जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा)/नवमी श्राद्ध
संस्कृतमा 'जिवित पुत्रिका', हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू 'जितिया'लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु 'निर्जला' अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान 'जीतमहान गोँसाई'को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।





























































































































































































































