मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
२३९ दिन अगाडि
कार्तिक २०८२बुधवारOct 22, 2025🌒

गाईगोरु पूजा / म्हपूजा / हलि तिहार / नेपाल सम्वत ११४६ प्रारम्भ / गोवर्धन पूजा

कार्तिक शुक्ल प्रतिपदा

सूर्योदय:६ : ०७
सूर्यास्त:१७ : २८

नोटस्

आगामी दिनहरू

नेपाल सम्वत ११४६ प्रारम्भ

नेपाल सम्वत ११४६ प्रारम्भ

विशेष अडियो

0:00 / 0:00

आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् "न्हूदँया भिन्तुना" (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी जातीय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतिका रूपमा विकास भएको म्ह पूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रूपमा मनाइन्छ । विशेषतः नेवार समुदायले मान्ने यो संवत् नेपालको मौलिक संवत् पनि हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाः

राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको संवत् नै नेपाल संवत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्‍याली निकालिन्छ । नेपाल संवत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ । १२ वटा औंसीको एकवर्ष मापन गरिएको यस संवतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सवंतमा ३५४ दिनको एक वर्ष पर्न जान्छ । नेपाल संवत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । आधिकारिक रूपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस संवतलाई नेपाल सरकारले पनि आधिकारिक मान्यता दिएको छ । नेवारी समुदायमा भने यस संवतको व्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।सबैमा नेपाल संवत् ११४६ को कछला महिनामा स्वागत छ ।

गोवर्धन पूजा

गोवर्धन पूजा

विशेष अडियो

0:00 / 0:00

आज गोवर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ ।


श्रीमद्भागवत गीतामा उल्लेख प्रसङ्ग

भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तु गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रूपमा पुज्ने चलन रहिआएको छ ।

गोवर्धनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातुबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरू लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।


प्राचीन नेपाली समाजको स्मरण गर्ने हो भने गोरु गाडा लगायतका जनावरले तान्ने गाडाहरू नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरू थिए। यी नै गोरुहरू अनि बहर कालागि आजको दिन पिठो, नुन, चोकर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिहुन हालेर बनेको गिलो रोटी अर्थात् बावर खान दिइन्छ ।

गाईगोरु पूजा

गाईगोरु पूजा

विशेष अडियो

0:00 / 0:00

आजको दिनमा गाईगोरुहरु को पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू बाहिर निकालेर ल तिहारका दिन पूजा गर्ने चलन छ ।आज चाहिँ कृषि कर्ममा सहयात्रा गर्ने जीवहरू गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोक उक्तिमा पाइन्छ ।


देउसी

आजको दिनको अर्को व्यापक रौनक हो , देउसी । हिजो भैलेहरुको भाका अनि आज देउँसेहरुको भाका । हुन त कोरोना त्रास र स्वास्थ्य सङ्कटका कारण यस वर्ष यी रमाइला कुराहरू थाती नै रहने भए तर अर्को वर्षको रौनक अनि बितेका वर्षको यादमा हामी सम्झना बिर्सना गरिरहन्छौं ।

अनि तपाईँको के छ त योजना लु जाने हैन त देउसी खेल्न ?

वलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरूको यो साङ्गीतिक दस्ता जसलाई देउसी भनिन्छ अनि यिनीहरूले गाउने अनि प्रस्तुत गर्ने साङ्गीतिक कोसेली, जसलाई देउसी भनिन्छ ।


देउसीमा एक जना भट्ट्याउने व्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यी भट्ट्याउने व्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरू बाहेक धेरै अन्य पक्तिंहरु परिस्थितिपरक हुन सक्छन्, कहिलेकाहीँ देउसीको अपेक्षाअनुरूप देउसीको दक्षिणा नपाउँदा चाहिँ

यो घर हेर्दा सिँहदरवार जस्तो

आँगन हेर्दा टुँडिखेल जत्रो

दक्षिणा हेर्दा माग्नेलाई जस्तो

आदिजस्ता पक्तिंहरु अनि

केराको थम्बा

हामी यति जना भाइ जम्मा

झिलिमिली झिल्ला

ताते रोटी मिल्ला जस्ता पत्तिंहरु हामी मध्य धेरैको बाल्यकालसँग जोडिएको होला ।

देउसी दिएको आशिषले साच्चीकै विशेष मान्यता राख्दछ,

यसपाला आउँदा जस्ताको छाना

अर्को साल आउँदा पक्काको छाना

त्यसपछि आउँदा चाँदीको छाना

त्यसपछि आउँदा सुनको छाना

यो घरैका केटा केटी

दुवो मौलाजस्तै मौलाइमा रहुन् जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भिक छन् । वास्तवमै हामी सबैलाई देउतेले दिएको आशिष् लागोस्, सद्भाव बढोस् । आजको दिन रिस राग सबै भुलेर छरछिमेकको घरमा देउसी खेल्न जाने र सद्भाव बढाउने चलन छ । देउसीबाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या बाँडेर लिने या वनभोज जाने पुरानो रीति नेपाली समाजमा पुस्तौँ पुस्ताले दोहोर्‍याइरहेको छ । आजको दिनको हार्दिक शुभकामना ।


गौमाता को महत्त्व: सनातन ग्रन्थहरू बाट

ब्रह्मा, विष्णु र शिव तिन वटै देवताहरूले आत्मसाथ गरेको र उच्चारण गरेको यस श्लोकले गौमाता को महत्त्व प्रकट गरेको छ ।

त्वं माता सर्व देवानां त्वं च यज्ञस्य कारणम् । त्वं तीर्थ सर्वतीर्थानां नमस्तेस्तु सदानधे ।

हे पाप नाशकर्ता, सबै देवताहरूको माता, हरेक यज्ञ को कारण सबै तीर्थहरू मध्ये, तपाईँ सबैभन्दा पवित्र , म तपाईँलाई नमन गर्दछु।

मनु संहिता पाठ ४ श्लोक १६२

एउटा गुरु, शिक्षक, माता, पिता, ब्राह्मण, गाई र योगीलाई मार्नु हुँदैन ।

ब्राह्मणलाई कुनै जात विशेष नभईकन ब्रह्माण्डको ज्ञान राख्ने चेष्टा भएको र ब्रह्मत्वको महत्त्व बुझ्न चाहने जोकोहीलाई ब्राह्मणका रूपमा राख्न चाह्यौँ ।

वेदले गौमाताको बारेमा के भन्छ

वेदका अनुसार गाईलाई विश्वव्यापी प्रतीक मानिन्छ

अथर्ववेद अनुसार गाई भित्र ३३ करोड देवताहरूको वास हुन्छ । भगवान् श्रीकृष्णले गाईको दिव्य रूपको वर्णन गर्दै ‘धनूनामस्मि कामधुक’ भन्नुभएको छ ।

अर्थवेद १ को १६ को १४

यदि नो गां हमि यद्यश्वं यदि पूरुषम् ।

तं त्वा सीसेन विध्यामो यथा नोऽसो अवीरहा ॥

यदि कसैले हाम्रा गाई, घोडा वा मानिसलाई नष्ट गर्छ भने उ पापको भागीदार र सजायको भोगी हुन्छ ।

यस्ता अनेक श्लोकहरूले गौ रक्षा र अहिंसाको पैरवी गरेका छन् । आज गाई तिहारको यो विशेष अङ्कमा गौमाताको स्नेहमा यी श्लोकहरू समर्पण गर्न चाहेँ ।

म्ह पूजा

म्ह पूजा

विशेष अडियो

0:00 / 0:00

म्ह को शाब्दिक अर्थ

नेवारी समुदायमा आजको दिन म्ह पूजा भनेर धूमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरूको बाहुल्यता पाइन्छ, म्ह को शाब्दिक अर्थ चाहिँ देह या शरीर भन्ने बुझाउँदछ र यसर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदर युक्त याचना हो । आजको दिन आत्मतत्तवलाई बोध गराउने अनि सजीवताको आभास गराउने दिन पनि हो । नेवारी भाषामा म्ह शब्दको प्रयोग र इतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययका रुपमा व्यापक रूपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात् तपाईँलाई सन्चै छ ?


म्ह फु अर्थात् सन्चै छ

म्ह मफु अर्थात् सञ्चो छैन

म्ह अर्थात् देह वाचक अनि चेतना प्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरूमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्त्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्ह पूजा मनाउने चलन रहेको छ । नेवारी समुदायमा आफ्नै शरीर भित्रको चेतना प्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभईकन शान्ति नहुने विश्वास अनुरूप आजको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्म स्वरूप पूजा गरिन्छ र सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैँले आफैँलाई खुवाइन्छ ।


अन्य वर्षहरूमा आजकै दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष अर्थात् पहिलो दिन अर्थात् न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर्ने चलन छ ।

हली तिहार

हली तिहार

विशेष अडियो

0:00 / 0:00

आजको दिन गाई गोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरू पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ । यस कारण पनि आजका दिनलाई हल तिहार भनिएको हो ।


कृषि कर्ममा सहयात्रा गर्ने जीवहरू गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोक उक्तिमा पाइन्छ । आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाई पूजा गर्ने परम्परा रहेको हो ।

अनि तपाईँको के छ त योजना ? जाने हैन त देउसी खेल्न ?

वलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरूको यो साङ्गीतिक दस्ता जसलाई देउसे भनिन्छ अनि यिनीहरूले गाउने अनि प्रस्तुत गर्ने साङ्गीतिक कोसेली, जसलाई देउसी भनिन्छ ।


देउसीमा एक जना भट्ट्याउने व्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यी भट्ट्याउने व्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरू बाहेक धेरै अन्य पक्तिंहरु परिस्थितिपरक हुन सक्छन्, कहिलेकाहीँ देउसेको अपेक्षाअनुरूप देउसीको दक्षिणा नपाउँदा चाहिँ

यो घर हेर्दा सिँहदरवार जस्तो

आँगन हेर्दा टुँडिखेल जत्रो

दक्षिणा हेर्दा माग्नेलाई जस्तो

केराको थम्बा

हामी यति जना भाइ जम्मा

झिलिमिली झिल्ला

ताते रोटी मिल्ला जस्ता पत्तिंहरु हामी मध्य धेरैको बाल्यकालसँग जोडिएको होला ।


देउसीले दिएको आशिषले साँच्चीकै विशेष मान्यता राख्दछ,

यसपाला आउँदा जस्ताको छाना

अर्को साल आउँदा पक्काको छाना

त्यसपछि आउँदा चाँदीको छाना

त्यसपछि आउँदा सुनको छाना

यो घरैका केटा केटी

दुवो मौलाए जस्तै मौलाइमा रहुन् जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भिक छन् । वास्तवमै हामी सबैलाई देउसीले दिएको आशिष् लागोस्, सद्भाव बढोस् । आजको दिन रिस राग सबै भुलेर छरछिमेकको घरमा देउसी खेल्न जाने र सद्भाव बढाउने चलन छ । देउसी वाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या बाँडेर लिने या वनभोज जाने पुरानो रित्ती नेपाली समाजमा पुस्तौँ पुस्ताले दोहोर्‍याइरहेको छ ।


आजको दिनको हार्दिक शुभकामना ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू()