मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष ११ को विवरण
आज

२०८२ पुष ११ का समाचार

डिसेम्बर २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४५ हप्ता अघि

१२ बजे १२समाचार: अरुकै भरमा मधेसकेन्द्रित दल, रमेश लेखक सोमबार बयान दिन जाने

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. मधेस केन्द्रित दल राष्ट्रिय सभा निर्वाचनका लागि दलह...

ratopati.com४५ हप्ता अघि

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल काठमाडौँ व...

ratopati.com४५ हप्ता अघि

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

थाइल्यान्ड । थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दु देवता विष्णुको मूर्ति हटाएको पुष्टि गरेको छ । सरकारका अनुसार यस कदमको उद्देश्य धर्म वा विश्वासको अनाद...

onlinekhabar.com४५ हप्ता अघि

बालेनले खोलिसके पार्टी कार्यालय

११ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बिहीबार विभिन्न राजनीतिक दल र जेनजीका प्रतिनिधिलाई बोलाएर भने– म दलीय राजनीतिमा आएँ । यसैको लागि बालेन आफैँ पार्टी सञ्चालन...

ratopati.com४५ हप्ता अघि

निर्वाचन ६९ दिन बाँकी: प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन कुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालम...

barnanmedia.com४५ हप्ता अघि

भारतको अमेरिकालाई अन्तिम प्रस्ताव: ५० बाट १५ प्रतिशतमा कर घटाउने र रूसी तेलमा जरिबाना हटाउने

भारतले व्यापार वार्तामा अमेरिकालाई आफ्नो अन्तिम प्रस्ताव प्रस्तुत गरेको छ। भारतले भारतमा लगाइएको कुल ५० प्रतिशत कर १५ प्रतिशतमा घटाउन र रूसी कच्चा तेल खरिदमा लगाइएको थप २५ प्रतिशत जरिबाना पूर्ण रू...

ratopati.com४५ हप्ता अघि

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिएका छन् । उनले युक्रेन...

ratopati.com४५ हप्ता अघि

इजरायलद्वारा लेबनानमा इरानको कुद्स फोर्सका उच्च सदस्य मारिएको दाबी

काठमाडौं । इजरायली सेनाले लेबनानमा इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स अन्तर्गतको विदेशी शाखा कुद्स फोर्सका एक महत्वपूर्ण सदस्यलाई मारिएको दाबी गरेको छ । इजरायली सेनाले बिहीबार जारी गरेको वि...

ratopati.com४५ हप्ता अघि

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी। मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट ल्याएको को...

ratopati.com४५ हप्ता अघि

देश बनाउने कुरा धेरै सुनियो, अब योजना र सक्षमता जोखेर निर्णय गरौँ: निर्देशक बस्नेत

काठमाडौँ। कलाकार तथा चलचित्र निर्देशक निश्चल बस्नेतले देश बनाउने नाराभन्दा अघि योजना, काम गर्ने योग्यता र समाधान दिन सक्ने नेतृत्व छान्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत...

ratopati.com४५ हप्ता अघि

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठुलो चु...

barnanmedia.com४५ हप्ता अघि

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको सङ्केत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ । यस...

barnanmedia.com४५ हप्ता अघि

भारत-ब्राजिल-दक्षिण अफ्रिका संवाद मञ्च: एक व्यापक मूल्याङ्कन र रणनीतिक कदम

बैङ्कक। १४ वर्षको अन्तराल पछि, भारत-ब्राजिल-दक्षिण अफ्रिका (आइबिएसए) संवाद मञ्चका नेताहरू दक्षिण अफ्रिकाको जोहानेसबर्गमा २० औँ जी२० शिखर सम्मेलनको तिरमा छैटौँ आइबिएसए शिखर सम्मेलनको लागि भेला भए। आ...

barnanmedia.com४५ हप्ता अघि

जेनजीलाई बोलाएर बालेनले भने– चुनावमा होमिएँ, सहकार्य गरौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू चुनावमा होमिएको बताएका छन् । बिहीबार जेनजी प्रतिनिधिहरूलाई बोलाएर उनले आफू चुनावमा होमिएको बारेमा बताएका हुन् । उनले सहकार्यका लागि पनि आग्...

barnanmedia.com४५ हप्ता अघि

गाजामा बमबारीको छायाँमा खुम्चिएको क्रिसमस, लेबनानमा ड्रोन आक्रमण

इजरायली बमबारी र ड्रोनको निरन्तर आवाजबीच गाजाको ख्रीष्टियन समुदायले यस वर्षको क्रिसमस अत्यन्त शान्त र भयाक्रान्त वातावरणमा मनाएको छ। गाजामा रहेको अल जजिराको टोलीका अनुसार एन्क्लेभको पूर्वी भागबाट र...

barnanmedia.com४५ हप्ता अघि

ओडिशा नक्सलवादबाट मुक्त हुने सङ्घारमा : अमित शाह

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले बिहीबार ओडिशाको कन्धमाल जिल्लामा भएको एक ठूलो कारबाहीमा छ जना नक्सलवादी मारिएपछि भारतलाई नक्सलमुक्त बनाउने दिशामा एउटा महत्त्वपूर्ण कोशे ढुङ्गा हासिल भएको बता...

barnanmedia.com४५ हप्ता अघि

क्रिसमसको अवसरमा भएका घटनाहरूमा आप नेता संजय सिंहले के भने?

आम आदमी पार्टी (आप) का राज्यसभा सांसद संजय सिंहले क्रिसमसको अवसरमा देशका धेरै भागहरूमा भएका घटनाहरूप्रति चिन्ता व्यक्त गरे। उनले एक भिडियो वक्तव्य जारी गर्दै भारत सांस्कृतिक रूपमा बलियो राष्ट्र हो...

ratopati.com४५ हप्ता अघि

५ वर्षपछि भारतीय सेनाका जवानलाई सीमित सामाजिक सञ्जाल प्रयोगको अनुमति

काठमाडाैँ। भारतीय सेनाका जवानहरूलाई पाँच वर्षपछि सामाजिक सञ्जाल (सोसल मिडिया) एप प्रयोग गर्न अनुमति दिइएको छ । तर, यसका लागि केही कडा सर्तहरू लागू गरिएका छन् । नयाँ निर्देशनअनुसार जवानहरूले इन्स्ट...

barnanmedia.com४५ हप्ता अघि

क्रिसमसको विरोधमा हिन्दू संगठनहरूको विरोधलाई लिएर कांग्रेसले मोदी सरकारमाथि निशाना बनायो

छत्तीसगढको राजधानी रायपुरमा हिन्दू संगठनहरूले क्रिसमसको विरोधमा गरेको विरोधलाई लिएर कांग्रेसले भारतीय जनता पार्टी सरकारमाथि निशाना बनाएको छ। कांग्रेस पार्टीले एउटा भिडियो सेयर गर्दै भनेको छ कि यसल...

barnanmedia.com४५ हप्ता अघि

तारिक रहमानको स्वदेश फर्कने बारेमा जमात-ए-इस्लामीले के भन्यो?

जमात-ए-इस्लामीले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानको देश फर्कने स्वागत गरेको छ। तारिक रहमान १७ वर्षपछि आज, २५ डिसेम्बरमा ढाका फर्किएका छन्। जमात-ए-इस्लामीका अमिर...

ratopati.com४५ हप्ता अघि

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौँ । ‘हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज (शुक्रबार) विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा...

ratopati.com४५ हप्ता अघि

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस,...

ratopati.com४५ हप्ता अघि

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन्: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ...

ratopati.com४५ हप्ता अघि

क्यालिफोर्नियामा भारी वर्षा र आँधी, तीन जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यमा परेको भारी वर्षा र आँधीका कारण बाढी र पहिरो आएको छ । क्रिसमस रातसम्म यस घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । लस एन्जलस...

barnanmedia.com४५ हप्ता अघि

कांग्रेसका दुई महामन्त्री थापा रशर्माले आगामी आम चुनावमा जाला ?

पछिल्ला दुई मितिका दुई दृश्य याद गरौं, ७ पुस र १० पुस । ७ पुसमा एमाले अध्यक्ष केपी ओलीले महाराजगन्जमा कांग्रेस सभापति देउवा भेटेकै दिन रवि लामिछाने र बालेनबीच ६ घण्टा लामो बैठक भएको थियो । १० पुस ...

ratopati.com४५ हप्ता अघि

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा। अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार शारडा उमाप्रसाद मुरारका अस्पताल आफैँ ४७ वर्षदेखि ‘रोग’ ले थलिएको थियो । त्यो रोग थियो, कानुनी पहिचानको अभाव । रु ७० करोडभन्दा बढी मू...

barnanmedia.com४५ हप्ता अघि

संसद् पुनर्स्थापना माग्दै सर्वोच्च गएका कांग्रेस–एमाले पनि समानुपातिकको बन्दसूची पेश गर्ने तयारीमा

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगेका नेपाली कांग्रेस र नेकपा एमालेले पनि समानुपातिक तर्फको बन्दसूची बुझाउने अन्तिम तयारी गरेका छन्। दुवै पार्टीले जिल्लाबाट...

ratopati.com४५ हप्ता अघि

शुक्रबार यस्तो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएक...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको