ब्लग - साहित्यनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग सबैलाई दासताका विभिन्न रूपमा मान्ने गरिएको छ ।
