मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

भाइटीका
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
नेपालको लागि यो वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। बिहान सबेरैदेखि घर-घरमा चहलपहल सुरु भइसक्यो होला, दिदीबहिनीहरू दाजुभाइलाई टीका लगाउन माइती पुगिसक्नुभयो होला भने कति जना दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनहुन्छ कि ? झिलिमिली, उज्यालो, पशुपंक्षीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसी भैलो, तथा नेपाल संवत् को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको तिहार आएको छ ।
हिजोसम्म त बजारहरू नै फुल र मालाले पहेंलपुर थिए, किनमेल भयो त ?
सप्तरङ्गी टीकाहरू, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेल रोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरिवल, छोकडा, मिठाई, मरमसला लगायतका खानेकुराहरूसहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ ।

तपाईंका लागि भाइटीकाको अर्थ के हो?
भाइटीकाका विषयमा जनउक्ति
भाइटीकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ: एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टीका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आई पुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यु निश्चय छ । ती चेलीले यमदूतलाई टीका टालो नसकुन्जेलसम्म पर्खिन भन्छिन् र टीकाटालाका क्रममा यमदूतलाई पनि सँगै राखेर टीका टालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदूतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजुलाई नलग्नु भनेर वरदान मागेर बचाएको अर्थात् चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।
यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौँ दिन टीका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजुलाई यसै गरी टिका लगाउन र पुज्न पाउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किम्बदन्ती रहेको छ ।
दिदी-बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटीकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीवहिनीसंग टीका लगाउँदछन् । टीकालगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न कालागि भुइँमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठुलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।
शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गीटीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकाको कला एक अर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरू आफ्नो गक्ष अनुसारको फलफूल, नैवेद्य, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरू दिदीबहिनीको पाउमा राखेर ढोग्दछन् ।
आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टीका लगाउने अनि सामूहिक भाइटीकामा जाने चलन पनि छ ।
कहाँ कहाँ मनाइन्छ भाइटीका ?
आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजुभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदै छ । आपसमा माया अनि सद्भाव साटासाट हुँदै छ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ-आफ्नै तरिकाले मनाउने चलन छ । भ्रातृत्व अनि आत्मीयताको आजको दिन साँच्चै नै अत्यन्त महत्त्वपूर्ण र रमाइलो हुन्छ । यस महान् पर्व तिहारको आज पाँचौँ दिन यमपञ्चकको औपचारिक अन्त्य हुँदै छ । दसैँलाई बिस्तारै बिदा गरेर तिहारको रमाइलोमा लुटपुटिँदै गर्दा तिहारको झटपट बिदाईले साह्रै नरमाइलो पनि हुन्छ । पूर्वीय बिदाहरू सकिएर अब विद्यालयहरू सुचारु हुन्छ, कार्यालयमा पनि नियमित दैनिकीका कामकाजले आफ्नो गति लिन थाल्दछ । हिउँदका छोटा दिनहरू हुर्किँदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ


किजा पूजा
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवा: समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ । तीन दिन सम्म लगातार रूपमा मनाउँदै आएको कारणले नै स्वस्ति नख: भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नख: भनेको चाड पर्व हो ।
कृषि प्रधान नेवा समुदायमा यो तीन दिनको चाड स्वस्ति नख: मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरिको हिसाब-किताब सम्पन्न गर्ने अर्थात् साल तमाम गर्नुका साथसाथै आफ्नो शरीर लाई पूजा गरी नयाँ वर्षका लागि सङ्घर्ष गर्दै अगाडी बढ्न कालागि आवश्यक पौष्टिकता ग्रहण गर्ने पर्वको रूपमा लिएको पाइन्छ ।
यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ । बिमिरोदेखि सबै प्रकारका फलफूल समेत मण्डपमा राख्ने गरिन्छ । नेवा: समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा 'जाकि सिन्ह' भनिन्छि । नेवार समुदायमा म्ह पुजा कै दिनमा जस्तै पूजा आजदेखि साैगन दिने चलन रहेको छ ।
पञ्चतत्वको सौगन दिनेदेखि पूजा गर्ने र आफ्नो भाइको दीर्घायुको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदीबहिनीबिचको आत्मियताका लागि नेवा समुदायमा तिहार प्रसिद्ध छ ।काग, कुकुर, गाई, गोरु अनि देउँसे भैलेकाका आर्सीवाद हामीलाई लागोस्, वर्षभरि खुसीका प्रकाशहरू आँगनमा फैलिरहोस् अनि माया प्रेम अनि सहभाव गहिरिँदै जाओस् ।






काठमाडौँ, ६ असोजःदुई दशकसम्मको प्रगतिका बाबजुद् मलेरिया विरुद्धको लडाइँ रोकिएको अभियानकर्ताहरूले बताएका छन्। जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धि र अन्य सम्भावित घातक रोगको पुनरुत्थान रोक्ने अभियानम...

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन् । निर्माण गरिएका भाँडाकुँडा बिक्री गरी मुक्त कमैया परिवारका उनी आत्मनिर्भर बनेका छन् ।...

अस्पतालमा जोडिएको जेन–जी आन्दोलनका घाइते मुकेश र पवनको सम्बन्ध, तिहारमा संगै लगाए टिका ५ मिनेट अघि काठमाडौं : तिहारको टिकाको दिन दिउँसो राष्ट्रिय ट्रमा सेन्टर पुग्दा चौथो तलाको कोठा नम्बर ‘४०३’ म...
एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि नै आफ्नो नाममा गरेको छ । तीन खेलको सिरिजको दोस्रो म्याचमा अस्ट्रेलियाले भारतलाई २ विकेटले पराजित गरेको हो।

दमौली (तनहुँ)। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विगत दुई वर्षको अवधिमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति हासिल गरेको छ। केन्द्रले दुई वर्षमा विद्युत् चुहावट नियन्त्रणमा राखेको लक्ष्य...
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे)विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ । उपत्यकामा विगतका वर्षहरूमा चाडपर्वका समयमा हुने सवारी दुर्घटनामा मादक पदार्थ सेवन प्रम...

काठमाडौँ, ६ असोजः सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन्। इजरायल र हमास...

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ ।