अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
मानव बेचबिखन एउटा यस्तो अपराध हो, जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरूलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरूमा जबर्जस्ती संलग्न गराउँछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ ।

















































































































































































































































































































