ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


नाग पञ्चमी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आज नागपञ्चमी । अब बिस्तारै वर्षा ओरालो लाग्दैछ । चाडबाडहरूको मौसम शुरु भइसक्यो । अब लाग्ने चर्को घाममा दसैँको आभास पाइन्छ । चाडपर्वहरूलाई धर्मसँग मात्र नजोडी संस्कारसँग जोड्ने हो भने हाम्रो संस्कारलाई नागपञ्चमी जस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन् । आजको दिन सरिसृप अर्थात् घस्रेर जमीनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।