ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

माघ कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । यसलाई माघ कृष्ण एकादशी, तिला एकादशी आदि विभिन्न नामले जानिन्छ । षट् अर्थात् ६ वटा र तिल अर्थात् तिलको दाना, यी दुई शब्द मिलेर यस एकादशीको आव्हान भएको छ । जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ ।