
समय समयमा नयाँ विशेषताहरू एकै एपमा समावेश गर्दै आएको लोकप्रिय एप हाम्रो पात्रोले “हाम्रो पात्रो रेमिट” लिएर आएको धेरै समय भएको छैन । अमेरिकाबाट शुरुवात गरिएको यो सेवाले प्रयोगकर्ताहरूबाट थोरै समयमा पाएको सहभागिता उत्साहजनक छ । एक दशक भन्दा लामो समयदेखि हाम्रो पात्रोले नेपाली मनहरूमा बनाएको स्थान कै कारण हाम्रो पात्रो रेमिटले छोटो समयमै लोकप्रियता पाएको हो ।
