हाम्रो पात्रो रेमिटबाट पहिलोपटक पैसा कसरी पठाउने ?
हाम्रो पात्रो रेमिट मार्फत छिटो र छरितो तरिकाले नेपालमा पैसा पठाउन सकिन्छ । हाम्रो पात्रो रेमिटले अन्य रेमिट्यान्सको तुलनामा हजुरहरूको पैसाको उच्चतम मूल्य दिन्छ, जसले गर्दा यसको लोकप्रियता बढ्दै गइरहेको छ । सुरक्षित, विश्वसनीय, छिटो र छरितो तरिकाले आफ्नै बैंक खातामा पैसा पाउन सकिने हाम्रो पात्रो रेमिटबाट अब छिट्टै अस्ट्रेलिया, जापान लगायतका देशहरूबाट पनि रेमिट्यान्स पठाउने व्यवस्थाको लागि कार्य भइरहेको छ ।


