मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष २५ को विवरण
आज

२०७८ पुष २५ का समाचार

जनवरी ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२५४ हप्ता अघि

आज आइतबार यी काम गरे हप्ता भरी मिल्नेछ सफलता

आइतबार (आज) साताको पहिलो दिन । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलताको कदम चुम्ने छ । धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ । शास्त्रह...

lokaantar.com२५४ हप्ता अघि

पुस्तकालयमा पढ्न झिसमिसेमै लाम

 खेम पाठक अचेल गोङ्गबुबाट हरेक दिन बिहान ५ बजे नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर पुग्छन् । ५ बजे नपुग्ने हो भने पुस्तकालयभित्र छिर्नै मुस्किल पर्ने उनी बताउँछन् । लोकसेवा आयो...

lokaantar.com२५४ हप्ता अघि

आईसीपी सञ्चालनका साढे ३ वर्ष : लेन अभावमा स्थानान्तरण भएन डस्टी कार्गो र यात्रु शाखा

वीरगञ्जमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ४ वर्ष बित्न लागिसक्यो । वीरगञ्ज नाकामार्फत हुने सम्पूर्ण वैदेशिक व्यापार यो एकीकृत संरचनाको मातहतमा ल्याउने योजना भने अझै पूर्ण भएको छैन । आईसीप...

nepallive.com२५४ हप्ता अघि

एफए कप : लेस्टर सिटीको सानदार जित

काठमाडौं– लेस्टर सिटीले एफए कपको तेस्रो चरणमा सहज जित निकालेको छ।शनिबार राति सम्पन्न खेलमा लेस्टरले वाट्फोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल...

ratopati.com२५४ हप्ता अघि

राष्ट्रिय सभा सदस्य निर्वाचन : निर्वाचन अधिकृत असन्तुष्ट

निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तय भएको पाइएको छ । सुरु तलब स्केलको १५० प्रतिशत भत्ता दिनेगरी त्यस्तो ...

khabarhub.com२५४ हप्ता अघि

भारतमा एक लाख ४७ हजार जना कोरोना संक्रमित थपिए

काठमाडौँ– भारतमा आज पनि झण्डै डेढ लाख कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार ८१४ जनामा संक्रमण पाइएको हो । अघिल्लो दिन एक लाख ४१ हजार ३७४ जनामा संक्रमण पुष्टि भएको थियो । ...

ratopati.com२५४ हप्ता अघि

नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा बतास समूहको अनुसन्धान

नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन म...

news24nepal.tv२५४ हप्ता अघि

चार दिनदेखि बाँकेमा लगातार बाघको आक्रमण

बाँके । बुधबार सालको पात टिप्न गएकी राप्तीसोनारी–४ बैजापुरकी ३० दुर्गा थारु बाघको आक्रमणमा परिन्। बाघसँग प्रतिकार गर्दा उनले ज्यान बचाइन् । बिहीबार जंग्मा घाँस काट्न गएकी राप्तीसोनारी गाउँपालिका–४ ...

annapurnapost.com२५४ हप्ता अघि

देउवाको प्रस्ताव ओलीलाई ‘एमसीसी अनुमोदन गरौं’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को अवरोध फिर्ता लिई अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने प्रस्तावमा सहयोग गर्न विपक्षी एमाले अध्यक्ष केपी ओलीलाई प्रस...

nepalipatra.com२५४ हप्ता अघि

एमाले तनहुँ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

तनहुँ । नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार उम्मेदवारी दर्ताको क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।  उनी...

annapurnapost.com२५४ हप्ता अघि

लघुवित्तले पनि सकेनन् कर्जा दिन

काठमाडौं : तरलता दबाबले वाणिज्य बैंकबाट सापटी लिएर ग्राहक सदस्यलाई कर्जा दिँदै आएका लघुवित्तको व्यवसायमै आँच आएको छ। तरलतामा दबाब देखिएपछि लघुवित्तको कर्जा प्रवाह नै ठप्प हुन थालेको गुनासो छ। नेपा...

ratopati.com२५४ हप्ता अघि

प्रधानसेनापतिलाई भएको के हो ?

प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचाररत...

ratopati.com२५४ हप्ता अघि

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख पचास हजार नाघ्यो

बेलायतमा महामारी सुरु भएयता कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख पचास हजार नाघेको छ । । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ ...

annapurnapost.com२५४ हप्ता अघि

किन भयो बैंकमा पैसा अभाव ?

काठमाडौं : ऋण माग्न बैंक जानुहोस्, भनिन्छ, ‘पैसा छैन। पछि आउनुहोला।’ आफ्नो निक्षेप झिक्न सानोतिनोमा गाह्रो परिसकेको छैन, अलि धेरै जानासाथ पाइन्न।  यसबारे एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी...

annapurnapost.com२५४ हप्ता अघि

उखु किसानका दुःख उस्तै

पसिनाको मूल्य समयमै पाएको भए, उखु किसान धनी भइसक्थे। तर, नगदे बाली लगाउने किसानले समयमा कहिल्यै नगद पाउँदैनन्। त्यसैले उनीहरूका दुःख र पीडा सधैं उस्तै छन्। देशकै विडम्बना मान्नुपर्छ, जसले वर्षदिन ख...

dcnepal.com२५४ हप्ता अघि

विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्रदेखि अमेरिकाको तेस्रो राज्य

आज ९ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः दक्षिणी सुडान स्वतन्त्र सन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध सम...

ratopati.com२५४ हप्ता अघि

पत्रकार महासंघ बेलायतको कार्यशालामा ७० भन्दा बढी संस्था सहभागी

नेपाल पत्रकार महासंघ बेलायत शाखाले आयोजना गरेको प्रेस रिलिज लेखन कार्यशालामा बेलायतस्थित ६ दर्जन भन्दा बढी संस्थाको उत्साहजनक सहभागिता रह्यो । कार्यक्रममा विभिन्न संस्थाका एक सय भन्दा बढी प्रतिनिधि...

setopati.com२५४ हप्ता अघि

भ्यालेन्सियामाथि रियल म्याड्रिडको सानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले सानदार जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराउँदै शीर्ष स्थानको अग्रता ...

newsofnepal.com२५४ हप्ता अघि

प्रधानमन्त्रीदेखि शीर्ष नेताहरू कन्ट्रयाक्ट ट्रेसिङमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू कन्ट्रयाक्ट ट्रेसिङमा...

annapurnapost.com२५४ हप्ता अघि

आउनै छाडे सिकारी चरा

पोखरा : जलवायु परिवर्तनले मानवजीवनसँगै वन्यजन्तु र चराचुरुंगीलाई पनि असर पुर्‍याउँदै आएको छ। पृथ्वीको तापक्रम वृद्धिले पानीका मूल, सिमसार क्षेत्र सुक्ने र वायु प्रदूषण बढ्नुले उनीहरूको बासस्थान विन...

Ujyaaloonline.com२५४ हप्ता अघि

मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने : हुस्सुले हिमाली जिल्लामा उडान प्रभावित

काठमाण्डाै - मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । अझै तीन/चार दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी द...

pahilopost.com२५४ हप्ता अघि

हुम्लामा भारी हिमपात, तापक्रम माइनसमा झरेपछि बढ्यो जाडो

सिमकोट : शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ।  एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा ...

deshsanchar.com२५४ हप्ता अघि

भारतबाट आएका ४९ जनामा कोरोना पुष्टि

नेपालगञ्ज – भारतबाट आएका ४९ जनामा कोरोना देखिएको छ। भारतको विभिन्न सहरबाट आएका नेपालीलाई नेपालगञ्ज नाकामा जाँच गर्दा ४९ जनालाई कोरोना देखिएको हो। भारतमा कोरोनाको प्रकोप बढ्दो क्रममा छ। त्यसको असर...

deshsanchar.com२५४ हप्ता अघि

बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ को बराबरीमा रोकिएको हो । ५७ औँ मिनेटमा डी जोङले गोल गरी बार्...

newsofnepal.com२५४ हप्ता अघि

देशैभर उच्च स्वास्थ्य सतर्कता

 काठमाडौं । पछिल्लो एक सातायता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ ज...

deshsanchar.com२५४ हप्ता अघि

रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले विजयी भएको हो । रियल मड्रिडका लागि करिम...

deshsanchar.com२५४ हप्ता अघि

पाकिस्तानमा मुर्रीमा भारी हिमपात, कम्तीमा २१ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तको मुर्रीमा भारी हिमपातका कारण गाडी फस्दा कम्तीमा २१ जनाको ज्यान गएको छ । हिउँमा फसेको गाडीमा रहेका पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार...

ratopati.com२५४ हप्ता अघि

दोस्रो पटक गुड्यो रेल, अब कुद्ने आशा

हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको  ३४  किलोमिटर  दूरी  रेलले  तय  गरेका हुन् । २०७७  असोज  २  गते  भित्रिएका  ...

lokaantar.com२५४ हप्ता अघि

विद्युतीय बस चलाउँदै महानगरपालिका, यी यात्रीले पाउनेछन् निशुल्क सेवा

ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गर...

ekantipur.com२५४ हप्ता अघि

‘मौसम सुध्रिएपछि गौतम बुद्धमा परीक्षण उडान’

भैरहवा — निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । विमानस्थलको निरीक्षण गर्द...

thahakhabar.com२५४ हप्ता अघि

पाकिस्तानको पञ्जाबमा भारी हिमपात‚ २१ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित मुर्रीमा भारी हिमपात हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। हिमपातका कारण सवारी साधनहरु फस्दा २१ पर्यटकको मृत्यु भएको हो। त्यस क्षेत्रमा एक हजारभन्दा बढी सवारी साधन ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको