मुख्य सामग्रीमा जानुहोस्
१० कार्तिक २०८३, मंगलवार

Oct 27, 2026

नेपाल संवत् ११४६ कौलागा पारू

कार्तिक कृष्ण प्रतिपदा

सिद्धि · कौलव · भरणी

ब्लग - साहित्यमनोरञ्जन

“बिर्सिएको राष्ट्रिय खेल”-डमरुको डण्डीबियो ट्रेलर

· Apr ४, २०१८

अभिनेता तथा लेखक खगेन्द्र लामिछाने जसले "टुल्के", "पशुपति प्रसाद" र "धनपति" बनेर थोरै समयमा धेरै दर्शकहरुको मन जीतिसकेका छन् अब आफ्नो नँया चलचित्रमा "डमरु" बनेर दर्शकमाझ आउन तैयार छन् । केहि साता अघि "तीते पाते" बोलको गीत सार्वजनिक भएको उक्त चलचित्रको आज एउटा उत्कृष्ट ट्रेलर सार्वजनिक गरिएको छ । 

ट्रेलरको सुरुवातमै खगेन्द्रले “सरकारले डण्डीबियोलार्इ राष्ट्रिय खेलबाट हटायो र डमरुले त्यो खेललार्इ पुनस्थापित गर्ने” बताएको छन् । “बिर्सिएको राष्ट्रिय खेल” बनिसकेको डण्डीबियोलार्इ खगेन्द्रको प्रयासले अहिलेको समाजमा कति स्थापित गर्छ त्यो भने चलचित्र प्रदर्शन पछी थाहा भै नै हाल्छ, अहिले सार्वजनिक भएको ट्रेलरले भने पक्कै पनि चलचित्र प्रेमीहरुलाई एक पटक चलचित्र हेर्न अवश्य धकेल्नेछ ।

चलचित्रमा खगेन्द्र बाहेक अनुप बराल,मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा आदि कलाकार को अभिनय देख्न सकिनेछ ।


चलचित्र बैसाख २१ गतेबाट प्रदर्शनमा आउनेछ ।

थप पोस्टहरू हेर्नुहोस्