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्त्व छ ।


अन्तर्राष्ट्रिय साक्षरता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अन्तर्राष्ट्रिय साक्षरता दिवसको पृष्ठभूमि
सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो। विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्व स्फूर्त रूपमा मनाउने गर्दछन् । सबै जना साक्षर हुनु सबै जनाको दायित्व हो, नेपालको परिपक्ष्यमा डिजिटल युग अनि त्यसको उपयोगिताको प्रयोग गरेर डिजिटल शिक्षा अनि साक्षरताकालागि जनजागरण अझै अपुग्दो छ ।
तपाईंको विचारमा, नेपालमा साक्षरता सुधारको लागि पहिलो प्राथमिकता के हुनुपर्छ?
विश्व साक्षरता रिपोर्ट
साक्षरताको ग्लोबल मनिटर रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एक जना पुरुष र दुई तिहाइ महिलाहरू अझै पनि अ साक्षर छन् र धेरैको अत्यन्त न्यून स्तरको साक्षरता सीपहरू छन् । धेरै जना बालबालिकाहरू अझै पनि विद्यालय जान पाउँदैनन् र पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन्, पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरू साक्षरता दरमा अझै कमजोर देखिन्छन् ।
सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो ।साक्षरता प्रति सबैको दायित्व बोध होस् | ‘शिक्षा धनं सर्वप्रधानम"


विश्व फिजियोथेरापी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
फिजियोथेरापी दिवस को पृष्ठभूमि
विभिन्न मांसपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यास वाट विमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट हरूको सीप अनि अध्ययनको आवश्यकता पर्दछ । यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ|
सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात् मालिस, सुधारात्मक व्यायाम अनि अन्य कसरतहरूको सुरुवात गरेको हो |
त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टर सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनेँ फिजियोथेरापीको प्रथम कलेज भनेँ अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम विश्वयुद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको हो ।
नेपालमा फिजियोथेरापीको इतिहास
नेपालमा भनेँ फिजियोथेरापीको इतिहास कोट्याउँदा नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अगाडी मात्र केही निजी अस्पतालहरूले औपचारिक सुरुवात गरेको पाइन्छ, सुस्तरी अहिले फिजियोथेरापी का सेवाग्राही र प्रदायकहरू बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू अनि केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत फिजियोथेरापी गरिने पाइन्छ । सन् १९८३ मा आईओएम ले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रूपमा औपचारिक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको इतिहास हामीले पायौँ तर पूनः सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो । तथापि विभिन्न अनौपचारिक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिकल ईन्सटिट्यूट ले फिजियोथेरापीलाई औपचारिक सुरु गरेको पाइन्छ, यस पछि क्रमशः नेपालमा पनि यस कोर्स अनि सेवा प्रदायक बढ्दै गएका हुन् ।
सशस्त्र द्धन्द पश्चात् विसं २०६३ पछि अगंभंग र घाइते सैन्य दस्ताको पुर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरूमा फिजियोथेरापीको प्रयोग अत्यधिक गरिएको पाइन्छ । नेप्टा भनेर नेपाली फिजियोथेरापीस्ट हरूको पेशागत सङ्गठनको उपस्थिति रहेको छ ।
विश्व फिजियोथेरापी दिवस २०२५ नारा "Healthy Ageing and Preventing Falls" नियमित शारीरिक गतिविधि र फिजियोथेरापीले मानिसलाई उमेर बढ्दै जाँदा पनि स्वस्थ, सक्रिय र आत्मनिर्भर जीवनयापन गर्न मद्दत गर्छ।यो विषयवस्तुले उमेर बढ्दै जाँदा सक्रिय र बलियो रहनुको महत्त्वमा केन्द्रित छ र वृद्ध वयस्कहरूको लागि सबैभन्दा ठूलो स्वास्थ्य जोखिम मध्ये एक, लड्नबाट रोक्न फिजियोथेरापीले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा प्रकाश पार्छ।





काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ । आज आकस्मिक रूपमा बसेको पार्टीको पदाधिकारी बैठककले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको प्रवक्ता अग...

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण नागरिकको ज्यान जाने परिस्थिति उत्पन्न भएको बताएका छन्। सोमबार मध्य राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलील...

जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मीको टोली सिभिल अस्पतालमा खटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा प्रद...

अमेरिकासहित सात देशका दूतावासले सोमबार जेन–जी प्रदर्शनमा भएको घटनाबारे संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन्। जेन–जी आन्दोलनमा १९ जनाको ज्यान जाने गरी भएको ...

काठमाडौं – सञ्चार सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन्।

काठमाडौं। अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया, बेलायत र अमेरिकाका नेपालस्थित दूतावासहरूले आज भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यी घटनाहरूमा ज्यान गुमाएका र घाइते भएक...

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले सोमबार आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । घटनाबारे आफ्नो भनाइ सार्वजनिक गर्दै ...

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं अभियन्ता महावीर पुनले सरकारले बन्द गराएको सामाजिक सञ्जाल तत्काल खुलाउन सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई आह्वान गरेका छन् । उनले ‘पापी ...